काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्।
बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँको टोलीले उनलाई पक्राउ गरेको हो।
लागूऔषध मुद्दामा २०६४ सालमा उनी दोषी ठहर भएका थिए।
उनलाई अदालत पेस गरिएको छ। अदालतले उनलाई कैद भुक्तानका लागि कारागार चलान गर्ने प्रक्रिया अघि बढाएको छ।
लामा फरार रहेकै अवस्थामा एन्फा उपाध्यक्ष पदमा निर्वाचित भएका थिए।


