काठमाडौँ- ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम तथा चौथो खेलमा पनि नेपाल विजयी भएको छ।
बुधबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले हराएको हो।
नेपाली टोली लिग चरणमा आफ्नो सबै खेल जित्दै आठ अङ्कसहित समूह ‘ए’ को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो।
नेपालसँग पराजित भएपछि साउदी अरेबिया भने समूहगत चरणबाटै घर फर्किएको छ।
समूह ‘ए’ बाट हङकङ दोस्रो हुँदै सेमिफाइनलमा पुगेको छ।
बुधबार भएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा हङकङले मलेसियालाई ७ विकेटले हराएको थियो।


