काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) को गत राति भएको खेलमा गुजरात टाइटान्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ।
खेलमा दिल्लीले गुजरातलाई ६ विकेटले हराएको हो। यो दिल्लीको तेस्रो जित हो। यससँगै दल्ली ६ अंकका साथ छैटौं स्थानमा उक्लिएको छ। समान अंक भए पनि गुजरात भने सातौं स्थानमा झरेको छ।
गुजरातले दिएको ९० रनको लक्ष्य दिल्लीले ६७ बल बाँकी हुँदै ४ विकेट गुमाएर पूरा गर्यो। दिल्लीका ज्याक फ्रासेर म्याकगुर्कले २० रन, साइ होप १९, अभिषेक पोरेलले १५ रन बनाए। कप्तान रिसब पन्त १६ र सुमित कुमारी ९ रनमा अविजित रहे।
दिल्लीका मुकेश कुमारले ३, इशान्त शर्मा र ट्रिस्टन स्टुबले २र२, खलिल अहमद र अक्षर पटेलले एकरएक विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले सबै विकेट गुमाएर ८९ रन बनाएको थियो। रासिद खानले ३२ रन जोडे पनि अरुले राम्रो गर्न सकेनन्। साइ सुर्दशनले १२ र राहुल टावाटियाले १० रन बनाउनु बाहेक कुनै पनि ब्याटरले दोहोरो अंक बनाएनन्।


