काठमाडौं – भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपिएल)मा सुरुआतबाट केही खेलाडीले राम्रो प्रदर्शन गर्दै आइरहेका छन्। सुरुमा उत्कृष्ट पारी खेलेका केही खेलाडीको पछिल्लो प्रदर्शन खस्किँदै गएको पनि देखिएको छ।आईपिएलको दोस्रो हप्तासम्मका चेन्नई सुपर किंग्सका रितुराज गायक्वडले निकै सुन्दर इनिङ खेलिरहेका थिए। त्यतिबेला उनी सबैभन्दा धेरै रन बनाउने खेलाडी थिए। तर अहिले शीर्ष पाँचको अन्तिममा मात्र छन्। यता डेबिड वार्नरले भने सुरआतबाटै एकैनासको प्रदर्शन गरिरहेका छन्।
दुई हप्ता अघि ओरेन्ज क्यापको लिडरबोर्डको शीर्षस्थानमा रहेका शिखर धवन भने अहिले टप १० बाट पनि तल पुगिसकेका छन्। तर उनले चार खेलभन्दा धेरै खेल्न पाएका छैनन्। अहिले लिडरबोर्डको शीर्षस्थानमा नयाँ खेलाडी देखिएका छन्। ब्याटिङतर्फ फाफ दु प्लेसिसले अहिलेसम्म ७ खेलका सात इनिङबाट ४०५ रन बनाएका छन्। ४०५ रन बनाएका उनी अहिले लिडरबोर्डको शीर्ष स्थानमा छन्। उनले सात खेलमा पाँच अर्धसतक बनाए भने ३३ चौका र २५ छक्का प्रहार गरेका छन्।
यता डेभन कोनवेले ७ खेलमा ३१४ रन बनाएका छन्। उनले सात खेलको सात इनिङबाट ३१४ रन बनाए। र, लिडरबोर्डको दोस्रो स्थानमा छन्। उनको नाममा चार अर्धसतक, ३३ चौका र १२ छक्का रहेको छ।
डेभिड वार्नरले ७ खेलमा ३०६ रन बनाएर तालिकाको तेस्रो स्थानमा छन्। उनले सात खेलमा चार अर्धसतक बनाएका छन् भने ४४ चौका र एक छक्का प्रहार गरेका छन् ।
विराट कोहिलले सात खेलमा २७९ रन बनाएका छन्। उनी सात खेलको सात इनिङबाट २७९ रन बनाएर लिडरबोर्डको चौथो स्थानमा रहेका छन्। उनले सात खेलमा चार अर्धसतक बनाएका छन् भने २५ चौका र ११ छक्का प्रहार गरेका छन्।
रुतुराज गेइक्वाडले भने सात खेलमा २७० रन बनाएका छन्। उनी सात खेलको सात इनिङबाट २७० रन बनाएर लिडरबोर्डको पाँचौ स्थानमा रहेका छन्। उनले सात खेलमा दुई अर्धसतक बनाएका छन् भने १४ चौका र १७ छक्का प्रहार गरेका छन्।
यता बलिङतर्फ पनि लिडरबोर्डको शीर्षस्थानको लागि उस्तै प्रतिस्पर्धा रहेको छ। अहिलेसम्म मोहम्मद सिरिजले १३ विकेटका साथ लिडरबोर्ड लिड गरिरहेका छन्। उनलाई तालिकामा पेचिलो दबाब दिइरहेका छन् समान १३ विकेट बनाएका अर्षदिप सिंहले। पञ्जाबका यि सिंहले मुम्बईको दुई स्टम्प बल गरेर बाँचिदिएपछि आईपिएलमा निकै चर्चा भएको थियो।
यता धेरै विकेट लिने खेलाडीको तालिकामा राजस्थानका युजवेन्द्र चहल, गुजरातका राशिद खान र चेन्नईका तुसार देशपान्डे पनि अगाडि रहेका छन्। उनीहरु अर्षदिपभन्दा एक विकेटले मात्र पछि छन्। चार खेलाडीले सात खेल खेल्दा राशिदले भने छ खेलमा मात्र सहभागीता जनाएका छन्।


