ललितपुर- ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार आगलागी निभाउने क्रममा घाइते भएका शङ्कर पहरीको मृत्यु भएको हो।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार पहरीको उपचारका क्रममा कीर्तिपुरस्थि बर्न अस्पतालमा मृत्यु भएको हो।
आगलागीमा परी घाइते भएका रमेश पहरीको सोही अस्पतालमा उपचार भइरहेको छ।
ललितपुरको गोदावरी स्थित लेले जङ्गलमा ३–४ दिनदेखि लागेको डढेलो आनन्दवनमा पनि फैलिएको छ।
आनन्द वनमा डढेलो फैलिएसँगै त्यहाँ सञ्चालित कुष्ठरोग अस्पताल जोखिममा परेको छ।
आगो अस्पताल नजिकै पुगेपछि त्यहाँका बिरामीलाई अन्यत्र सारिएको छ।
९३ जना बिरामीलाई सुरक्षित ठाउँमा सारिएको सुवेदीको भनाइ छ।
यस्तै डढेलोमा फसेका १५ जनाको पनि उद्धार गरिएको छ।













तस्बिर : नेपाल फोटो लाइब्रेरी


