काठमाडौँ- अस्ट्रेलियामा बस्ने नेपालीहरूको संस्था नेपाली जनप्रगतिशील मञ्च अन्तर्गत भिक्टोरिया राज्य समितिको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ।
अधिवेशनले तिलक प्रसाद उपाध्यायको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
अधिवेशनबाट डीबी थापा उपाध्यक्षमा चयन भएका छन् भने सचिवमा श्याम पौडेल आएका छन्।
सहसचिव हिक्मत रानमगर चयन हुँदा मनोज पौडेल कोषाध्यक्ष्य चयन भए।
नवनिर्वाचित कार्यसमिति १९ सदस्यीय छ।
विभिन्न राज्यका अधिवेशन सकेर अस्ट्रेलियाको केन्द्रीय अधिवेशन गर्न लागिएको मञ्चका केन्द्रीय उपाध्यक्ष्य लोकराज पौडेलले जानकारी दिए।


