२०८३ असोज २२ गते बिहिबार

सहकारी ठगीको छानबिन गर्न संसदीय समिति बनाउन प्रचण्ड लचक!

 |  तीर्थराज निरौला
Sanket

तीर्थराज निरौला

काठमाडौँ, बैशाख २२
prachanda

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी प्रकरण जटिल बनेको ब्रिफिङ गरेका छन्। सिंहदरबारमा बसेको माओवादी केन्द्र संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्षकमल दाहाल प्रचण्डले यस्तो बताएका हुन्।

बैठकमा संसदीय समिति बनाउन सकिने भन्दै उनी लचक सुनिएका थिए। ‘सहकारीको समस्या गम्भीर बनेको छ। अर्को क्याबिनेटमा यसबारे ठोस योजना आउँछ। कुनै नेतालाई ताकेर होइन समग्र समस्या समाधानका गर्नको लागि संसदीय छानबिन समिति बनाउनेबारे छलफल भइरहेको छ,’ प्रचण्डले भने।

प्रचण्डले सहकारी समस्या समाधानको विषयमा छलफल गर्न केही दिनमा सर्वदलीय बैठक बोलाउने तयारी भइरहेको पनि जानकारी गराए। ‘संसद बोलाइएको छ। चल्ने नचल्ने निश्चित छैन। विपक्ष दलसँग संवाद भएपनि निचोड निक्लिसकेको छैन,’ उनले भने।

उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि छानबिन गर्न कांग्रेसले संसदीय समिति बनाउन माग गर्दै आएको छ। कांग्रेसको अवरोध जारी रहेकै अवस्थामा संसदको अधिवेशन अन्त्य गरिएको थियो। वैशाख २८ गते संसदको बजेट अधिवेशन बोलाइएपनि कांग्रेसले आफूहरूको माग पूरा नहुन्जेल सदनमा अवरोध जारी राख्ने बताएको छ।

यसअघि प्रचण्डले सहकारी ठगीमा रविको कुनै संलग्नता नदेखिएको भन्दै सफाइ दिएका थिए। यस्तै सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि रविलाई सफाइ दिएका थिए। तर उनीमाथि छानबिनको सट्टा उनले ठगी गरेको हुनै नसक्ने ठोकुवा गरिदिएपछि उनीहरूको आलोचना भइरहेको छ।

उता एमालेमा पनि सहकारी ठगीमा जोडिएका रविलाई काँध हालेर हिँड्न नहुने माग उठ्दै आएको छ।

प्रतिपक्ष दल नेपाली कांग्रेसले भने सहकारी ठगीमा लामिछानेमाथि छानबिन समिति गठनको माग अघि सारेर सरकारी गठबन्धन भत्काउने प्रयास गरेको आरोप लगाउने गरेका थिए। तर प्रचण्डले भने सांसदहरूलाई सत्ता समीकरण भत्काउने कांग्रेसको प्रयास तत्काल सम्भव नरहेको ब्रिफिङ गरेका थिए।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछानेबारे संसदीय छानबिन समितिको मुद्दा बजेट अधिवेशनमा थप प्रखर ढङ्गले उठ्ने बताउँछन्।सहकारी ठगीमा लामिछानेको कुनै संलग्नता नभएको भनेर संसदमा दिएको अभिव्यक्तिका विषयमा पनि माफी माग्नुपर्ने उनको भनाइ छ।

रास्वपा सभापति रवि लामिछानेले भने सहकारी ठगीमा आफ्नो संलग्नताबारे आफूलाई कुनै जानकारी नभएको बरु आफ्नो नाम दुरुपयोग भएको जिकिर गर्दै आएका छन्। वैशाख १५ मा भएको उपनिर्वाचनमा रास्वपाले जमानत जोगाउन नसक्नुमा सहकारी ठगीको विषय पनि एक भएको रास्वपा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताएका थिए। तर शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकका सहकारी ठगीका विषयमा कुनै छलफल भएन।

प्रकाशित: २०८१ बैशाख २२ गते शनिवार ०२:५१
प्रतिक्रिया

थप समाचार

कांग्रेस महाधिवेशनः प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने भएको छ। कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले बिहीबार...

कांग्रेस महाधिवेशनः मतदानको समय दिउँसो १ बजेसम्म सारियो

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज (बिहीबार) हुने भनिएको मतदानको समय सारिएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार...

मन्त्रिपरिषद्का ६ निर्णयः नवीनराज सिंहलाई सचिवमा बढुवालगायत १५३ पीडितलाई क्षतिपूर्ति

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषदको बैठकले १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनेदेखि विभिन्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष...

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको...

आर्थिक नीति सुधारमा योगदान गर्न कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारीः डा गोविन्दराज पोखरेल

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलले पार्टीको आर्थिक तथा विकास...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
mutul_fund_1
शेयर बजार

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना