काठमाडौँ- नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेस्ट इन्डिज एमाथि ६ विकेटको जित हात पारेको छ।
५ खेलको सिरिजमा तीन खेल जित्दै वेस्ट इण्डिजले उपाधि हात पारेको छ।
शनिबार भएको पाचौँ खेलको १७३ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।
कुशल मल्ल १८ बलमा ३ चौका र ३ छक्कासहित ३७ रनमा नटआउट रहे।
नेपालका ओपनर आसिफ शेखले ५१ रन र अनिल शाहले ५८ रन बनाए।
ओपनर कुशल भुर्तेल १३ रनमा आउट भए। दीपेन्द्रसिंह ऐरी ५ रनमा आउट भए।
ओबेद म्याककोयले ३ र म्याथ्यु फर्डले १ विकेट लिए।


