पोखरा- गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। संविधानको धारा १६८ को उपधारा (२) अनुसार वैशाख १४ गते दिनको ४ बजेभित्रमा सरकार गठनका लागि दाबी गर्न दलहरूलाई आह्वान हुन्।
कुनै पनि दलको स्पष्ट बहुमत नभएका अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गर्न सक्ने व्यवस्था संविधानमा छ।
यसअघि वैशाख ९ गते नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकारले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनका लागि प्रक्रिया बढेको हो।
नेपाली काङ्ग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्दराज पाण्डेले आफ्नो नेतृत्वमा सरकार गठन गर्न पहल सुरु गरिसकेका छन्।

