२०८३ कार्तिक २४ गते सोमबार

१० प्रतिशत घट्दै सेयर ब्रोकरको कमिसन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २४
sebon
धितोपत्र बोर्ड नेपाल।

काठमाडौँ-  सेयर किनबेच गर्दा ब्रोकरले लिन पाउने कमिसनको दर घट्ने भएको छ। जेठ १ गतेदेखि लागू हुने गरी ब्रोकरको कमिसन १० प्रतिशत घट्ने भएको हो।

पुँजीबजार नियामक धितोपत्र बोर्डको आइतबार बसेको सञ्चालक समितिको बैठकले ब्रोकर कमिसन १० प्रतिशतले घटाउने तयारी गरिएको हो।

कमिसन घटाउन सञ्चालकहरू सहमत भएपनि सबै सञ्चालक उपस्थित नभएकाले निर्णय आधिकारिक रूपमा सार्वजनिक हुन बाँकी रहेको एक सञ्चालकले बताएका छन्।

१० प्रतिशत ब्रोकर कमिसन घटाउनका लागि अर्थ मन्त्रालयले अनुमति दिइसकेको छ।

हाल ५० हजार रूपैयाँसम्मको कारोबारमा लगानीकर्ताले ०.४० प्रतिशत रकम ब्रोकरलाई कमिसनका रुपमा दिनुपर्छ।  अब यो सीमाको कारोबारमा ०.३६ प्रतिशत ब्रोकर कमिसन लिन प्रस्ताव गरिएको छ।

यस्तै ५० हजारदेखि ५ लाख रूपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत कमिसन ब्रोकरले पाउँदै आएका छन्। यो सीमाको कारोबारमा ०.३३ प्रतिशत कमिसन ब्रोकरले पाउनेछन्।

५ लाखदेखि २० लाख रूपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत कमिसन ब्रोकरले राख्ने गरेका छन्। यो सीमामा रहेर कारोबार गर्दा ०.३०६ प्रतिशत कमिसन मात्र ब्रोकरले राख्नेछन्।

२० लाखदेखि एक करोड रूपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत र एक करोड रूपैयाँभन्दा धेरैमा ०.२७ प्रतिशतसम्म कमिसन शुल्क लाग्छ। यस्तै २० लाखदेखि एक करोड रूपैयाँसम्म ०.२७ प्रतिशत र १ करोड रूपैयाँभन्दा माथिको कारोबारमा ०.२४३ प्रतिशतसम्म कमिसन लाग्नेछ।

प्रकाशित: २०८१ बैशाख २४ गते सोमबार १२:०६
प्रतिक्रिया

थप समाचार

WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना