२०८३ कार्तिक ११ गते मङ्गलबार

प्रदर्शन सुधार्ने लक्ष्यमा ‘९० मिनेटको अभागी’ फ्रेन्डस्‌

 |  विनय ज्योति सापकोटा
Sanket

विनय ज्योति सापकोटा

काठमाडौँ, बैशाख १२
friends club celebrating goals

काठमाडौँ- जारी सहिद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम एनआरटी र फ्रेन्डस् क्लबले खास प्रदर्शन गर्न सकेका छैनन्। यी दुई बीचको खेल सुरु हुनु अघि फ्रेन्डस् तालिकाको १२औं र एनआरटी १०औं स्थानमा थियो। दशरथ रंगशालामा आज दुवैले खेलमा खास रोमाञ्चकता देखिएनन्। तर दोस्रो हाफमा फ्रेन्डस्-ले एनआरटीलाई लगातार दबाबमा राख्यो र ३–१ को जित निकाल्यो।

हारपछि एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले टिम सन्तुलन नभएको र मैदान चिप्लो भएको कारण खेल्न नसकेको बताएका छन्। उनले भने, ‘तीन अंकको लक्ष्य थियो। तर खेलाडी चोट लागेको र पहेँलो कार्डले गर्दा खेलाडी ब्यालेन्स भएनन्। मैदान पनि चिप्लो भएर खेल्न सकिएन। केही गल्ती पनि भयो।’

खेलमा जित निकालेपछि फ्रेन्डस् प्रशिक्षक उर्जनले भने डिफेन्समा अझै काम गर्न बाँकी रहेको बताए। उनले भने, ‘पहिलो हाफमा पनि राम्रै अवसर बनाएको हो। समयमै गोल निकालेको पनि हो। तर डिफेन्सका खेलाडी घाइते भएकाले सजिलो छैन। र, गोल पनि खान पुग्यौँ। डिफेन्समा अझै काम गर्नु पर्ने भएको छ। नभएर अझै राम्रो हुन सक्ने थियो।’

१४औं मिनेटमा रफिकले गोल गर्दै टिमलाई अग्रता दिएको थिए। यससँगै एनआरटी दबाबमा आयो। ३०औं मिनेटमा एनआरटीका लालनुन्जामाले गोलको नजिकको अवस्थामा पुगेर पनि प्रहार गर्न सकेन्। तर खेलको ४० औं मिनेटमा एनआरटीले खेल बराबरी गर्‍यो। सुसन श्रेष्ठको पासमा सञ्जीव विष्टले पोस्ट अघिबाट सुन्दर गोल गरेका थिए।

३८औं मिनेटमा गोलको अवसर गुमाएको फ्रेन्डस्-ले पहिलो हाफको अन्तिम समयमा फेरि अग्रता बनाइहाल्यो। टोरिक जेब्रिनले फ्रि किकिफर्मात् सिधै पोस्टमा बल छिराएपछि फ्रेन्डस् खेलमा फर्किएको हो। यससँगै पहिलो हाफको नतिजा २–१ रह्यो। दोस्रो हाफमा पनि एनआरटीले गोल फर्काउन सकेन।

‘चोटको कारण कृतीश(रन्त छुन्जु)लाई पनि गाह्रो भएको थियो। अब हार भएपछि हरेक खेल महत्पूर्ण बन्दै गएको छ। लिगमा धेरै(१४) खेल त बाँकी नै छ। अवसर पनि छ। आज जितेको भए केही माथि आउन सकिन्थ्यो। तर हार बेहोरेर एक स्थान खस्कियो,’ खेल र लिगको समीक्ष गर्दै प्रशिक्षक राजुकाजीले भने।

एनआरटी दोस्रो हाफमा सुस्त देखिए पनि फ्रेन्डस्-ले लगतार प्रहार गरिरह्यो। खेलको ५१ औं मिनेटमा पनि फ्रेन्डस्-ले डीबक्स नजिकै फ्रि किकको अवसर पाएको थियो। तर यसपटक प्रकाश बुढाथोकीले प्रहार गरे। उनको प्रहार वालमै रोकियो। त्यसको तीन मिनेटपटि प्रकाशले पोस्टअघि निकै सुन्दर बल पाएका थिए। तर गोल गर्न चुके। उनले गोलकिपरलाई छक्याउन नसकेपछि बललाई गोलकिपर सन्तोष महतले पोस्टबाहिर पुर्‍याइदिए। बचाउका हिसाबले भने त्यो निकै महत्वपूर्ण रह्यो।

‘चोटको कारण कृतीश(रन्त छुन्जु)लाई पनि गाह्रो भएको थियो। अब हार भएपछि हरेक खेल महत्वपूर्ण बन्दै गएको छ। लिगमा धेरै(१४) खेल त बाँकी नै छ। अवसर पनि छ। आज जितेको भए केही माथि आउन सकिन्थ्यो। तर हार बेहोरेर एक स्थान खस्कियो,’ खेल र लिगको समीक्ष गर्दै प्रशिक्षक राजुकाजीले भने।

खलको ६५औं मिनेटमा फ्रेन्डस्-ले अर्को गल्ती गर्‍यो। दोस्रो हाफको त्यो तेस्रो गल्ती थियो। ६८औं मिनेटमा बक्सभित्र रहेको प्रकाशले फेरि पनि प्रहार गर्न सकेनन्। तर खेल सकिनुभन्दा १५ मिनेट अघि चाहिँ उनले अवसर गुमाएनन्। लक्ष्मण रुचालको क्रसमा उनले गोल गरेका हुन्।

खेलको ८०औं मिनेटमा रुचालले अर्को उस्तै क्रस गरे। त्यसमा चाहीँ गोलकिपर बिट भइरहेको अवस्थामा राफिक अमिनीले गरेको प्रहार क्रसबारमा ठोक्किएर मैदानमै फर्कियो। पाँच मिनेट बाँकी रहँदा जेब्रिनले गरेको प्रहार भने गोलकिपल सन्तोष महतले मुस्किलले बचाए। त्यसपछिको कर्नरमा पनि फ्रेन्डस्-ले गोलको अवसर सिर्जना गरेको थियो। तर गोल मिस गर्‍यो। कर्नरकै अर्को अवसरमा जेब्रिनले बक्स बाहिरबाट निकै शक्तिशाली प्रहार गरेका थिए। त्यो बललाई गोलकिपरले डाइभ गरेर बचाए।

पहिलो हाफमा केही अवसर बनाएको एनआरटीले दोस्रो हाफमा एउटा पनि गतिलो मुभ बनाउन सकेन। ऊ निरन्तर दबाबमा रह्यो। उसले निरन्तर उस्तै प्रदर्शन गर्न सकेको छैन। यसकारण एनआरटी अहिले तालिकाको ११ औं स्थानमा झरेको छ।

‘पछिल्लो सिजनमा पनि यस्तै भएको हो। अहिले पनि पुलिस, हिमालयन शेर्पा, फ्रेन्डस्लगायत केही क्लबबीच तलमाथि भएको छ। पोहोर हामी एक खेल जित्दा तेस्रो हुने नजित्दा तालिकाको फेदतिर पुग्ने भइरहन्थ्यो। यो वर्ष पनि त्यस्तै भएको छ। मुख्य कुरा चाहिँ सोचेको भन्दा फरक नतिजा आइरहेको छ। राम्रो क्लबले ६,७ गोल खाइरहेको छ। चोट लागेको भएको कारण पनि अहिले खेल्नको लागि धेरै गाह्रो भइरहेको छ,’ राजु काजीले अन्तिममा भने।

जित निकालेसँगै फ्रेन्डस् १२औं स्थानबाट १०औं स्थानमा उक्लिएको छ। ‘पछिल्लो फर्म हेर्दा तालिकामा माथि नै आउने भन्ने लागेको छ। हाम्रो के भयो भने चार पाँच खेलमा त ९० प्लस मिनेटमा मात्र गोल खाएका छौं। भाग्यले साथ दिएको छैन। अन्तिम समयमा गोल नखाएको भए हामी तालिकामा केही राम्रो अवस्थामा हुने थियौँ,’ प्रशिक्षक उर्जनले भने।

लिगमा दुवैले ठ्याक्कै आधा सिजन खेल्न अब एक खेल मात्र बाँकी छ। यस्तोमा दुवै टिमलाई रेलिगेसन क्षेत्र नजिक रहनुले आधा सिजनमा खतरा भरिएको बुझ्न सकिन्छ। तलिकाको पुछारमा रहेको पुलिसले आज जित निकालेर दबाब दिएको छ। आजै मात्र आफ्नो चौथो खेलाडीलाई डेब्यु गराएपछि आज पुलिसले लिगमा दोस्रो जित निकालेपछि दबाब बढेको हो। यसले माथिका क्लबलाई गाह्रो भएको छ।

यद्यपि फ्रेन्डस्लाई चोटले गाह्रो भएको प्रशिक्षक उर्जन बताउँछन्। उनले भने, ‘इन्ज्युरी पनि धेरै भइरहेको छ। खेल त राम्रो नै खेलेको जस्तो लाग्छ तर असिमलाई पनि चोट लागेर डिफेन्स कमजोर बनेको छ। बाँकी त राम्रो नै खेलिरहेको हो। अब टिममा सन्तोष आएपछि राम्रो भएको छ। ऊ अघिल्लो सिजन सी डिभिजन खेलेर आएको हो। उसलाई विस्तारै राम्रो बनाउँदै लैजानु पर्छ।’

सन्तोष सेन्टर डिफेन्समा लगातार देखिँदै आएका छन्। उनले टिममा राम्रो खेलिरहेकै छन्। सुरुआति दुई खेल नखेलेका उनले पछिल्लो खेलमा सुरुआतमै देखिइरहेका छन्। ‘अभ्यासमा जसले मेहेनेत गर्छ त्यो सेटमा पर्छ। सन्तोषलाई विस्तारै एक्सपोजर दिने हो। राम्रो हुँदै जान्छ भन्ने लागेको छ। जसले राम्रो प्रर्दशन गर्छ उसले नै खेल्छ भन्ने लागेको छ,’ उर्जनले अन्तिममा भने।

प्रकाशित: २०८० बैशाख १२ गते मङ्गलबार ०८:४३
Sanket

विनय ज्योति सापकोटा

सापकोटा खेलकुद, कला र विज्ञान/प्रविधिमा रुचि राख्छन्।
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना