२०८३ असोज २२ गते बिहिबार

सम्पत्ति विवरणमा रास्वपाका मन्त्रीहरूको ‘स्टन्ट’

 |  तीर्थराज निरौला
Sanket

तीर्थराज निरौला

काठमाडौँ, बैशाख २५
rsp

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का चार जना मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेखेका छन्।

रास्वपाका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री उपसभापति डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले यस्तो पत्र पठाएका हुन्।

चार मन्त्रीले छुट्टाछुट्टै लेखेको पत्रमा आफ्नो आफ्नो सम्पत्ति विवरण नागरिक र आम सञ्चारमाध्यमको जानकारी लागि सार्वजनिक गरिदिन अनुरोध गरिएको छ। शिक्षामन्त्री सुमना श्रेष्ठले ढिला गरी सम्पत्ति विवरण बुझाएकी हुन्। उनले सम्पत्ति विवरण सार्वजनिक गरेलगत्तै प्रधानमन्त्री कार्यालयलाई पत्र लेखेकी हुन्।

रास्वपाका मन्त्रीहरूले आफैँ सम्पत्ति विवरण सार्वजनिक गर्नुको सट्टा प्रधानमन्त्री कार्यालयलाई पत्र लेख्नुको पछाडि ‘मिडिया स्टन्ट’ गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।  कुनै पनि राज्यका निकायले कुनै व्यक्तिको सम्पत्ति विवरण सार्वजनिक गर्न मिल्दैन। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० मा राज्यका निकायले कुनै पनि व्यक्तिको सम्पत्ति विवरण सार्वजनिक गरिदिन नमिल्ने व्यवस्था छ। राज्यका कुनै निकायले अनुसन्धान तथा तहकिकातका लागि सम्बन्धित अधिकारीलाई विवरण उपलब्ध गराउनुपर्ने उल्लेख छ।

राज्यका निकायले कुनै व्यक्तिको सम्पत्ति विवरण सार्वजनिक गर्न मिल्ने कानुन नभएपनि व्यक्तिले आफैँ सार्वजनिक गर्न भने कुनै बन्देज छैन। यसअघि पनि केही उच्च पदस्थहरूले आफैँले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने गरेका थिए। तर यसपटक भने रास्वपाका मन्त्रीहरूले पत्र लेखेर नै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकाले सम्बन्धित निकायसमेत आश्चर्यमा छन्।

रास्वपाका मन्त्रीहरूले लेखेको पत्रका आधारमा कस्तो कारबाही प्रक्रिया अघि बढ्छ भन्ने जिज्ञासा प्रधानमन्त्री कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टसामु राख्दा उनले प्रतिक्रिया दिन अस्वीकार गरे।

राष्ट्रिय सतर्कता केन्द्रका उपसचिव राजेन्द्र आचार्यले सम्पत्ति विवरण पेस गर्नु र सार्वजनिक गर्नु फरक कुरा भएको बताउँछन्। राज्यका निकायमा पेस भएको सम्पत्ति विवरण ती निकायले सार्वजनिक गरिदिन मिल्दैन।

‘कुनै पनि व्यक्तिको सम्पत्ति विवरण राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक गरिदिन मिल्दैन। बरु व्यक्ति आफैँले भने सार्वजनिक गर्न कानुनी बाधा छैन,’ उपसचिव आचार्यले भने,’तर मन्त्रीहरूको विषयमा चाहिँ मन्त्रिपरिषद् बैठकले थप निर्णय गर्न सक्छ। तर भ्रष्टाचार निवारण ऐनले राज्यका निकायलाई सम्पत्ति विवरण सार्वजनिक गरिदिने अधिकार प्रत्यायोजन गरेको छैन।’

मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री कार्यालयमा बुझाउनुपर्छ। प्रधानमन्त्री कार्यालयमा पेस भएको मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने विषयमा कानुनमा प्रष्ट व्याख्या नभएको आचार्य बताउँछन्।

मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरूको विवरण सार्वजनिक गर्ने निर्णय गरे मन्त्रीहरूको विवरण सार्वजनिक हुन सक्ने उनको भनाइ छ। तर सम्बन्धित मन्त्रीहरूले विगतमा जस्तै आफैँ सार्वजनिक गरिदिए सहज हुने उनको भनाइ छ।

ऐनमा सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्रमा सम्पत्ति विवरण सम्बन्धित निकायमा बुझाउनुपर्ने व्यवस्था छ।

प्रकाशित: २०८१ बैशाख २५ गते मङ्गलबार १२:१०
प्रतिक्रिया

थप समाचार

कांग्रेस महाधिवेशनः प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने भएको छ। कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले बिहीबार...

कांग्रेस महाधिवेशनः मतदानको समय दिउँसो १ बजेसम्म सारियो

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज (बिहीबार) हुने भनिएको मतदानको समय सारिएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार...

मन्त्रिपरिषद्का ६ निर्णयः नवीनराज सिंहलाई सचिवमा बढुवालगायत १५३ पीडितलाई क्षतिपूर्ति

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषदको बैठकले १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनेदेखि विभिन्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष...

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको...

आर्थिक नीति सुधारमा योगदान गर्न कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारीः डा गोविन्दराज पोखरेल

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलले पार्टीको आर्थिक तथा विकास...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
mutul_fund_1
शेयर बजार

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना