२०८३ कार्तिक १२ गते बुधबार

बाक्लियो कांग्रेस नेताको छलफल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख ३०
gagan_shekhar (2)

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोपमा छानबिन गर्नुपर्ने माग राख्दै संसदमा अवरोध गरेको कांग्रेसका नेताहरूको दौडधुप बढेको छ। पछिल्लो समय कांग्रेस आन्तरिक छलफल र विभिन्न राजनीतिक व्यक्तिहरूसँगको भेट र कुराकानीलाई बाक्लो बनाएको हो।

कांग्रेस महामन्त्री गगन थापाले शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेका थिए। भेटमा समग्र राजनीतिक विषय र सदनमा कांग्रेसले गरेको अवरोधको विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

आइतबार बिहानै थापा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानीका लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई अघि लगाएर उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्ण प्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका थिए।

बालुवाटारको भेट सकेर महामन्त्री थापा नेता डा शेखर कोइरालासँग भेटका लागि विशालनगर पुगेका थिए।

‘भेटघाटमा राष्ट्रिय राजनीति, संसदमा कांग्रेसले जारी राखेको अवरोध र पार्टीको आन्तरिक गतिविधिका बारेमा कुराकानी भएको छ,’ कोइरालाको सचिवालयले भनेको छ, ‘यो नियमित भेटघाटकै क्रम हो।’

महामन्त्री थापाले हिजो राष्ट्रपति र आज प्रधानमन्त्रीसँग भएको भेटघाटबारे कोइरालालाई जानकारी गराएका थिए।

आइतबार बिहान बालुवाटारमा दाहालसँग भेटेर बाहिरिएका कांग्रेस नेता लेखकले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक भएको दाबी गरेका छन्।

‘संसदीय छानबिन समिति गठन गर्ने कुराका बारेमा हामीले हाम्रो कुरालाई यथावत राखेका छौँ। प्रधानमन्त्रीजीले सकारात्मक कुरा गर्नुभएको छ,’ लेखकले भने। यसपछि कांग्रेसको प्रतिक्रियाका विषयमा भने उनले खुलाउन चाहेनन्।

सोमबार दिउँसो संसदीय दलको बैठकबाट थप निर्णय लिइने उनले बताए। सोमबारै संसदीय कार्यसमितिको बैठक पनि कांग्रेसले बोलाएको छ।

पछिल्लो समय कांग्रेसले आन्तरिक छलफललाई तीव्रता दिँदै आएको छ। वैशाख २८ गते संसदीय कार्यसमिति र संसदीय दलको बैठक बसेको थियो। उक्त दिनको बैठकपछि सदनमा कांग्रेसले अवरोध गरेको थियो।

शनिबार मात्रै पनि सभापति देउवा निवास बूढानीलकण्ठमा कांग्रेसका शीर्ष नेताहरूको बैठक बसेको थियो। लगालग बैठक बसिरहेपनि कांग्रेसका मागका विषयमा सत्तारुढ दललाई लचक बनाउन सकेको छैन।

सहकारी ठगीमा छानबिन समिति बनाउन प्रचण्ड केही हदसम्म लचक भएपनि एमाले र रास्वपाले छानबिन समिति आवश्यक नै नभएको बताउँदै कांग्रेसको मागलाई सत्ताबाट बाहिरिनु पर्दाको छटपटीका रूपमा व्याख्या गर्दै आएका छन्।

कांग्रेसले सदनमा अवरोध जारी राखेमा जेठ १ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका प्रभावित हुने देखिएको छ।

प्रकाशित: २०८१ बैशाख ३० गते आईतबार ०१:०२
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना