काठमाडौँ- सरकारले हलिवुड र बलिवुड चलचित्र छायांकनका लागि नेपाल बोलाउने घोषणा गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आवका लागि सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै यस्तो उल्लेख गरेका हुन्।
‘बलिवुड तथा हलिवुड चलचित्र निर्मातालाई नेपालमा चलचित्र छायांकनका लागि आमन्त्रण गरिनेछ,’ नीति तथा कार्यक्रम वाचन गर्दै पौडेलले भने।
नीति तथा कार्यक्रममा ३ हजार ९ सय ४० मेगावाट विद्युत् उत्पादन हुन थालेकोसमेत लेखिएको छ।


