काठमाडौँ- क्रिकेटर सन्दीप लामिछाने निर्दोष ठहर भएका छन्। जिल्ला अदालत काठमाडौँको फैसला उल्टाउँदै पाटन उच्च अदालतले लामिछानेलाई निर्दोष ठहर गरेको हो।
उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले काठमाडौं जिल्ला अदालतको फैसला उल्ट्याउँदै सन्दीपलाई सफाइ दिएको उच्च अदालतका प्रवक्ता विमल पराजुलीले जानकारी दिए।
सन्दीप निर्दोष ठहर भएको समाचार सार्वजनिक भएसँगै उनका समर्थकले अदालत परिसरमा खुशियाली मनाएका छन्।

लामिछाने बलात्कार आरोपमा जिल्लाबाट दोषी ठहर भएका थिए। गौशाला २६ (परिवर्तित नाम)ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो। बुधबार उच्चले उक्त फैसला उल्टाएको हो।












