२०८३ कार्तिक १२ गते बुधबार

समूह विजेता बन्दै प्रिमियर कपको सेमिफाइनल पुग्यो नेपाल

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख १४
nepal

काठमाडौं- कतारविरुद्ध कमजोर ब्याटिङ गरेको नेपालले दोस्रो पारीमा भने निकै कसिलो र घातक बलिङ गरेर कतारलाई ६८ रनले हराएको छ। एसीसी प्रियमयर कपअन्तर्ग त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालका पेस बलर सन्दीप लामिछानेले पाँच र सोमपाल कामीले तीन विकेट लिएसँगै नेपालले कतारलाई ‍६८ रनले हराएको हो।

नेपाल समूह चरणका सबै खेलमा अपराजित रह्यो। नेपालले ओमन र मलेसियालाई हराएयो भने वर्षाका कारण नेपाल र साउदी अरेबियाको खेल रद्द भयो। तीन खेलपछी नै पाँच अंक बनाएको नेपाल सेमीफाइनलमा पुगिसकेको थियो। अन्तिम खेलमा पनि नेपालले जित निकालेपछि ७ अंक बनाएको नेपाल समूह विजेता भएको छ।

नेपालले सेमिफाइनलमा भिड्ने टिमको निश्चित भइसकेको छैन। मूलपानी मैदानमा आजै भइरहेको खेलपछि नेपालले सेमीफाइनलमा खेल्ने टिमको टुंगो लाग्नेछ। कतारसँगको समूहको अन्तिम खेलमा भने दुवै टिमको बलिङ हाबी भयो। त्रिवि मैदानको यो पीचमा सबै ब्याटर फ्लप भए।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब प्रदर्शन गरेपछि १५७ रनमा अलआउट भएको थियो। ४० ओभर तीन वल टिकेको नेपालले कतारलाई १५८ रनको लक्ष्य दिएको थियो। जाफमा कतारले २५ ओभर एक बलमा सबै विकेट गुमाएर ८९ रन बनाएपछि नेपालले जित निकालेको हो।

नेपाललाई जित दिलाउने क्रममा सोमपालले इमल लियानगे, मुहम्मद तनवीर र इक्रमानुल्लाह खानको विकेट लिएका हुन्। छैटौं ओभरको अन्तिम बलमा सोमपालले इमलको विकेट लिए। त्यस्तै मुहम्मद १०औं ओभरमा आउट भए भने इक्रमानुल्लाहलाई १२ औं ओभरको अन्तिम बलमा आउट गराए।

आउट हुनुपूर्व इमलले ६ विकेट लिए भने मुहम्मद त शुन्य रनमै आउट भए। त्यस्तै, इक्रमानुल्लाहले पनि पाँच रन बनाएका थिए। यस्तै आजको खेलमा सन्दीप लामिछानेको बलबाट आउट भएका जाहिर यब्राहिमले १५ र कप्तान मोहम्मद रिजलनले चार रन मात्र जोडेए छन्।

यता सन्दीपले भने चार विकेट लिए। उनले कतारका मोहम्मदसँगै, इब्राहम, खुरम सहजाद र गायन मुनवेराको विकेट लिए। गुल्सन झाले अन्तिममा मुनवेराको विकेट सानदार रुपमा क्याच गरेपछी कतार २५ ‌ओभर एक बलमा अलआउट भएको हो।

खेलभरी कतारका ब्याटर नेपाली बलरसामू खुलेर खेल्न सकेनन्। ललित राजवंशीको बलबाट कमरन खानत आउट भइसकेकै थिए। उनले पछि अमिर फारुकलाई पनि आउट गराए। खेलमा इब्राहिम र खुरमले समान १५,१५ रन बनाएका थिए।

यता पहिलो पारीमा नेपालले पनि कतारविरुद्ध सुस्त सुरुआत गरेको थियो। समूह ए कै सबैभन्दा कमजोर टिमविरुद्ध नेपालले सुरुआतबाटै आक्रामक ब्याटिङ गर्ने अनुमान गरिएको थियो। तर शीर्ष क्रमका सबै ब्याटर चाँडै आउट भए।

नेपाली ओपनर कुशल भुर्तेल आठ बल खेल्दै दुई रन बनाएर डगआउट फर्किए। तेस्रा नम्बरमा मैदान पसेका भीम सार्की पनि १२ बलमा ६ रन बनाएर पेबेलियन फर्किएका थिए। नेपालविरुद्ध यि ग्यान मुनवेराले यि दुवै खेलाडीको विकेट लिएका थिए। कुशल दोस्रो ओभरको दोस्रो बलमा खुरमको हातबाट क्याचआउट भएका थिए भने भीमलाई लियान्गेले स्टिम्पिङ गराए।

नेपालले १० ओभरमा ४५ रन बनाएर तीन विकेट गुमाइसको थियो। त्यतिबेलासम्म नेपालको खातामा ५८ रन मात्र थियो। नेपालका आसिफ शेख १२ ओभर तीन बलमा १९ रन बनाएर आउट भएका थिए। उनलाई इक्रामुल्लाह खानले क्याचआउट गराए। नेपालले १६ औं ओभरमा नै चौथो विकेटका रुपमा कप्तान रोहित पैडेललाई पनि गुमाएको थियो। १५ ओभर तीन बलमा अहमदको हातबाट रोहित आउट हुँदा नेपालको खातामा चार विकेट गुमाएर ६२ रन मात्र थियो।

त्यसपछी पनि नेपालको लगातार विकेट गइरह्यो। पाँचौ नम्बरमा मैदान पसेका सोमपालले ११, कुशल मल्ल ३, आरिफ शेखले ११ रन बनाएर आएउट भए। त्यस्तै, १९ बल खेलेका दिपेन्द्र सिंह ऐरीले १२ रन बनाउँदा गुल्सन झ सात र बनाएर बाहिरए।

अन्तिममा नेपालका सन्दिप लामिछानेले ललित राजवंशीसँग मिलेर लामो साझेदारी गरे। सन्दिपले अविजित ४२ रन बनाए। उनी नै आजको खेलको सबैभन्दा धेरै रन बनाउने खेलाडी बने। नेपालविरुद्ध कसिलो र घातक बलिङ गरेको कतारका अमिर फारोकले चार विकेट लिए भने अवस अहमदले समान तीनतीन विकेट लिएका थिए। त्यस्तै ज्ञान मुनवेराले दुई तथा इक्रमानुल्लाहले एक विकेट लिए।

एसीसी प्रिमयर कपको समूह चरणको पहिलो खेलमा नै नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो। मलेसियाले दिएको लक्ष्य ८२ बल बाँकी रहँदै नेपालले पूरा गरेको थियो।

सो खेलमा मलेसियाले नेपालले २३५ रनको लक्ष्य दिएको थियो। नेपालले भने चार विकेट मात्र गुमाएर लक्ष्य पुरा गरेको हो। त्यस्तै, अर्को खेलमा नेपालले ओमनलाई ८४ रनले हराएको थियो। ४६ ओभरको तेस्रो बलमा ९ विकेट गुमाएको ओमनका अन्तिम ब्याटर घाइते भएर ब्याटिङ गर्न नआएपछि नेपालले जित निकालेको हो।

त्यो खेल नेपालको लागि कीर्तिमानी खेलसमेत थियो। नेपालले एक दिवसीय क्रिकेटको इतिहासमा पहिलो पटक ३०० रन बनाएको थियो। त्यही खेलमा बलर सन्दीप लामिछानेले पनि सय विकेट पूरा गरेका थिए।

कपको आफ्नो तेस्रो खेलमा नेपालले साउदी अरेबियाको सामना गर्ने तय थियो। यता मुलपानी मैदानमा नेपालले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलसमेत खेल्दै थियो। तर निरन्तर वर्षाको कारण खेल नै हुन सकेन। दुवै टिमले १–१ अंक बाँडेका थिए। अन्तिम खेलमा पनि नेपालले ६८ रनको जित निकाल्यो।

प्रकाशित: २०८० बैशाख १४ गते बिहिबार ०३:२३
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना