२०८३ कार्तिक १२ गते बुधबार

प्रचण्डलाई कति सांसदले देलान् विश्वासको मत?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ ७
prachanda11

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन्। सदनमा अवरोध भएमा उनले राखेको प्रस्तावमाथि सोमबारै सांसदहरूले मतदान गर्नेछन्। तेस्रो कार्यकालमा प्रधानमन्त्रीको जिम्मेवारी बहन गरिरहेका दाहाल २०७९ पुस ११ गते प्रधानमन्त्री बनेयता चौथो पटक विश्वासको मत लिन लागेका हुन्।

आफू नेतृत्वको सरकारलाई समर्थन गरेको दल जसपा नेपालले दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्। नेपालको संविधानको धारा १०० को उपधारा २ मा सरकारलाई समर्थन गर्ने दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ। यसबाहेक सोही धाराको उपधारा १ मा प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्ने ठानेमा जुनसुकै बखत पनि विश्वासको मतका लागि प्रस्ताव राख्न सक्ने उल्लेख छ। जसपा नेपालले समर्थन फिर्ता लिएपनि आफूमाथि सदनको विश्वास छ भन्ने पुष्टि गर्नका लागि प्रचण्डले विश्वासको मतका लागि प्रस्ताव गर्ने तयारी गरेका हुन्।

प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धि प्रस्ताव पारित भएर प्रक्रिया पूरा भए कति सांसदले प्रचण्डलाई विश्वास गर्लान् भन्ने प्रष्ट भइसकेको छैन। यद्यपि प्रचण्डलाई हाल सत्तामा रहेका सबै दलले विश्वासको मत दिने बताइरहेका छन्।

एमालेका ७८, माओवादीका ३२ र रास्वपाका २१ सांसद छन्। यस्तै नेकपा एसका १० सांसदसमेत जोड्दा १४१ मत पुग्छ। यसमाथि जसपा नेपाल विभाजन भएर बनेको जससासँग पनि ७ सांसद छन्। जसपाका ७ सांसदले पनि प्रचण्डलाई विश्वासको मत दिनेछन्।  यसो गर्दा १४८ मत प्रचण्डले पाउनेछन्। उता नाउपासँग पनि ४ सांसद छन्। उनीहरूमध्ये कम्तीमा दुई जना सांसदले प्रचण्डलाई विश्वासको मत दिने देखिएको छ। नाउपाका चारै जनाले विश्वासको मत दिएमा प्रचण्डको पक्षमा १५२ सांसद पुग्नेछन्। यो संख्यामा केही संख्या तलमाथि पर्न सक्ने सम्भावना पनि जीवितै छ।

यद्यपि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सभामुखलाई पत्र लेख्दै उनीहरू सातै जनालाई विश्वासको मतसम्बन्धी प्रस्तावका प्रक्रियामा सहभागी नगराउन माग गर्दै पत्र लेखेका छन्।  यादवले आफ्नो दल विभाजन गराएर नयाँ दल दर्ता गरिदिएको भन्दै निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्। उक्त रिटमाथि मंगलबारका लागि पेसी तोकिएको छ। तर यादवको पत्रलाई सभामुखले कुनै महत्व दिने देखिन्न।

२७५ सदस्यीय प्रतिनिधि सभामा विश्वासको मतका लागि कम्तीमा १३७ जनाको समर्थन आवश्यक हुन्छ। प्रचण्डले आफ्नो पक्षमा पुष्टि गर्ने मत आवश्यक भन्दा बढी हुने भएकाले उनी नेतृत्वको सरकारले निरन्तरता पाउने छ भने प्रचण्डले आफूलाई अझै बलियो रहेको पुष्टि गर्नेछन्।

प्रचण्डको विपक्षमा नेपाली कांग्रेस, राप्रपा, लोसपा, जसपा नेपाल उभिन सक्नेछन्। कांग्रेससँग ८८, राप्रपासँग १४, लोसपासँग ४ र जसपा नेपालसँग ५ सांसद छन्।

उता सहकारी ठगीमा संलग्न भएको आरोप गृहमन्त्री रवि लामिछानेमाथि लागेको भन्दै नेपाली कांग्रेसले सदनमा अवरोध गर्दै आएको छ। उनीमाथि छानबिन समिति गठन नभएसम्म सदनका कामकारबाहीमा अवरोध खडा गर्ने कांग्रेसले उद्घोष गरिसकेको अवस्थामा विश्वासको मतसम्बन्धी प्रस्ताव अघि नबढ्न सक्ने सम्भावना पनि छ।

यसअघि प्रधानमन्त्री दाहालले २०८० फागुन ३० गते तेस्रो पटक विश्वासको मत लिएका थिए। त्यसबेला १५७ जना सांसदले प्रचण्डलाई समर्थन गर्दा ११० जना सांसदले उनको विपक्षमा मतदान गरे। फागुन २१ गते कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर एमाले नेतृत्वमा प्रचण्डले नयाँ गठबन्धन बनाएपछि उनले विश्वासको मत लिएका थिए।

तेस्रो पटक विश्वासको मत लिँदा प्रचण्डले माओवादी केन्द्रसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादीले समर्थन गरेका थिए।

प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्री बनेपछि पहिलो पटक पुस २६ गते विश्वासको मत लिएका थिए। त्यसबेला जम्मा दुई जनाले उनको विपक्षमा मतदान गरेका थिए। कांग्रेसले आफूलाई प्रमुख प्रतिपक्षी भने पनि प्रचण्डलाई विश्वासको मत दिएको थियो। त्यसको केही समयपछि नै कांग्रेसले एमालेलाई सरकारबाट हटाएर आफू सत्तामा पुगेको थियो।

तर जसरी प्रचण्डले एमालेलाई धोका दिएका थिए, त्यसैगरी कांग्रेसलाई पनि धोका दिए। राष्ट्रपतिको निर्वाचनमा प्रचण्डले कांग्रेसका उम्मेदवारलाई सघाए। प्रचण्डसँग एमाले आक्रोशित बन्यो। २०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरियो। गठबन्धन फेरियो। कांग्रेस कुर्सी चढ्यो। चैत ६ गते प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिए। त्यतिबेला सदनमा २६२ सांसद उपस्थित भएका थिए। विश्वासको मतको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको थियो।

प्रकाशित: २०८१ जेठ ७ गते सोमबार १०:२२
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना