काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेले टी–२० विश्वकप खेल्ने आफ्नो सपना पूरा हुने/नहुनेमा अझै अन्यौल रहेको संकेत गरेका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत उनले आफ्नो सपना पूरा नभए पनि दुःखी भने नभएको दाबी गरेका छन्।
‘मेरो सपना पूरा नभए पनि म के कुरामा खुसी छु भने मेरो देशको सपना पूरा भएको छ,’ उनले फेसबुकमा लेखेका छन्।
लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले उनको निलम्बन फुकुवा गर्दै उनलाई विश्वकप खेल्नेका लागि अमेरिका पठाउने तयारी गरेको थियो।
तर, अमेरिकाले उनलाई भिसा दिन अस्वीकार गरेपछि निराश बन्न थालेका हुन्।


