२०८३ कार्तिक ११ गते मङ्गलबार

फरार कोइरीको विषयले संसदमा ‘हंगामा’, २५ मिनेटमा के-के भयो? 

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख १५
ramhari khatiwada

काठमाडौँ– प्रतिनिधिसभाको चालु अधिवेशनको सुखद् अन्त्य गर्ने तयारीमा थिए- सभामुख देवराज घिमिरे। शुक्रबार मध्यरातबाट संसद्को चालू अधिवेशन अन्त्य हुँदै थियो। यो अधिवेशनको अन्तिम बैठकको बिट मार्ने क्रममा प्रतिनिधिसभामा २५ मिनेट तनावको स्थिति रह्यो। सभामुख घिमिरले बैठकको अन्त्यमा बैठकमा अनुपस्थित भएका सदस्यहरूको सूचना स्वीकृतिका लागि प्रस्तुत गर्ने र अधिवेशनका कामकारबाहीको जानकारी गराउने कार्यसूची मात्रै बाँकी थियो। तर, सांसदहरुको अनुपस्थितको सूचनाले भने सदन गर्मायो।

संसद्‍मा सरकारका कामकारबाहीलाई लिएर प्रतिपक्षीले संसद् अवरोध गर्नु समान्य कुरा हो। तर प्रतिपक्षीको सांसद्को विषयमा सत्तापक्षले नै संसदमा अवरोध गर्ने घटना भने विरलै हुन्छ। त्यस्तै भयो शुक्रबारको प्रतिनिधिसभा बैठकमा पनि।

फरार सूचीमा रहेका एमाले सांसद् लक्ष्मी महतो कोइरीको बिदा स्वीकृतिको विषयमा सत्ता पक्षका सांसदहरुले २५ मिनेटसम्म संसद् अवरोध गरे। सभामुख घिमिरेले अवरोध सुल्झाउने प्रयास त गरे, सफल भने हुन सकेनन्। प्रतिनिधिसभाको बैठक सभामुख भर्सेस सत्तापक्षका सांसद् जस्तो देखियो। प्रमुख प्रतिपक्षी दल भने रमिते जस्तो देखिएको थियो। २५ मिनेटको तनावपूर्ण समयमा एमालेका सांसद् रघुजी पन्त मात्र बोलेका थिए।

000

सभामुख घिमिरेले १० वटा भन्दा बढी बैठकमा अनुपस्थित सांसदको बिदा स्वीकृतिका लागि सूचना पढ्न थाले। उनले भने, ‘माननीय सदस्यहरू, प्रतिनिधिसभाको नियमावली २०७९ को नियम १३ को उपनियम १ बमोजिम विविध कारणले लगातार १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित निम्नलिखित मान्य सदस्यहरु अनुपस्थितको सूचना सभाको स्वीकृतिका लागि प्रस्तुत गर्दछु।’

त्यसपछि घिमिरेले अनुपस्थित सांसद्को नाम, अनुपस्थित हुनुको कारण र अनुपस्थित रहेको बैठकको संख्या वाचन गर्न थाले। उनले भने-

  • मनोरमा शेरचन- २०७९ पुस २२ देखि ०८० वैशाख १५ सम्म २९ वटा बैठकमा अनुपस्थित। उपचाररत।
  • विना कुमार थनैत- ०७९ माघ १ देखि वैशाख १ ५ सम्म २६ वटा बैठकमा अनुपस्थित। उपचाररत।
  • लक्ष्मी महतो कोइरी- ०७९ माघ २६ देखि वैशाख १५ सम्म गरी २१ वटा बैठकमा अनुपस्थित। उपचाररत।
  • चन्द्र भण्डारी- ०७९ फागुन ४ देखि वैशाख १५ सम्म १८ वटा बैठकमा अनुपस्थित। उपचाररत
  • वर्षमान पुन- माघ ५ देखि वैशाख १५ सम्म २६ वटा बैठकमा अनुपस्थित। उपचाररत।

अनुपस्थित सांसदको विवरण पढेपछि सभामुखले सूचनालाई स्वीकृति जनाइदिन प्रस्ताव गरे। सभामुखको प्रस्ताव राखेपछि सांसद अलमलमा परे। केहीले ताली मार्न थाले भने केही भने अलमलमा देखिन्छ। अलमलकै बीचमा सभामुखले भने, ‘उक्त अनुपस्थितको सूचनालाई सभाले स्वीकृति जनाएको घोषणा गर्दछु।’ सभामुखले घोषणा गरिनसक्दै माओवादी केन्द्रका सांसद हितराज पाण्डे उभिए।

उनलाई सभामुखले बोल्न समय दिए। पाण्डले कोइरी बाहेक अरु सांसद्को मात्रै विदा स्विकृतीमा समर्थन जनाएको बताए। ‘बिरामी भनिएका लक्ष्मी महतो कोइरीका विषयमा बराम्बार यहाँ प्रश्न उठेको छ। बिरामी भएको जस्तो हामीलाई लाग्दैन। हामीले स्विकृत पनि गरेको छैनौं। कोइरी बाहेक अरुको मात्रै स्विकृत गर्ने कुरा जानकारी गराउँछु,’ पाण्डेको कुरामा अरु सांसद्हरुले समर्थन जनाउँछन्।

त्यसपछि सभामुख अललमा देखिन्छन्। उनी केही पाना पल्टाउन थाल्छन्। रोकिन्छन्। त्यसपछि उनले पाण्डेले उठाएको कुरालाई वेवस्ता गर्दै अघि बढ्छन् र अधिवेशनमा कामकारबाही बारे जानकारी गराउन थाल्छन्। त्यसपछि हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछाने लगायत उठ्छन्। सभामुख घिमिरेले बस्न आग्रह गर्छन्। तर सांसदहरु बस्न मान्दैनन्।

त्यसपछि सभामुख घिमिरेले भन्छन्, ‘निर्धारित विषय अनुसार जान्छ। यहाँहरुले आफ्नो कुरा राख्नुभएको छ। त्यो सुनिएको छ। बस्नुस्।’ तर सभामुले यसो भनिनसक्दै अरु सांसद्हरु उठ्छन्। कांग्रेस सांसद् रामहरि खतिवडा बोल्छन्। तर माइक भने अन भएको हुँदैन। खतिवडा बोलिरहँदा सभामुख घिमिरेले फेरि भन्छन्, ‘यहाँहरुको कुरा सुनिएको छ। यहाँबाट रुलिङ भइसकेको छ। यो मत विभाजनबाट टुंग्याउने कुरा होइन। उठेका कुरामा आवश्यक परे छानविन हुने कुरा हो। मैले यसको जवाफ अघि नै रुलिङ गरिसकेको छु।’

सभामुखले बस्न आग्रह गरेपनि सांसदहरु बस्दैनन्। खतिवडा बोलिरहन्छन्। सभामुख सुनिरहन्छन्। तर, समय दिँदैनन्, माइक अन हुँदैन। तर खतिवडा बोलिरहँदा सांसदहरुले ताली पिटिरहन्छन्। त्यसपछि सभामुखले भन्छन्, ‘मान्य सदस्यहरु बसौं। यसको जवाफ अघिनै रुलिङ गरिसकेको छु। यसको जवाफ मैले अघि नै दिइसकेको छु। त्यता तर्फ फर्किएर बुझ्नुहोला।’ तर खतिवडा रोकिँदैनन्, बोलिरहन्छन्। त्यसपछि सभामुखले भन्छन्, ‘मान्य सदस्य बसौं अब हाम्रो कारबाही अघि जान्छ।’

समामुखको आग्रह सांसद्हरुले मान्दैनन्। कांग्रेस सांसद् बद्री पाण्डे बोल्न थाल्छन्, समय उपलब्ध हुँदैन। माइक पनि अफ नै रहन्छ। सभामुखले फेरि आग्रह गर्छन्, ‘मान्य सदस्यहरु बसौं। यहाँहरुको कुरा सुनिएको छ।’

तर, सांसद्हरु बस्दैनन्। रवि लामिछाने बोल्न खोज्छन्। सभामुखले फेरि बस्न आग्रह गर्दै भन्छन्, ‘यसको प्रकिया पुराउन पर्छ। मैले अघि नै रुलिङ गरिसकेको छु। यहाँहरुको कुरा सबै रेकर्ड भएका छन्। यसको प्रकियाबाट अन्त्य हुन्छ। र मान्यज्यूहरु बसौं।’

लामिछाने बोल्न खोज्छन्। तर सभामुखले समय दिँदैनन्। कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि बोल्न खोज्छन्। बल्ल सभामुखले लेखकलाई समय दिन्छन्।

त्यसपछि लेखक भन्छन्…

बडो गम्भीर विषय उठेको छ। लक्ष्मी महतो कोइरी लामो समय देखि प्रतिनिधसभाको बैठकमा उपस्थित हुनु भएको छैन। यो जगजाहेर कुरा हो। यसलाई थप प्रमाणित गरिरहन पर्दैन। किन उपस्थित हुनुहुन्न? भन्ने बारेमा पनि यहाँ प्रश्न उठेका छन्। उहाँ कुनै फौजदारी अभियोगमा प्रतिवादी हुनुहुन्छ। मुद्दा अदालतमा छ। अदालतले उहाँलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। उहाँलाई गृहमन्त्रालय प्रहरी खोजि गरिरहेको छ। तर उहाँ भेटिनुभएको छैन। उहाँ भेटिनुभयो भने सम्मानीत अदालतको आदेश बमोजिम थुनामा जानुपर्छ। भन्ने कुरा देखिइसकेको छ। हालाकी संसद्को सचिवालाई विधिवतरुपमा जानकारी छ/छैन। त्यो बेल्लै कुरा हो।

तर यस्तो स्थापित तथ्यका विषयमा पनि सम्मानित सदनबाट सम्मानीत सभामुखबाट उहाँ बिरामी हुनुहुन्छ भनेर प्रतिनिधिसभामा प्रस्ताव पेश गर्नुभयो। यो भन्दा ज्यादा जग हँसाई केही हुँदैन। यस्तो प्रस्ताव कसरी आयो? सम्मानीत सदनमा सम्माननीय सभामुखज्यूबाट वाचन गर्न लगाइयो? एक छिनका लागि त हामी चुप लागिदिउँला केही छैन। सभामुखज्यूको आदेशले हामी बसिपनि दिउँला समस्या भएन। तर मानिसले भन्छ चाहिँ के?

प्रतिनिधिसभामा देशका सार्वभौम जनताका प्रतिनिधिसहरु बसेर एक जना फरार अभियुक्तलाई बिरामी छ भनेर निर्णय गरेर घर गए भन्छ। यो अत्यान्त गम्भीर प्रश्न। अरु जे-जे मन लाग्छ गर्दा भयो। तर उहाँ बिरामी हुनुहुन्छ भन्ने वाक्यांश रेकर्डबाट हटाइदिउँ। त्यो रेकर्ड हटेन भने संसदीय व्यवस्थाका अध्येताहरुले सय वर्षपछि पनि त अध्ययन गर्लान नी त। नेपालमा एकजना फौजदारी अभियोगको अभियुक्त जसलाई नेपालको संसद्ले बिरामी प्रमाणित गरेर अस्पतालमा भर्ना गरेर उन्मुक्ति दियो भन्दैन।

यो निर्णयको दुरगामी अर्थ के हुन्छ? भोली यो प्रश्न अदालतमा उठेर यिनी मान्छे फरार हुन् कि बिरामी हुन् भन्ने निर्णय गर्नुपर्‍यो भने अदालतले के गर्छ। देशको सबैभन्दा ठूलो संस्थाले यो मान्छे बिरामी छ भनेर भनिसकेपछि अदालतले होइन भन्न पाउँछ। त्यसो भएको हुनाले यो त झुटा कुरा भयो नी सभामुख महोदय। झुटा कुरालाई पनि प्रमाणित गर्न हुन्छ? उहाँको विषयलाई रेकर्डबाट हटाइयोस्।

लेखक पछि सभामुख घिमिरेले लामिछानेलाई बोल्न समय दिन्छन्। लामिछाने भन्छन्….

यो विषय मेरा लागि पेचिलो विषय हो। किनकी यसै विषयलाई लिएर अत्यान्तै धेरै आलोचना खेपेको छु। म गृहमन्त्री भएका बेला उहाँ बिरामी परेको होइन। उहाँ फरार अभियुक्तकारुपमा हामीले खोजि गरेका थियौं। उहाँ फरार अभियुक्त हो। उहाँ भाग्नुभएको अभियुक्त हो। उहाँको खोजिरहँदा उहाँको सालोले भारतमा नातेदारसँगै रहेको तस्विर पठाएका थिए। उहाँ भागेर जानुभएको ठाउँ तस्विर सहित छ। संम्बन्धित निकायलाई म यो उपलब्ध गराउन सक्छु।

गरिमामय संसदले एउटा फरार अभियुक्तलाई बिरामी भनेर करार गर्ने हो भने लोकतन्त्रका लागि यो भन्दा ठूलो मजाक केही पनि हुँदैन। यो हास्यास्पद शृंखला बन्द गर्नुपर्छ। अब नयाँ पुस्ताका राजनीतिज्ञहरु पनि राजनीतिमा आएका छन्। राजनीतिका नाममा लाजनीति कमसेकम यो संसदमा नचलोस्। म सचेत गराउन चाहान्छु। फरार अभियुक्तलाई बिरामी करार गर्ने काम संसद्ले आगामी दिनमा पनि कहिल्यै नगरोस्।

लामिछानेपछि नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवाललाई बोल्न समय पाउँछन्। उनले कोइरीका बारेमा जानकारी नदिएर प्रधानमन्त्री र गृहमन्त्रीले गल्ती गरेको बताउँछन्। उनी भन्छन्:
प्रहरीको फरार सूचीमा रहेकालाई बिरामी भन्न मिल्दैन। तर प्रधानमन्त्री र गृहमन्त्रीहरुले यो संसद्लाई फलाना माननीय फरार भनेर यो संसदलाई किन जानकारी पठाएन। दोष कसको ।कार्यव्यवस्था परामर्श समिति कस्तो। सभामुखलाई गृहमन्त्रालयको फरार सूचीमा रहेको बिरामी भनेर परामर्श दिने। जिम्मेवारी प्रधानमन्त्री गृहमन्त्री र कार्यव्यवस्था परामर्श समितिले लिनुपर्छ।

त्यसपछि रघुजी पन्त र चित्रबहादुर केसी बोल्न खोज्छन्। तर सभामुखले बोल्न समय नदिने जनाउ गर्दै भन्छन्, ‘मान्य सदस्यहरु अब यसलाई पक्ष विपक्षमा दोहोरो नजाउँ। राख्न खोज्नुभएको कुरा आइसकेकै छ। म यहाँहरुलाई बस्न अनुरोध गर्छु। मान्य सदस्यहरु बसौ।’

तर सांसदहरु बोल्न खोजिरहन्छन्। त्यसपछि सभामुखले रुघुजी पन्तलाई बोल्न दिए। पन्तले भनेः
कुनै फरार अभियुक्लाई अभियुक्त हुन् भने बिरामी भनिरहनुपर्छ भन्ने हाम्रो पनि मान्यता छैन। तर गृह मन्त्रीको कुर्सीमा बस्ने सिमना पारी छ भन्ने। सिमना पारीका धेरै अपराधिलाई नेपाल प्रहरीले गोप्य पक्रिएर देशभित्र ल्याएको छ। यहाँ आएका त्यस्ता अपराधिलाई पनि पक्रिएर भारततिर लगिएको छ। गृहमन्त्रालयको कुर्सीमा बस्ने प्रधानमन्त्रीको कुर्सीमा बस्ने प्रधानमन्त्री हुने गृहमन्त्री हुने समातेर ल्याएर थुन्न नसक्ने अनि यो समस्या संसद्मा ल्याउने यो गाइजात्रा हो। संसद्को नियमाली विरुद्ध संसद अवरुद्ध सत्ता पक्षले गरेको मैले देखेको छैन। सरकारले पक्रियोस् प्रतिपक्ष त्यसलाई जोगाउने पक्षमा छैन। बिरामी भनेर लुकाउनुपर्छ भन्ने मान्यता हाम्रो होइन। तर पक्रन नसक्ने अनि समस्या चाहिँ संसद्मा ल्याएर सत्ता पक्ष आफैंले तमसा चाहिँ गर्न हुँदैन।

१ मिनेट मात्रै समय पाएका पन्त माइक काटिएपछि पनि बोलिरहे। सभामुखले समय सकिएको जनकारी दिँदै बस्न आग्रह गरिरहे। तर केसीले बोल्न समय मागिरहे।

त्यसपछि समय पाएका केसीले भनेः
फौजदारी अभियोग लागेकालाई बिरामी भनेर बचाउने यो जस्तो लज्जास्पद कुरा केही पनि होइन। त्यसकारण दुधको दुध पानीको पानी फौजदारी मुद्दा लागेको ज्यानमारालाई चोख्याउन मिल्दै मिल्दैन। उ माथि कारबाही हुन पर्छ।

हितराज पाण्डेले फेरि समय पाए। उनले भनेः मैले विषयवस्तु उठाइरहेकै छु। भनिरहेकै छु। बिरामीका विषयमा रुलिङ भएको भन्ने छ। के भयो म स्पष्ट हुन चाहान्छु। त्यो कुनै पनि हालतमा फरार अभियुक्तका विषयमा नियमावली बनाउँदा पनि छलफल भएको हो। कार्यव्यवस्था परामर्श समितिको कुरा पनि आयो। समितिको बैठक बसेर हामीले कहिलै पनि फरार अभियुक्तलाई बिरामी भनेर भनेका छैनौं। यस्ताकुराहरु आउन सक्दैन। सभामुखबाट के रुलिङ भएको हो थाहा भएन। यो फिर्ता हुनुपर्छ। हामी बिरामी सांसदको विदा स्विकृत गर्ने भनेको छन्। तर फरार अभियुक्तका हकमा सकिँदैन।

सांसदहरुका कुरा सुनेपछि सभामुखले ध्यानाकर्षण भएको र कानूनबमोजिम प्रकिया अघि बढ्ने बताए। उनले भने, ‘यहाँहरुले उठाउनुभएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएकै छ। यसबारेमा नेपालको संविधान प्रचलित कानूनहरु प्रतिनिधिसभाको नियमावली बमोजिम। कारबाही हुनुपर्ने नपर्ने के कारबाही हुनुपर्ने त्यसै भएर जाने कुराहरु म राख्न चाहान्छु।’

तर सभामुखको जवाफमा सांसदहरु सन्तुष्ट देखिएनन्। रास्वपाका सांसद विराजभक्त महर्जन लगायत उठे। प्रश्न गर्न थाले। जवाफमा सभामुखले भने, ‘के भएको भन्ने विषयमा अघि नै कुरा राखिसकेको छु। अहिले पनि यहाँहरुले उठाउनुभएको विषयमा ध्यानआकर्षण भएको छ। यसको बारेमा हाम्रो संविधानले….’

सभामुखले बोलिनसक्दै खतिवडा बोल्न थाले। सभामुखले सुनिरहे।

रामहरीले बोलेपछि सभामुखले जवाफ दिन थाले। उनले भने, ‘मान्य सदस्यहरु मैले धेरै कुरा राखिसकेको छु। जतिबेला हाम्रो अहिले नियमावली बन्यो। त्यसपछि यो कुराको लिखत आएको छैन। जो-जो मान्य सदस्यहरु बिरामी भएको चिठी आएको छ। नियमसंगत ढंगबाट मैले यहाँ राखेको छु। त्यति मात्रै होइन मान्यज्यूहरुले बोलेका सम्पूर्ण कुराको ध्यानआकर्षण भएको छ। प्रचलित कानून र हाम्रो नियमानुसार गरिनेकुरा राखिसकेपछि यसमा हामीले मजाक भयो भने भएन भन्ने तर्फ जानु वान्छनिय छैन। त्यस कारणले….’

सभामुखको जवाफमा सांसदहरुले चित्त बुझाएनन्। रवि लामिछाने र विराजभक्त उठे। विराजले पछि फर्केर अन्य सांसदलाई पनि उठ्न इशारा गरे। अन्य सांसदहरु पनि उठे। सभामुखले आफ्नो ध्यानाकर्षण भएको जवाफ दिए। तर विराजले प्रश्न गरिरहे, उनी रोकिएनन्। सभामुख सुनिरहे। केही बेरपछि सभामुख घिमिरेले सांसद्हरुले भने झै गर्न नसकिने बताए। उनले भने, ‘मान्य सदस्यहरु यी सबै कुराहरुलाई ध्यानकार्षण भयो भन्नुको मतलब छलफल हुने आधारप्रमाणहरु खोज्ने। यहाँहरुले भनेको निर्णय हुनुपर्ने होइन। आधारप्रमाण खोज्नुपर्ने होला नी त मान्यज्यूहरु। मान्यज्यूहरु त्यसरी आइसकेको भए। त्यही ढंगबाटै जाइन्थ्यो।’

सभामुख र सांसदहरुबीच सवाल जवाफको क्रम यत्तिमै रोकिएन। सांसदहरुले एकपछि अर्को गरेर प्रश्न उठाइरहन्छन्। त्यसपछि आफूले केही कुरा राख्ने भन्दै सभामुखले बस्न आग्रह गरे। सांसदहरुले पनि सभामुखको आग्रहलाई स्विकार गरे। त्यसपछि सभामुखले भने, ‘जतिबेला हाम्रो फरार सूचीमा रहेकाहरुलाई हटाउनुपर्ने प्रष्ट व्यवस्था भयो। त्यसपछि उहाँ फरार हो होइन भन्ने कुराको कुनै आधारहरु आएको छैन। त्यो आउनुपर्छ। उहाँको चिठी आएकोलाई चिठी आएकोरुपमा यहाँ सुनाइएको हो। बिरामीको चिठी आएको छ। त्यसको आधारमा, कसले चिठी पठायो…’

सभामुखको पुरै कुरा सुन्न सांसद्हरु तयार देखिएनन्। रास्वपाका सांसद् श्रेष्ठ लगायत उठे। विस्तारै अरु सांसद् पनि उठेर प्रश्न गर्न थाले। सभामुखले बस्न आग्रह गरिरहँदा संविधान देखाउँदै सांसदहरु प्रश्न गरिरहेका थिए। सभामुख भन्दै थिए, यसको विषयमा छावनिन हुने नियमकानून अनुसार गर्ने। प्रमाण खोज्ने…’ सभामुखले बोलिरहँदा कांग्रेस सांसद् प्रदीप पौडेल बोल्न समय माग्दै थिए। तर सभामुखले समय दिएनन्।

विषय सुल्झिने नदेखेपछि सभामुख बैठक स्थगित गर्ने अवस्थामा पुगे। बैठक स्थगित गर्दै उनले भने, ‘मान्य सदस्यहरु। यहाँहरुलाई समय प्रदान भएको छैन। यहाँहरुको कुरा हामी सबैले सुन्न तयार छौं। र अब यो बैठक आधा घण्टाका लागि स्थगित हुन्छ। आधाघण्टा पछि यहाँ बैठक सुरु हुन्छ।’ आधा घण्टाका लागि स्थगित भएको भनिएको बैठक बस्न सकेन। यही बीचमा कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले शुक्रबार राति १२ बजेदेखि संसदको चालु अधिवेशन अन्त्य गरेका छन्।

प्रकाशित: २०८० बैशाख १५ गते शुक्रबार ०७:२४
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना