नयाँदिल्ली– भारतीय लोकसभा निर्वाचनको जारी मतगणनामा प्रधानमन्त्री नरेन्द्र मोदी पछि परेका छन्।
मोदी ५ हजारभन्दा मतान्तरले पछि परेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।
मोदीका प्रतिस्पर्धी कांग्रेस आइका उम्मेदवार अजय रायले अग्रता लिएका छन्।
मोदी उत्तरप्रदेशको वाराणसी क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा छन्।
मतगणनाको अन्तिम नतिजा मंगलबारै सार्वजनिक हुने अनुमान गरिएको छ।
५४३ सिटका लागि भएको लोकसभा निर्वाचनको जारी गणनामा भाजपा नेतृत्वको एनडीएले ३०२ सिटमा अग्रता बनाएको छ भने कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनले १९४ सिटमा अग्रता बनाएको छ।
यी दुवै गठबन्धनबाहिरका उम्मेदवारले ४७ सिटमा अग्रता बनाएका छन्।
उता इन्डियामा राहुल गान्धीले भने अग्रता बनाएका छन्। उत्तरप्रदेशकै रायबरेलीबाट गान्धी उम्मेदवार छन्।


