काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दल नेताबाट डोलप्रसाद अर्यालले राजीनामा दिएका छन्। अर्यालले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई राजीनामा राजीनामा बुझाएका हुन्। पार्टी सभापति रवि लामिछाने चितवन-२ बाट चुनिएर आएसँगै अर्यालले राजीनामा दिएका हुन्।
अर्याल संसदीय दलको नेता बन्नुअघि पनि लामिछाने नै संसदीय दलको नेता थिए। रविको नागरिकता मुद्दामा सर्वोच्च अदालतले माघ १३ गते फैसला गर्दै नागरिकतासँगै सबै सार्वजनिक हैसियत खारेज गरिदिएपछि अर्याल संसदीय दलको नेता छानिएका थिए।
लामिछाने संसदमा फर्किएपछि उनलाई संसदीय दलको नेता बनाउने तयारी रास्वपाले गरेको छ। यसैका लागि अर्यालले राजीनामा दिएर बाटो खुला गरेको बताइएको छ।
सोमबार बस्ने संसदीय दल बैठकले सभापति लामिछानेलाई संसदीय दलको नेता बनाउने तयारी गरेको छ।


