वार्सा- पोल्यान्डको वार्सामा गायक राजेश पायल राईको सांगीतिक कार्यक्रम (कन्सर्ट) हुने भएको छ।
एनआरएनए पोल्यान्डको आयोजनामा आइतबार (अप्रिल ३०)मा नयाँ वर्षको शुभकामना आदानप्रदानसहित सांगीतिक कार्यक्रम हुन लागेको हो। कार्यक्रममा पोल्यान्ड बस्दै आएका नेपाली कलाकारको पनि प्रस्तुति रहनेछ।
एनआरएनए आइसीसी सदस्य गोपाल राईका अनुसार कार्यक्रम वार्सास्थित क्लब निइबोमा राति ८ बजेबाट सुरु हुनेछ। कार्यक्रममा ५ सयभन्दा बढीको उपस्थिति रहने आयोजकको अपेक्षा छ।
नेपाली संगीतमा पुर्याएको योगदानको कदर गर्दै किरात राई समाज पोल्यान्डले गायक राईलाई मुन्धुमी अभिनन्दन पनि गर्ने बताइएको छ।
गायक राई सांगीतिक कार्यक्रमका लागि युरोप भ्रमणमा छन्। राईले स्पेन, पोर्चुगल, माल्टालगायतमा प्रस्तुति दिइसकेका छन्।


