काठमाडौँ- किरात समुदायको चाड साकेले उभौली सुरु भएको छ। उभौलीका अवसरमा किराँत याक्खा, सुनुवार, लिम्बू र राई समुदायले टुँडिखेलमा साकेला नाचेका छन्।
किराँत समुदायले यो पर्व कृषि कर्ममा आधारित भएर मनाउने गरेका छन्।
वैशाख पूर्णिमामा पर्ने उभौलीमा प्रकृति, भूमि र पुर्खाको पुजा गरी धुमधामसँग खेतीपाती सुरु गरेका किरातले मंसिर पूर्णिमा त्यसैगरी पूजा गरी उधौली मनाउने र नयाँ अन्न प्रयोग गर्ने चलन छ।
वर्षमा दुईपटक मनाउने साकेलालाई गर्मी छल्न वैशाखमा लेकतिर जाने भएकाले ‘उभौली’ र मंसिरमा जाडो छल्न लेकतिर बेँसी सर्ने भएकाले ‘उधौली’ भन्ने चलन छ।
उधौलीको दिन ‘नोक्छो’अर्थात् धामीले पूजा गरी सेउलीको थान बनाएपछि त्यसमै गोलबद्ध भई ढोल र झ्याम्टाको तालमा नाच्ने चलन छ।














