२०८३ कार्तिक १२ गते बुधबार

रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्चले मगायो सहकारी ठगीको फाइल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २८
rabi sir
फाइल तस्बिर।

काठमाडौँ- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा सर्वोच्च अदालतले प्रमाण झिकाउने आदेश गरेको छ।

न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले लामिछानेविरुद्ध सुप्रिम सहकारी ठगीका सम्बन्धमा फाइल झिकाउने आदेश जारी गरेको हो।

लामिछानेविरुद्ध जुनसुकै जिल्लामा रहेका उजुरी भएपनि ती पनि मगाउन सर्वोच्चले आदेश जारी गरेको हो।

सहकारी ठगी प्रकरणका सन्दर्भमा सीआईबीको प्रतिवेदनको प्रमाणित कपीसमेत झिकाउन सर्वोच्चले आदेश जारी गरेको हो।

रिट निवेदक अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो।

यस्तै लामिछानेको सचिवालयले समाचार आएका आधारमा खण्डन गर्दै पठाएको पत्रसमेत झिकाउन सर्वोच्चको आदेश छ।

यसैगरी, उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारी ठगीमा निर्दोष रहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री लामिछानेले संसद्‌मा दिएको अभिव्यक्तिको भिडियोसमेत पेस गर्नुपर्ने आदेश आएको रिट निवेदक अधिवक्ता भट्टराईले बताए।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमाथि सुनुवाइ चलिरहेको समयमा सहकारी ठगीका पीडित पनि सर्वोच्च अदालतमा पुगेका थिए।

जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएकामध्ये केही पीडितहरू सर्वोच्च अदालत पुगेका हुन्। आफूहरुलाई पनि कुरा राख्ने समय दिन माग गर्दै पीडितहरू सर्वोच्च पुगेका थिए।

आफूहरूले दैनिक मजदुरी गरेर जम्मा गरेको रकम सहकारीमा राखेको तर त्यही सहकारीका अध्यक्षलाई प्रभावमा पारेर आफूहरूको रकम रवि लामिछानेले लिएको पीडितहरूको आरोप छ। गैरकानुनी रूपमा लामिछानेले पैसा लिइदिँदा आफूहरूको रकम डुब्ने अवस्थामा पुगेको उनीहरूको भनाइ छ।

लामिछानेले सहकारीबाट रकम लिएर ग्यालेक्सी टेलिभिजनको सेयर किन्ने काममा प्रयोग गरेको पोखरा महानगरले गरेको अध्ययनले देखाएको छ।

एकातिर सदस्य नै नभएको सहकारीबाट रकम लिनु गैरकानुनी हुने भएपनि रविले भने आफूलाई कानुनी प्रक्रिया थाहा नभएको जिकिर गर्दै आएका छन् भने अर्कातिर आफूले कुनै पनि सहकारीबाट एक पैसा पनि नलिएको दाबी पनि गर्दैका आएका छन्।

आफूहरूले कास्की प्रहरीमा लामिछानेविरुद्ध जाहेरी दिएको तर त्यसलाई लुकाएर प्रहरी महानिरीक्षक बसन्त कुँवरले प्रहरीमा कुनै जाहेरी नपरेको भन्दै राज्य व्यवस्था समितिमा झुटो बयान दिएका थिए। लामिछानेमाथि केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान पनि गरेको पछि खुलासा भएको थियो।

यस्तै महान्यायाधिवक्ताको कार्यालयले पनि आफूहरूको कार्यालयमा रविविरुद्ध कुनै पनि मुद्दा आइनपुगेको भन्दै क्लिनचिट पत्र बनाइदिएका थिए। सोही पत्र लामिछानेले राज्य व्यवस्था समितिमा पेस गरेका थिए। त्यसरी पत्र पठाउनु गैरकानुनी भएको भन्दै अधिवक्ता भट्टराईले सर्वोच्चमा रिट दायर गराएका थिए। सोही रिटमाथि सुनुवाइ जारी छ।

सर्वोच्च अदालतको एकल इजलासले लामिछानेलाई निलम्बन माग गरिएको रिटमा गत जेठ २० गते जाहेरी पेस गर्न भनेको थियो।

रिटमा गृहमन्त्री रहेका लामिछाने अनुसन्धान गर्ने निकायको नेतृत्व गरिरहेको र उनी नेतृत्वमा रहँदासम्म सहकारी ठगीमा अनुसन्धान हुन नसक्ने भएकाले निलम्बन हुनुपर्ने माग गरिएको छ।

गृहमन्त्रीविरुद्ध कास्की प्रहरीमा उजुरी विचाराधीन रहेको र अन्य जिल्लामा पेस भएको अभियोगपत्रमा समेत उनको नाम रहेको जिकिर रिटमा गरिएको छ।

यो रिटमा अर्को सुनुवाइ असार ४ गतेका लागि तोकिएको छ।

प्रकाशित: २०८१ जेठ २८ गते सोमबार ०५:१७
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना