पोखरा- गण्डकी प्रदेशका ऊर्जामन्त्री फणीन्द्र देवकोटालाई सांसद पदमुक्त भएका छन्।
प्रदेश सभाको शुक्रबार बसेको दोस्रो बैठकमा सभामुख कृष्ण धितालले देवकोटा पदमुक्त भएको सूचना दिएका हुन्।
दलको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएको भन्दै उनलाई कारबाही गर्न माओवादीले गरेको सिफारिसलाई सभामुख धितालले कार्यान्वयन गरेका हुन्।
पाण्डेलाई विश्वासको मत दिएको भोलिपल्ट देवकोटा ऊर्जामन्त्री बनेका थिए।
नेपाल समाजवादी पार्टी (नेसपा)का देवकोटाले गोरखा २ (क) मा माओवादीको चुनाव चिह्नबाट निर्वाचन जितेका थिए।
तर प्रदेशसभाको रेकर्डमा उनी नेसपाका सांसद हुन्। आफ्नो दलका सांसदलाई कारबाही गरिएको भन्दै नेसपाले आपत्ति जनाएको छ।


