२०८३ कार्तिक १२ गते बुधबार

विधिको शासनको मजाक उडाउने काम भइरहेको छ : डा बाबुराम भट्टराई [अन्तर्वार्ता]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ७
baburam_Bhattarai RatnaShresthaRSS (4)
पूर्वप्रधानमन्त्री एवम\ नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई। तस्बिर: रत्न श्रेष्ठ/रासस

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेपाल समाजवादी पार्टीका अध्यक्ष हुन्। विगतमा प्रधानमन्त्री र अर्थमन्त्री हुँदा मुलुकको विकास र समृद्धिको यात्रामा केही नीतिगत र नवीनतम प्रयासको थालनीकर्ताका रूपमा उनको चर्चा गरिन्छ। पछिल्ला निर्वाचनमा उनको दलले सीमित स्थानमा मात्रै विजय हासिल गरेपछि वैकल्पिक धारको राजनीतिलाई नयाँ ढंग अगाडि बढाउने कोसिसमा रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग गरिएकाे कुराकानीको सम्पादित अंश:

पूर्वप्रधानमन्त्रीका हैसियतले समग्रमा मुलुकको राजनीतिक अवस्थालाई कसरी नियाल्नुभएको छ?
समाज परिवर्तन निरन्तर प्रक्रिया हो। हाम्रा सामाजिक संरचनाका कारण विश्वका कतिपय मुलुकका तुलनामा हमी पछि परेका छौँ। राजनीतिक परिवर्तनमा लाग्यौँ। तर राजनीतिक परिवर्तनपछि विकास निर्माण र समृद्धिको अभियान सञ्चालन हुनुपर्छ, त्यसका लागि आन्दोलनका समयमा विचारले पुग्दैन। पुराना पार्टीले यो काम गर्न सक्दैनन्। शान्ति प्रक्रियालाई निष्कर्षमा दिनुपर्नेलगायत केही सवालमा पुराना शक्तिसँग सहकार्य गर्दै अब २१औँ शताब्दी अनुकूल नयाँ विचार र सोच चाहिन्छ। विकास र समृद्धिलाई तीव्रतामा लैजानका लागि नयाँ वैकल्पिक धार चाहिन्छ। शासकीय सुधारसहित व्यापक सुधारमा हामी जानुपर्छ।

यसका लागि त संविधान संशोधन गर्नुपर्ने हुन्छ होला नि?
पक्कै पनि हामीले संविधानसभाकै समयमा पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानुपर्छ भन्ने वकालत गर्दै आएका हौँ। त्यो हुन सकेमा देशको स्थिरता र विकास सम्भव हुन्छ। संविधान जारी भएपछिका दुई निर्वाचनले पनि यही देखायो। अहिलेको प्रणालीबाट कुनै पनि दलको बहुमत आउन सक्दैन। त्यसैले प्रतिनिधिसभा र प्रदेशसभामा पूर्ण समानुपातिकका आधारमा प्रत्यक्ष (महिला-महिला, मधेशी-मधेशी, दलित-दलितबीच) निर्वाचन प्रणालीमा नगई सुखै छैन। त्यसो हुँदा व्यवस्थापिका संसद् विधि निर्माणमा लाग्छ र कार्यकारी (राष्ट्रपति वा प्रधानमन्त्री) र प्रदेशका मुख्यमन्त्रीले विज्ञहरूलाई मन्त्रिमण्डलमा समावेश गरी सहजताका साथ काम गरेर देशको विकासको गतिलाई तीव्रता दिन सक्छन्। यो विषयमा संविधान संशोधन आवश्यक छ। यसैगरी भ्रष्टाचारमाथिको नियन्त्रणका लागि जनलोकपालको गठनको व्यवस्था पनि संविधानमा राखिनुपर्छ। अहिले स‌ंघीयता अपुरो खालको छ। यसमा पनि संविधान संशोधन गरी पूर्ण बनाउनुपर्छ।

यो विचारमा बहस त भएको छ तर जनताले हरेक निर्वाचनमा पुरानै शक्तिलाई यो वा त्यो रुपमा अनुमोदन गर्दै आएका छन्। सामाजिक संरचनाले पनि हाम्रो पार्टी, हाम्रो मान्छे भन्ने प्रवृत्ति कायमै देखिन्छ, त्यस अर्थमा विज्ञताको उपस्थिति कसरी बढाउन सकिएला?
जनतको चाहना सुखशान्ति नै हो। यसबारे हामीले जनतामा थप चेतना दिन सक्नुपर्छ। यो काम राजनीतिक नेतृत्वको हो। जनतालाई आश्वासन मात्रै दिएर चुनाव जितेर मात्रै देश र जनताको हित हुँदैन। दसौँ वर्ष सत्तामा बसेर के हुन्छ? गर्न सक्नेले त दुई वर्षमा जनतामा परिवर्तनको अनुभूति दिन सक्नुपर्छ। त्यसैले नयाँ वैकल्पिक विचारसहितको नयाँ राजनीतिक नेतृत्व अबको आवश्यकता हो। जनताको चाहना पूरा गर्न अहिलेको तरिकाले पुग्दैन। जसरी पनि सत्तामा पुग्ने वा बस्ने र सत्ताका लागि सत्तामा रहने भन्ने भोटको राजनीति गर्ने क्रम अब अन्त्य गर्नुपर्छ।

निर्वाचनमार्फत तपाईंको वैकल्पिक धारले किन मूलधारको रूप पाउन किन सकेन त? कहिले कुन दलसँग तालमेल कहिले कोसँग एकताको प्रक्रियामा रहेर वैकल्पिक धार बन्छ त?
हरेक नयाँ विचारको कार्यान्वयनका लागि समय लाग्छ। राणा शासन पनि एक सय चार वर्षसम्म चल्यो। पञ्चायत ३० वर्ष चल्यो। ती शासन जनतामा प्रिय भएर चलेका त थिएनन्। विकल्प दिन नसकेर चलेका हुन्। त्यसैले नयाँ परिवर्तन हुन समय लाग्छ।

पूर्वप्रधानमन्त्री एवम\ नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई। तस्बिर: रत्न श्रेष्ठ/रासस

हामी हाम्रा परिवर्तनका मुद्दा जनतामा लिएर जान्छौँ र प्रत्यक्ष कार्यकारी प्रणालीका आधारमा मुलुकलाई हाम्रै जीवनकालमा मुलुकलाई स्थिरता र समृद्धि दिन्छौँ। हामी पुरानो पार्टीसँग मिल्न जाने भनेका छैनौँ, त्यो गलत बुझाइ हो। हाम्रो नयाँ वैकल्पिक धारको अभियान रोकिँदैन। पुराना शक्तिबाट हुँदैन भन्ने निष्कर्षमा हामी स्पष्ट छौँ। त्यसकारण हामी हाम्रा मुद्दालाई लिएर जनतामा जान्छौँ, यस क्रममा जोसँग विचार मिल्छ, त्योसँग सहकार्य गछौँ।

गण्डकी प्रदेशसभामा तपाईंका पार्टीका प्रदेशसभा सदस्य जो माओवादी केन्द्रको निर्वाचिन चिह्न प्रयोगबाट निर्वाचित हुनुभएको थियो। उहाँले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको विषयमा माओवादी केन्द्रले ह्विप उलंघन गरेको भनी कारबाही गरेको छ। यस्तो स्थिति किन आयो ?
पहिलो कुरा त प्रदेशसभा सदस्य फणीन्द्र देवकोटा हाम्रो पार्टीका सदस्य हुनुहुन्छ। उहाँले विद्यमान कानुनी अधिकारको प्रयोग गरेर संयुक्त निर्वाचन चिह्नबाट निर्वाचन जितेर आउनुभएको हो। यो कुरा निर्वाचन आयोग र प्रदेशसभामा समेत अभिलेख छ। यस विषयलाई सत्तामा रहनेहरूले आफ्नो हिसाबले व्याख्या गर्न खोजेका छन्। त्यो गलत छ। यो विधिविपरीत विकृत राजनीतिको उदाहरण भएको छ। यहाँ विधिको शासनको मजाक उडाइएको छ। सम्भवतः यो विषय अन्ततः अदालतले निरुपण गर्नुपर्ने हुन सक्छ।

आगामी आर्थिक वर्षको नेपाल सरकारको बजेटमाथि संसद्‌मा छलफल भइरहेको छ। तपाईं पूर्वअर्थमन्त्री समेत हुनुभएको व्यक्तित्वको नजरमा यो बजेट कस्तो देख्नु हुन्छ?
मैले माथि पनि भनेँ कि विद्यमान संरचना र प्रबन्धमा परिवर्तन गर्नुपर्छ। उही पाराको कर्मकाण्डी बजेट प्रस्तुति र छलफलले तीव्र विकासमा जान सकिँदैन। हाम्रो अर्थतन्त्रका केही गम्भीर समस्या छन्, यसलाई चिरेर जानुपर्छ। मैले अर्थमन्त्री हुँदा पनि भनेको थिएँ, हाम्रो अर्थतन्त्र कछुवा गतिले हिँडिरहेको छ,यसरी कहीँ पुगिँदैन। सर्प घस्रने तरिकाले होइन, भ्यागुताले उफ्रने तरिकामा आर्थिक विकासमा जानुपर्छ। त्यसैले दुई दशकसम्म दुई अंकको आर्थिक वृद्धि गराउने गरी गम्भीर नीतिगत र संरचनागत परिवर्तन नगरेसम्म कहीँ पुगिँदैन भनेको थिएँ तर ठूला दलले यसलाई नसुनेर पुरानै गतिले अघि बढ्नुभएको छ।

अहिलेको तीन/चार प्रतिशतको आर्थिक वृद्धिरको यात्राले कहीँ पुगिँदैन। त्यसैले राजनीतिक प्रणालीमा सुधारसँगै हामीले वैज्ञानिक भूमि सुधार गरेर जमिनको वर्गीकरण र सदुपयोग गर्ने गरी जानुपर्छ। यस्तै भारत र चीनको विकासबाट लाभ लिँदै ठूलाठूला उद्योग प्रविधि भित्र्याएर आपूर्ति घटाउनुपर्छ।

म प्रधानमन्त्री हुँदा दुईपक्षीय लगानी प्रवर्धन र संरक्षण सम्झौता (बिप्पा) भएको थियो। नेपालले भारत र चीन दुई ढुंगाबीचको तरुल मात्र होइन, समुद्रबीचको पुलका रूपमा काम गर्ने गरी अघि बढ्नुपर्छ भने सन् १९५० को सन्धिलगायत विषयका पुनरवलोकनका लागि प्रबुद्ध व्यक्तिहरुको समूह (ईपीजी) गठन भएको थियो। यी सबैको लक्ष्य मुलुकको आर्थिक समृद्धि हो र उत्पादन वृद्धि हो। अहिलेको पैसाले पैसा खेलाउने तथा श्रम निर्यात गर्ने र वस्तु आयात गर्ने उल्टो तरिकाले उँभो लागिँदैन। हामीले उत्पादन नबढाएसम्म पेट फुलेर रोगाएको बिरामी जस्तो मात्रै हुन्छ,अर्थतन्त्रको दिगो विकास हुन सक्दैन। त्यस अर्थमा अहिलेको बजेटले समग्र मुलुकलाई तीव्र आर्थिक विकासमा लान सक्दैन भन्ने मेरो भनाइ हो। -रासस

प्रकाशित: २०८१ असार ७ गते शुक्रबार ०२:४२
प्रतिक्रिया

थप समाचार

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

अर्थतन्त्र र अहिलेको सरकारबारे रामेश्वर खनालको ‘क्लोज सट’: ‘अब सानो सुधारले पुग्दैन’

अहिलेको सरकारको शक्ति कहाँ छ भन्ने कुरा लगानीकर्ताले बुझ्न सकेका छैनन्। शक्ति कहाँ छ भन्ने थाहा भए त्यहीँ गएर कुरा गर्थे। जहाँ गएर कुरा गर्छन्, त्यहाँबाट कुनै सहारा प्राप्त नहुने र कहाँ गएर...

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो: थापा [अन्तर्वार्ता]

क्यासिनो क्षेत्रलाई व्यवस्थित गर्न सकेमा राज्यले कर मात्र होइन, विदेशी मुद्रा, पर्यटन, रोजगारी र अन्य आर्थिक गतिविधिबाट पनि आम्दानी गर्न सक्छ। हजारदेखि दुई हजार करोड रुपैयाँसम्मको सम्भावना...

जलविद्युत्‌का पावरहाउस खोलाको छेउमा राख्ने सोच बदल्नुपर्छ: हितेन्द्र देव शाक्य [अन्तर्वार्ता]

गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका एक दर्जन जलविद्युत्‌ आयोजना तथा विद्युत् पूर्वाधारमा ठूलो क्षति पुर्‍यायो। सञ्चालनमा रहेका पुराना आयोजनादेखि निर्माणाधीन...

‘जबसम्म १ करोड ७५ लाख सिलिन्डर भरिँदैनन्, तबसम्म ग्यास आपूर्ति सहज हुँदैन’

मन्त्रीज्यू फ्याक्ट्रीहरूमा घुम्दै जाने, फोन उठाएर ‘आऊ म तिमीलाई ग्यास दिन्छु’ भनेर भन्नु जायज होइन। त्यो गर्नुको सट्टा मन्त्रीले राजदूत वा, फस्र्ट सेक्रेटरी, फरेन अफेयर्स मिनिस्ट्रीमार्फत...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना