सांसद् अमरेश कुमार सिंहले प्रतिनिधि सभाको बैठकमा गणतन्त्रकी पम्फादेवी लाक्षणिक रूपमा आक्षेप लगाउन सुरुवात गरे। तर प्रतिनिधिसभामा उनले गणतन्त्रकी पम्फादेवी भने कसैको प्रष्ट नाम लिएनन्। तर उनले बाह्रखरी टिभीलगायतका सञ्चारमाध्यममा दिएको अन्तर्वार्तामा भने गणतन्त्रकी पम्फादेवी भनेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी तथा सांसद आरजु देउवा माथि आक्षेप लगाएका छन्। सोमबार नेपाल क्लिक्सले यसबारे समचार लेख्यो। उक्त समचार पढेपछि अमरेश सिंहका बारेमा केही प्रश्न मनमा उब्जिएका छन्।
सिंहले पद र शक्तिको कुरालाई जोडतोडले उठाएका छन्। तर उनी पद् र शक्तिका लागि कतिसम्म गर्छन् भन्ने त उनकै क्रियाकलापले प्रष्ट पार्छ। एउटा चुनावमा टिकट नपाउँदा धैर्य गर्न सक्दैनन्। कांग्रेसकै जुठो खाएर कांग्रेस विरुद्ध नै प्रतिस्पर्धामा उत्रन्छन्। आखिर पद र शक्तिको आशक्ती उनमा थिएन भने उनमा धर्यता किन देखिएन? आखिर उनको पनि प्राथमिकता त पद र शक्ति नै रहेछ नि!
चुनावको टिकट नपाउँदैमा कांग्रेसको विरोध गर्नेहरु आज पार्टी सभापति देउवाको पत्नी भएकै कारण डा. आरजु राणा देउवाको विभिन्न नामाकरण गर्दै हिड्ने गरेका छन्। त्यसको पछिल्लो उदाहरण हुन्, पुरोहित अमरेश कुमार। नेपाल क्लिक्सको समाचार पढेपछि सांसद् पुरोहित सिंहलाई आफ्नो अनुहार एक पटक ऐनामा गएर हेर्न सुझाउन मन लाग्यो। पम्फादेवी भन्ने नाम पन्चायतमा धेरै सुनियो। त्यो नामबाट तत्कालीन बडामहारानी ऐश्वर्यलाई चिनिन्थ्यो रे।
नामाकरण गर्न माहिर पुरोहित अमरेश अहिले स्वतन्त्र सांसद् भएपनी राजतन्त्र हट्ने बेला उनी नेपाली कांग्रेसमै थिए। राजतन्त्र विरुद्धको आन्दोलनमा उनी अग्रमोर्चामै देखिन्थे। पुरोहित अमरेशले गणतन्त्रको पम्फादेवी भनेर भन्दै गर्दा उनलाई डा. आरजु राणा देउवाको बारेमा खासै जानकारी रहेनछ भन्ने देखियो। उनले केही कुरा बुझ्नै पर्ने हुन्छ।
१.डा देउवाले सभापति देउवाको पत्नी हुनु भन्दा अगाडि नै डक्टरेडको उपाधि पाइसक्नु भएको थियो। त्यसको अवमूल्यन किन गरेको?
२. विभिन्न एनजीओ र आइएनजिओमा सम्मेलित भएर सामाजिक कार्यमा डा देउवा सक्रिय रहेको थाहा छ कि छैन?
३. डा देउवाको नाम राखेर तपाईले सार्वजनिकरुपमा लगाउनुभएको आरोप पुष्टी गर्न पर्दैन? कि जे पायो त्यही आरोप लगाउने छुट तपाईलाई मात्र छ?
यी तीन प्रश्न मध्येपनि पुरोहित सिंहले पहिलो प्रश्नको जवाफ दिनै पर्छ। यस्तै उनलाई म केही सुझाव पनि दिन चाहान्छु।
१. डा देउवाले सांसद् नहुँदै गरेको विकासको कामको एक अंश आफ्नो निर्वाचन क्षेत्रमा गरेर देखाउनुस्।
२. महिला पनि यो देश हाँक्न सक्षम छन् भन्ने कुरामा गर्व गर्नुस्।
३.आज तपाईले जसलाई पम्फादेवीको नामाकरण गर्नु भएको छ। उहाँकै श्रीमानले ल्याएको कदमजम को अवधारणाले तपाई पनि यहाँ सम्म आइपुगेको कुरालाई हेक्का राख्नुस्।
४. हिजो कांग्रेसबाट पाएको लाभ र पदलाई सम्झेर पुरोहित भूमिकाबाट बाहिर निस्नुस्। र जनताको काममा केन्द्रीत हुनस्। त्यसले तपाईको प्रसंशा नै हुनेछ।
५.अरु महिलाहरुलाई पनि आफ्नै घरको आमा, दिदी, बहिनी जस्तो सोचेर बोल्ने गर्नुस्। तपाईको घरको महिलाले तपाइको कदर गर्ने छन्। डा. देउवा नेपाली समाजको हरेक महिलाका लागि प्रेरणाको श्रोत हो। उनको नामको अगाडि डा. त्यसै लेखिएको होइन। हरेक अग्निपरिक्षा महिलाले मात्रै दिनुपर्छ भन्नै छैन। महिलाको मान र कदर पुरुषले गर्न पर्दैन। यो प्रश्न हरेक पुरुष तिर सोझिन्छ। के डा. देउवाले सभापति देउवासँग विवाह गर्नु गलत थियो। उहाँ देउवा पत्नी भनेर चिनिनु गलत हो कि पूर्वप्रधानमन्त्री देउवा पत्नी भनेर परिचित हुनु गलत हो ? अन्त्यमा अरुको नामाकरण गर्दै हिँद्डा भोलि तपाईलाई पनि अन्तरघाती कांग्रेस भनेर कसैले बोलाए भने के भन्नुहुन्छ? अन्त्यमा, यी सुझावलाई मान्ने र प्रश्नको जवाफ दिने आशामा छु।



