काठमाडौँ- आइडियल सहकारीका बचतकर्ताले आफूहरुको रकम फिर्ता गर्न माग गर्दै नाराबाजी गरेका छन्।
आइडियलका कार्यकारी अधिकृत कुयाङ लामाले सञ्चालन गर्ने अनामनगरस्थित अफसेट प्रेसको कार्यालयअघि बचतकर्ताले नारबाजी गरेका हुन्।
आइडियल सहकारीको गठ्ठाघर शाखामा रकम जम्मा गरेका बचतकर्ताहरू अनामनगर आइपुगेर नाराबाजी गरेका हुन्।
आइडियलले ३० हजारभन्दा बढी बचतकर्ताबाट संकलन गरेको ८ अर्बभन्दा बढी रकम फिर्ता गर्न बाँकी रहेको बताइएको छ।
आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेती भने यतिबेला बेपत्ता छन्।
सहकारीका करिब २ सय बचतकर्ताले रकम फिर्ता माग्दै सहकारी विभागमा उजुरी दर्ता गराएका छन्।
आइडियल युमना हाम्रो बहुउद्देश्यीय सहकारी ६ वटा संस्था मर्ज भएर बनेको थियो।
उप्रेती नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभागका सचिवसमेत हुन्। उनी बेपत्ता भएपछि एमालेले जिम्मेवारीबाट हटाइएको छ।




भिडियो


