काठमाडौँ– सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया तत्काल रद्द नगर्न आदेश जारी गरेको छ।
न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले असार २१ गतेका छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन आदेश जारी गर्दै नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो।
अध्यक्षका लागि सर्टलिस्टमा ५ जना परेका थिए। तीमध्ये ३ जना अन्तर्वार्तामा अनुपस्थित भएका थिए। दुई जनाले मात्र अन्तर्वार्ता दिए। बोर्डको अध्यक्ष चयनका लागि कम्तीमा पनि तीन जनालाई सिफारिस गर्नुपर्ने तर दुई जना मात्र अन्तर्वार्तामा उपस्थित भएपछि अर्थ मन्त्रालयले प्रक्रिया नै रद्द गरेको थियो।
सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठले प्रक्रिया रद्द गर्ने कानुनी व्यवस्था नरहेको भन्दै सिफारिस समितिको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।


