काठमाडौँ- नेकपा एकीकृत समाजवादीको अध्यक्ष र महासचिव सर्वसम्मत चयन भएका छन्।
जारी १०औं राष्ट्रिय महाधिवेशनले बिहीबार अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भूसाललाई सर्वसम्मत चयन गरेको हो।
भुसाल र नेपाल यसअघि पनि पार्टीको सोही भूमिकामा थिए।
झलनाथ खनाललाई पनि सम्मानित नेतामा सर्वसम्मत चयन गरिएको छ।
अन्य बाँकी पदमा कसलाई चयन गर्ने भन्ने जिम्मा सचिवालयलाई दिइएको छ।


