२०८३ कार्तिक १२ गते बुधबार

राजीनामा दिने मन्त्रीलाई कतै सोध न खोज, कतै मुख्यमन्त्रीको बिदाइ भोज

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २१
lumbini-uml-resign-1720142892
मुख्यमन्त्री महरालाई राजीनामा बुझाउँदै एमालेका मन्त्री। राजीनामा दिनेहरुलाई मुख्यमन्त्रीले भोज खुवाएका छन्।

काठमाडौँ- प्रतिनिधि सभाका दुई ठूला दल नेपाली कांग्रेस र एमालेले सत्ता साझेदारी गर्ने सहमति गरेपछि प्रदेश सरकारमा त्यसको परकम्प सुरु भएको छ।

असार १७ गते सहमति भएको भनेर दुवै दलले बताउन थालेपछि सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारमा सहभागी एमाले बाहिरिएको छ। एमालेले दुवै प्रदेशका सरकारहरूलाई दिएको समर्थन पनि फिर्ता लिइसकेको छ।

यसरी समर्थन फिर्ता लिएर राजीनामा बुझाउने मन्त्रीहरूले सबै प्रदेशमा एकरूपको व्यवहार भने पाएका छैनन्। न त एमालेका मन्त्रीहरुले नै समान व्यवहार सबै प्रदेशमा गरेकै छन्।

मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएर राजीनामा बुझाउन गएका मन्त्रीहरूलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले भने भोज खुवाइदिएका छन्।

बिहीबार साँझ ६ बजे नेकपा एमालेका मन्त्रीहरुका आफ्नै निवासमा उनले बिदाइ भोज दिएका हुन्। बिदाइ भोजमा कृषि तथा भूमीमन्त्री भण्डारी लाल अहिरबाहेकका सबै मन्त्रीहरु सहभागी भए।

आर्थिक मामिला तथा योजनामन्त्रीबाट राजीनामा दिएका एमाले दल उपनेता चेतनारायण आचार्यले हार्दिकतापूर्वक वातावरणमा बिदाइ भोज भएको बताए। भोजमा सलाद, दालभात, तरकारी र खसीको मासु खुवाएर पठाए।

आचार्यका अनुसार संघमा प्रधानमन्त्री पुष्पमकल दाहाल संसदबाट विश्वासको मत लिने अडानमा रहेको भएपनि लुम्बिनीका मुख्यमन्त्री महरा भने विश्वासको मत लिने पक्षमा छैनन्।

राजीनामा बुझाइ सकेपछि मुख्यमन्त्री महराले संक्षिप्त मन्तव्य दिए। केन्द्रीय राजनीतिका कारण प्रदेशको राजनीति पनि प्रभावित हुँदा अहिलेको परिस्थिति बनेको उनको भनाइ थियो।

उता सुदूरपश्चिममा भने एमालेका मन्त्रीहरूले मुख्यमन्त्री दीर्घराज सोडारीसँग भेट पनि नगरी राजीनामा दिएर समर्थन फिर्ता लिएका छन्।
समर्थन फिर्ता लिएको र राजीनामा दिएको पत्र मुख्यमन्त्रीको कार्यालयमा बुझाएका हुन्।

‘मुख्यमन्त्रीज्यू यहाँ नभएपछि उहाँसँग टेलिफोन संवाद भयो,’ एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले भने, ‘समर्थन फिर्ता लिएको पत्र मुख्यमन्त्री कार्यालयमा दर्ता गराएका छौँ। हाम्रा मन्त्रीहरूले पनि सरकारबाट राजीनामा दिनुभयो।’

मुख्यमन्त्री दीर्घ सोडारी अहिले काठमाडौँ छन्। उनी नेकपा एसका नेता हुन्। नेकपा एसको महाधिवेशन काठमाडौँमा चलिरहेको छ। एमालेले समर्थन फिर्ता लिएसँगै सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ।

अब मुख्यमन्त्री सोडारीले राजीनामा दिएर नयाँ सरकार गठनको लागि मार्ग खुला गर्नुपर्ने एमालेको माग छ।

बागमतीमा भने एमाले अलमलिएको अवस्था छ। केन्द्रीय तहमा सत्ता समीकरण बदलिएसँगै बागमती प्रदेश सरकारबाट पनि बाहिरिने पक्षमा रहेको एमाले अन्तिम निर्णयका लागि केन्द्रको निर्देशन कुरेर बसेको छ।

३ पटकसम्म विश्वासको मत लिएर १८ महिनासम्म सरकार टिकाएका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अन्ततः सत्ता छाड्नुपर्ने अवस्थामा छन्।

एमाले सांसद एवं प्रदेशका वन तथा वातावरण मन्त्री केशव प्रसाद पोखरेलका अनुसार केन्द्रमा सरकार निर्माण प्रक्रिया अघि बढे लगत्तै प्रदेश सरकारका बारेमा निर्णय हुने बताउँछन्।

एमाले र कांग्रेसबीच संघमा पहिले एमालेले सरकारको नेतृत्व गर्ने समझदारी छ। त्यसपछि कांग्रेसबाट प्रधानमन्त्री बनाइनेछ। प्रदेशमा पनि आलोपालो गर्ने सहमति भएको दुवै दलका नेताहरूले बताइरहेका छन्।

प्रकाशित: २०८१ असार २१ गते शुक्रबार ११:२२
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना