२०८३ साउन १३ गते बुधबार

राजीनामा दिने मन्त्रीलाई कतै सोध न खोज, कतै मुख्यमन्त्रीको बिदाइ भोज

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २१
lumbini-uml-resign-1720142892
मुख्यमन्त्री महरालाई राजीनामा बुझाउँदै एमालेका मन्त्री। राजीनामा दिनेहरुलाई मुख्यमन्त्रीले भोज खुवाएका छन्।

काठमाडौँ- प्रतिनिधि सभाका दुई ठूला दल नेपाली कांग्रेस र एमालेले सत्ता साझेदारी गर्ने सहमति गरेपछि प्रदेश सरकारमा त्यसको परकम्प सुरु भएको छ।

असार १७ गते सहमति भएको भनेर दुवै दलले बताउन थालेपछि सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारमा सहभागी एमाले बाहिरिएको छ। एमालेले दुवै प्रदेशका सरकारहरूलाई दिएको समर्थन पनि फिर्ता लिइसकेको छ।

यसरी समर्थन फिर्ता लिएर राजीनामा बुझाउने मन्त्रीहरूले सबै प्रदेशमा एकरूपको व्यवहार भने पाएका छैनन्। न त एमालेका मन्त्रीहरुले नै समान व्यवहार सबै प्रदेशमा गरेकै छन्।

मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएर राजीनामा बुझाउन गएका मन्त्रीहरूलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले भने भोज खुवाइदिएका छन्।

बिहीबार साँझ ६ बजे नेकपा एमालेका मन्त्रीहरुका आफ्नै निवासमा उनले बिदाइ भोज दिएका हुन्। बिदाइ भोजमा कृषि तथा भूमीमन्त्री भण्डारी लाल अहिरबाहेकका सबै मन्त्रीहरु सहभागी भए।

आर्थिक मामिला तथा योजनामन्त्रीबाट राजीनामा दिएका एमाले दल उपनेता चेतनारायण आचार्यले हार्दिकतापूर्वक वातावरणमा बिदाइ भोज भएको बताए। भोजमा सलाद, दालभात, तरकारी र खसीको मासु खुवाएर पठाए।

आचार्यका अनुसार संघमा प्रधानमन्त्री पुष्पमकल दाहाल संसदबाट विश्वासको मत लिने अडानमा रहेको भएपनि लुम्बिनीका मुख्यमन्त्री महरा भने विश्वासको मत लिने पक्षमा छैनन्।

राजीनामा बुझाइ सकेपछि मुख्यमन्त्री महराले संक्षिप्त मन्तव्य दिए। केन्द्रीय राजनीतिका कारण प्रदेशको राजनीति पनि प्रभावित हुँदा अहिलेको परिस्थिति बनेको उनको भनाइ थियो।

उता सुदूरपश्चिममा भने एमालेका मन्त्रीहरूले मुख्यमन्त्री दीर्घराज सोडारीसँग भेट पनि नगरी राजीनामा दिएर समर्थन फिर्ता लिएका छन्।
समर्थन फिर्ता लिएको र राजीनामा दिएको पत्र मुख्यमन्त्रीको कार्यालयमा बुझाएका हुन्।

‘मुख्यमन्त्रीज्यू यहाँ नभएपछि उहाँसँग टेलिफोन संवाद भयो,’ एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले भने, ‘समर्थन फिर्ता लिएको पत्र मुख्यमन्त्री कार्यालयमा दर्ता गराएका छौँ। हाम्रा मन्त्रीहरूले पनि सरकारबाट राजीनामा दिनुभयो।’

मुख्यमन्त्री दीर्घ सोडारी अहिले काठमाडौँ छन्। उनी नेकपा एसका नेता हुन्। नेकपा एसको महाधिवेशन काठमाडौँमा चलिरहेको छ। एमालेले समर्थन फिर्ता लिएसँगै सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ।

अब मुख्यमन्त्री सोडारीले राजीनामा दिएर नयाँ सरकार गठनको लागि मार्ग खुला गर्नुपर्ने एमालेको माग छ।

बागमतीमा भने एमाले अलमलिएको अवस्था छ। केन्द्रीय तहमा सत्ता समीकरण बदलिएसँगै बागमती प्रदेश सरकारबाट पनि बाहिरिने पक्षमा रहेको एमाले अन्तिम निर्णयका लागि केन्द्रको निर्देशन कुरेर बसेको छ।

३ पटकसम्म विश्वासको मत लिएर १८ महिनासम्म सरकार टिकाएका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अन्ततः सत्ता छाड्नुपर्ने अवस्थामा छन्।

एमाले सांसद एवं प्रदेशका वन तथा वातावरण मन्त्री केशव प्रसाद पोखरेलका अनुसार केन्द्रमा सरकार निर्माण प्रक्रिया अघि बढे लगत्तै प्रदेश सरकारका बारेमा निर्णय हुने बताउँछन्।

एमाले र कांग्रेसबीच संघमा पहिले एमालेले सरकारको नेतृत्व गर्ने समझदारी छ। त्यसपछि कांग्रेसबाट प्रधानमन्त्री बनाइनेछ। प्रदेशमा पनि आलोपालो गर्ने सहमति भएको दुवै दलका नेताहरूले बताइरहेका छन्।

प्रकाशित: २०८१ असार २१ गते शुक्रबार ११:२२
प्रतिक्रिया

थप समाचार

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत्...

मन्त्री श्रेष्ठले गरे दुई विभागको नेतृत्व हेरफेर, विद्युत्‌मा गौतम र सिँचाइमा डा. श्रेष्ठ

काठमाडौँः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् विकास विभाग र सिँचाइ विभागको नेतृत्व परिवर्तन गरेको छ। मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गर्दै दुवै विभागमा नयाँ...

सर्वदलीय बैठकको सातबुँदे वक्तव्यः अफवाह नफैलाउन र शान्ति कायम राख्न आग्रह

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा मंगलबार बसेको सर्वदलीय बैठकले सुनसरीसहित विभिन्न जिल्लामा हालै विकसित संवेदनशील घटनाक्रमप्रति गम्भीर चासो...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना