२०८३ कार्तिक १२ गते बुधबार

प्रचण्डलाई ७ दिन पनि ‘टिक्न’ मुस्किल, कर्मचारीले खोज्न थाले नैतिकता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २३
prachanda_sad

काठमाडौँ- प्रतिनिधि सभामा बहुमत गुमाएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूले भनेजसरी सरकार चलाउन संकट देखा पर्न थालेको छ। सत्ता साझेदार दल एमालेले समर्थन फिर्ता लिएसँगै प्रचण्डलाई आफूले चाहेका निर्णय गर्न असहज परिस्थिति सिर्जना भएको हो।

असार २८ गते विश्वासको मत लिने तयारीमा रहेका प्रचण्डले त्यसअघि नै केही निर्णय गर्न चाहेका थिए। जाँदाजाँदै आफ्नो स्वार्थसिद्ध हुने दीर्घकालीन प्रकृतिका निर्णय गर्न प्रचण्ड उद्यत हुन थालेपछि त्यसमा कर्मचारीतन्त्रले लगाम लगाएको हो।

प्रचण्ड सरकार कामचलाउ बनिसकेको र विश्वासको मत पाउने आधार पनि नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्ने पक्षमा कर्मचारीहरू देखिएका हुन्। अधिकांश मन्त्रालयका सचिवहरूले बहुमतको हैसियत गुमाएको सरकारले दीर्घकालीन निर्णय गरे नयाँ आउने सरकारले त्यसलाई उल्ट्याइदिने सम्भावना हुने भन्दै मन्त्रीहरूलाई दीर्घकालीन निर्णय नगर्न सुझाव दिइरहेका छन्। तर मन्त्रीको जोडबलमा त्यस्ता निर्णय आए प्रमाणीकरण नगर्ने पनि सचिवहरूको तयारी छ।

मन्त्री र सरकारले गर्ने जुनसुकै निर्णय पनि परिपक्व हुनुपर्ने भन्दै सचिवहरूले त्यसलाई भरसक रोक्का गर्ने मनसाय बनाएका हुन्।

निमित्त मुख्यसचिव लीलादेवी गड्तौलाले दीर्घकालीन असर पर्ने कुनै पनि प्रस्ताव मन्त्रिपरिषदमा नलैजान उपयुक्त हुने सुझाव प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएकी छन्। मुख्यसचिवले प्रमाणीकरण नगरेका निर्णयले वैधता नपाउने र कार्यान्वयन पनि हुने अवस्था रहँदैन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय स्रोतका अनुसार दीर्घकालीन असर पर्ने निर्णय गर्दा अपरिपक्व हुने गरी गर्न नहुने भन्दै प्रधानमन्त्रीलाई त्यस्ता निर्णय नगर्न घुमाउरो पारामा दबाब नै दिएकी छन्।

‘सरकारले गरेका निर्णय परिपक्व हुनुपर्छ। परिपक्व परिस्थितिमा गरिएको निर्णय कार्यान्वयन गर्न पनि सहज हुन्छ,’ प्रधानमन्त्री कार्यालयका एक कर्मचारी भन्छन्, ‘प्रधानमन्त्री कामचलाउ अवस्थामा पुगिसकेको र विश्वासको मत आर्जन गर्ने सम्भावना पनि कम देखिएकाले त्यसलाई विचार गरेरै कर्मचारी संयन्त्रले काम गर्ने हो।’

मन्त्री र सरकारले गर्ने जुनसुकै निर्णय पनि परिपक्व हुनुपर्ने भन्दै सचिवहरूले त्यसलाई भरसक रोक्का गर्ने मनसाय बनाएका हुन्।

असार १७ गते एमालेले कांग्रेससँग सहकार्य गरी नयाँ सरकार बनाउने सहमति गरेसँगै प्रचण्ड सरकारले विश्वास गुमाएको हो। प्रतिनिधि सभाका दुई दल मिलेर नयाँ सरकार बनाउने भएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले गरेको निर्णय शिक्षा सचिव डा दीपक काफ्लेले मन्त्रालयको बेबसाइटबाट सार्वजनिक गर्न रोकिदिएका छन्।

विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेज कानुन विपरीत चलेको भन्दै ती कलेजमा विद्यार्थी भर्ना नगर्न अभिभावककलाई आग्रह गर्ने मन्त्रीको निर्णय थियो। मन्त्रीको उक्त निर्णय कमजोर भएको भन्दै सचिव दीपक काफ्लेले असन्तुष्टि जनाएका थिए।

कानुनविपरीत चलेका कलेजलाई कानुनी दायरामा ल्याउने दायित्व सरकारको हुने तर अभिभावकलाई मात्र आग्रह गर्ने, कलेज सञ्चालन गर्न र कानुनी दायरामा ल्याउन पहल नगर्ने कामले नकारात्मक सन्देश जाने भन्दै काफ्लेले मन्त्री सुमनाको निर्णयमा असन्तुष्टि जनाएका थिए।

सचिव काफ्लेको आशय बुझेका कर्मचारले उक्त सूचना मन्त्रालयको वेबसाइटबाट सार्वजनिक गर्न मानेनन्। मन्त्रीको निर्णय सार्वजनिक नभएको भन्दै मन्त्रीले असन्तुष्ट व्यक्त गरिन्। दुई दिनसम्म पनि कर्मचारीले मन्त्रीको आदेश पालना नगरेपछि मन्त्री सुमनाको सचिवालयले ह्वाट्स एप ग्रुपबाट उक्त सूचना सार्वजनिक गरेको छ।

उता नयाँ सरकार बनाउन तम्तयार भएर बसेका कांग्रेस र एमालेले पनि दीर्घकालीन असर गर्ने निर्णय नगर्न प्रधानमन्त्री दाहाललाई सचेत गराइसकेका छन्।

२७५ सदस्यीय प्रतिनिधि सभामा यतिबेला प्रचण्डको पक्षमा ६३ सांसद मात्र छन्। माओवादीका ३२, रास्वपाका २१ र नेकपा एसका १० जनाले प्रचण्ड सरकारको समर्थन गरिहरेका छन्। २८ गते विश्वासको मत लिने दिनसम्ममा प्रचण्डले कम्तीमा १३७ सांसदलाई आफ्नो पक्षमा उभ्याउन सके उनी सरकारमा निरन्तर रहनेछन्। तर उक्त काम प्रचण्डका लागि असम्भवप्राय: छ।

प्रकाशित: २०८१ असार २३ गते आईतबार ०८:२६
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना