काठमाडौँ– सेयर बजारमा झन्डै छ अर्बको कारोबार भएको छ। ५ अर्ब ७४ करोड ४० लाख रुपैयाँ बराबरको भएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ।
बुधबार २३.२५ अंकले बढेर नेप्से २१ सय ७५.४० बिन्दुमा पुगेको छ।
सबैभन्दा बढी बैङ्किङ समूहको उपसूचक १.६९ प्रतिशतले बढेको छ भने माइक्रोफाइनान्स १.५४ प्रतिशतले, फाइनान्स १.१५ प्रतिशतले र हाइड्रोपावर समूहको उपसूचक १.०७ प्रतिशतले बढेको छ।
निर्जीवन बीमा समूहको उपसूचक १.२९ प्रतिशतले बढ्दा डेभलपमेन्ट बैंक समूहको उपसूचक भने ०.२९ प्रतिशतले घट्न पुगेको छ। बुधबार डेभलपमेन्ट बैंक समूहबाहेक १२ वटा उपसूचक धनात्मक भएका छन्।
१९३ कम्पनीको सेयर मूल्य बढ्दा आज ४६ कम्पनीको मूल्य घटेको छ। बाँकी ६ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ।
एसबीएल डिभेन्चर २०८३ को मूल्य १० प्रतिशतले बढेको छ भने बलेफी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ।
यता बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीका सेयर धनीहरूले भने १० प्रतिशतले गुमाउन पुगेका छन्।


