विश्वभरका ठूला बैंक, सञ्चारमाध्यम र एयरलाइन्स कम्पनीहरूले आईटी सेवामा अवरोध भएको गुनासो गरेका छन्। आईटीमा समस्या आउँदा सेवा पनि प्रभावित भएको छ।
माइक्रोसफ्ट पीसी अपरेटिङ सिस्टममा त्रुटि भएका कारण समस्या आएको आरोप लगाइएको छ।
माइक्रोसफ्ट-३६५ को आधिकारिक ह्यान्डलले एक्समा लेखेको छ, ‘हामी माइक्रोसफ्ट ३६५ का विभिन्न एप र सेवाहरू प्रयोग गर्दा प्रयोगकर्ताहरूले भोगिरहेको समस्याको अनुसन्धान गरिरहेका छौं।’
यद्यपि माइक्रोसफ्टका प्रवक्ताले शुक्रबार बीबीसीलाई केही घण्टाअघि अवरुद्ध भएका अधिकांश आईटी सेवाहरू पुनर्स्थापित गरिएको दाबी गरिएको छ। तर समस्या समाधान नभएको गुनासो यद्यपि छ।
अस्ट्रेलिया आईटी संकटबाट बढी प्रभावित छ। अस्ट्रेलियाका आन्तरिक मामिला मन्त्रालयका प्रवक्ताले यो समस्या साइबर सुरक्षा फर्मसँग जोडिएको बताए। अस्ट्रेलियाको साइबर सेक्युरिटी अनुगमन गर्ने सरकारी एजेन्सीले भने साइबर हमलाको आशंका गरेको छैन।
आईटी प्रणालीमा समस्या आएपछि यातायात, प्रसारण, अस्पताललगायत विश्वका अन्य क्षेत्रको सेवा अवरुद्ध भएको छ। विश्वका धेरै उडान रद्द भएका छन् र धेरै उडानहरूको उडान समय तालिका प्रभावित भएको छ।
अमेरिकन एयरलाइनले क्राउडस्ट्रक भएको बताएको छ। अमेरिकाको अलास्का राज्यले आफ्नो आपतकालीन सेवा सञ्जाल पनि प्रभावित भएको जनाएको छ।
टर्कीको राष्ट्रिय ध्वजावहक टर्किस एयरलाइन्सले आईटी समस्याका कारण उडान प्रभावित भएको रिपोर्ट गरेको छ। टर्किसले दिउँसो १ बजेसम्मको अवस्थामा इस्तानबुलमा अवतरण हुने र त्यहाँबाट प्रस्थान हुने ८४ उडान रद्द गरेको छ।
अनलाइन टिकेटिङ, रिजर्भेसन, कल सेन्टरमा समस्या आउँदा उडान रद्द गर्न परेको उसको भनाइ छ।
आईटी सेवा प्रभावित हुँदा झन्डै १४ सय उडान रद्द भएका छन्।
उड्डयनको डाटा राख्ने कम्पनी सिरियमका अनुसार शुक्रबार विश्वभरमा १ लाख १० हजार कमर्सियल उडान हुने तय भएको थियो। बेलायती स्टान्डर्ड समयमा ११ बजेसम्ममा १३९० उडान रद्द भएका छन्।
अमेरिकाका ५१२ उडान रद्द हुादा जर्मनीका ९२ उडान रद्द भए। भारतमा५६र इटलीमा ४५ उडान रद्द भएका छन्। यस्तै क्यानडामा पनि २१ वटा उडान रद्द भएको बीबीसीको समाचारमा उल्लेख छ।
-बीबीसी


