काठमाडौँ– काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा मंसिर २ गतेसम्म फुटपाथ विस्तार नगर्ने भएको छ।
महानगरका मेयर बालेन्द्रा साह, उपमेयर सुनीता डंगोल र वडाअध्यक्षहरूबीच भएको वार्ताले यस्तो सहमति जुटाएको काठमाडौँ-२२ का वडाध्यक्ष चिनिकाजी महर्जनबीचको छलफलले यस्तो सहमति जुटाएको हो।
सहमतिअनुसार उपमेयर सुनिता डंगोलको संयोजकत्वमा समिति बनाउने र उक्त समितिले दिने प्रतिवेदनको आधारमा अघि बढ्ने निर्णय भएको छ।
महानगरले न्यूराेडमा फुटपाथ विस्तार गर्न लागिएको भन्दै वडाध्यक्षले सडकमै कार्यालय सञ्चालन गरी विरोध गरेका थिए।
सहमतिसँगै उक्त वडाले सडकमै पाल टाँगेर बनाएको कार्यालय पनि हट्ने भएको छ।
उनको विरोधलाई स्थानीयहरूले पनि साथ दिएपछि मेयर बालेन्द्र वार्ता गर्नुपर्ने अवस्थामा पुगेका हुन्।


