लन्डन– परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी हुन बिहीबार लन्डन पुगेका छन्।
मन्त्री साउदलाई विदेश, राष्ट्रमण्डल तथा विकास मामिला मन्त्रालयका सचिवका विशेष प्रतिनिधि, बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, दूतावासका अधिकारीलगायतले हिथ्रो विमानस्थलको अति विशिष्ट कक्ष विन्सर स्विटमा स्वागत गरेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ।
परराष्ट्रमन्त्री साउदले आज बकिंघम दरबारमा विदेशी प्रतिनिधिको सम्मानमा आयोजना गरिएको राजा चाल्र्सको स्वागत समारोह र २३ वैशाखमा वेस्टमिन्स्टर एब्बेमा राज्याभिषेक समारोहमा भाग लिने कार्यक्रम रहेको दूतावासका प्रवक्ता रोशन खनालले बताए।
मन्त्री साउदले बेलायत भ्रमणका क्रममा केही औपचारिक भेटघाट गर्ने कार्यक्रमका साथै बेलायतमा रहेका नेपालीसँग अन्तक्र्रिया कार्यक्रम गर्ने बताइएको छ। परराष्ट्रमन्त्री साउद २६ वैशाखमा स्वदेश फर्कने तालिका छ।



