२०८३ कार्तिक १२ गते बुधबार

उपसभामुखको पत्रबारे जवाफ खोज्छन् सांसद, सभामुख टुलुटुलु!

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १५
devraj ghimire

काठमाडौँ– नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरले ५ जनाका लागि भिसा प्रक्रियाअन्तर्गत अन्तर्वार्ताको समय मिलाइदिनका लागि लेखेको पत्रका विषयमा सभामुखको जवाफ माग गरेको छ।

मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सचेतक सुशीला थिङले उपसभामुखको विषयमा सभामुखको जवाफ मागेकी हुन्।

‘उपसभामुखमाथि निकै चार्ज लागेको छ। ५ जना असम्बन्धितलाई व्यक्तिलाई पत्र सिफारिस गर्नेदेखि ५ जना बालिका लगेको कुरा पनि आएको छ,’ उनले भनिन्, ‘यो कुराबारे मानव तस्करीको गम्भीर आरोप लागेको छ। आरोप लाग्दैमा म सही हो पनि भन्दिनँ। तर, अन्त्यन्त गम्भीर आरोप लाग्दा जिम्मेवार पदमा बसेको व्यक्तिमाथि छानबिन गर्न पाउन हक छ कि छैन। यो विषयमा सभामुखको ध्यानाकर्षण गराउँछु।’

यसअघि साउन ६ गते नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रतिनिधि सभाबाटै उपसभामुख इन्दिरा रानामगरको राजीनामा माग गरेका थिए।

‘यस्तो बेला प्रतिरक्षाको तुरुप देखाएर जग हसाउनुभन्दा संसदबाहिर बसेर छानबिनका लागि सहयोग गर्नुपर्छ। संसद उपसभामुखको कार्यालय र कन्सल्टेन्सी हुन सक्दैन,’ बैठकमा खतिवडाले भनेका थिए, ‘महिला अधिकारसँग कुनै साइनो सम्बन्ध नभएका व्यक्तिलाई सिफारिस कसरी गरियो छानबिन गर्नुपर्छ। केही समय पहिला एक जना मन्त्रीले राजीनामा दिनुपरेको थियो।’

यसअघि तत्कालीन गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसका सांसदप्रति लक्षित गर्दै सूचना बेच्ने व्यक्ति संसदमा भएको कुरा संसदको रोस्टमबाट भनेको स्मरण गर्दै खतिवडाले आफूले सूचना बेच्ने व्यक्ति नदेखेको तर ‘मान्छे बेच्ने तस्कर’ चाहिँ संसदमै रहेको भन्दै शंका पनि व्यक्त गरेका थिए।

सोही बैठकमा रास्वपा सांसद सुमना श्रेष्ठले भने एक वर्षअघि लेखेको पत्रका आधारमा अहिले आएर मिडिया ट्रायल गरिएको भन्दै आपत्ति प्रकट गरेकी थिइन्। सुमनाले भूटानी शरणार्थी प्रकरणमा अनुसन्धान नगर्ने तर उपसभामुखमाथि मानव तस्करीको गम्भीर आरोप लगाएको भन्दै आपत्ति प्रकट गरिन्।

उपसभामुख इन्दिरा रानामगर भने संसदसँग असम्बन्धित मान्छेलाई भिसाका लागि अन्तर्वार्ताको मिति मिलाइदिन भन्दै अमेरिकी दूतावासलाई पत्र लेखेका कारण उनी विवादमा परेकी हुन्।

महिला अधिकारसम्बन्धी कार्यक्रमका अमेरिका जान लागेका ५ जनाको अन्तर्वार्ताको समय अगाडि सारिदिन उपसभामुख रानामगरले काठमाडौंस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन्।

भिसाका लागि सिफारिस गरेकी उपसभामुखले उनीहरु के भूमिकामा कार्यरत छन् भन्ने कुरा पत्रमा खुलाइएको देखिएको छैन।

सुमनाले भूटानी शरणार्थी प्रकरणमा अनुसन्धान नगर्ने तर उपसभामुखमाथि मानव तस्करीको गम्भीर आरोप लगाएको भन्दै आपत्ति प्रकट गरिन्।

उता उपसभामुख इन्दिरा रानाले आफूबाट कुनै अनैतिक कार्य नभएको जिकिर गरेकी छन्। सभामुखको जिम्मेवारी वहन गरेको केही साताभित्र करुणाभावले सहयोग गर्न खोजेको विषयलाई झण्डै डेढ वर्षपछि विवादित बनाउन खोजिएको उनको आरोप छ। उनले यसलाई आफूविरुद्धको नियोजित कदमका रूपमा समेत चित्रण गरेकी छन्।

‘मेरो स्वभावगत कमजोरी धेरै होलान्, त्यसबाट फाइदा उठाउने पनि धेरै होलान्,’ उनको वक्तव्यमा जिकिर छ, ‘अनैतिक कार्य मबाट भएको छैन र हुने छैन। मैले नेपालस्थित अमेरिकी राजदूतावासलाई अन्तर्वार्ताको मिति राखिदिन अनुरोधमात्र गरेको थिएँ। कसैलाई भिसा दिने वा नदिने स्वः निर्णय राजदूतावासले आफ्नो नीति र प्रक्रियाबमोजिम नै गर्ने हून्छ। मैले कसैको भिसाका लागि अनुरोध गरेको छैन।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद राना २०७९ माघ ७ मा उपसभामुख निर्वाचित भएकी थिइन्। फागुनमा उनी यूएन वुमनको सीएसडब्लू ६७ (मार्च ६ देखि १७) मा सहभागी हुन अमेरिका गएकी थिइन्। महिलासँग सम्बन्धित कार्यक्रममा उनले किन पठाउन खोजिन् भन्ने विषय रहस्यमय देखिन्छ।

उपसभामुखले अमेरिकी दूतावासलाई लेखेको पत्र झण्डै १७ महिनापछि साउन ३ गते सार्वजनिक भयो। यो विषयमा सार्वजनिक रुपमै प्रश्न उठेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले सभामुखसँग चासो राखेको भनिएपनि के कुराकानी भएको भन्ने सार्वजनिक भएको छैन।

उपसभामुखमा निर्वाचित हुनुअघि रानामगर आबद्ध दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने आर्थिक लेनदेन नगरेको जिकिर गरेको छ। भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरु नेपाल अध्यागमन विभागको रेकर्डमा देशबाहिर गएको नेदेखिएको र कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन नसकेको रास्वपाको दाबी छ। तर रास्वपाका तत्कालीन महामन्त्री मुकुल ढकालले भने यो विषय पार्टीमा तीन महिना पहिला नै कुरा पुगेको तर दबाइएको बताएका छन्। हाल ढकाललाई रास्वपाले कारबाही गरी साधारण सदस्यमा सीमित गरिदिएको छ।

एक वर्ष अघि ‘कमिसन अन द स्टाटस अफ वुमन’को ६७ औं सत्रमा भाग लिन जाने क्रममा उनले आफूसँगै ४ पुरुष र एक महिलालाई समेत लैजानेगरी दूतावासमा पत्र पठाएकी थिइन्। आर्थिक लेनदेनसँग सम्बन्धित अडियो संवादसमेत सार्वजनिक भएको छ। त्यसको सूचना आएपछि पार्टीबाट तुरुन्तै सोधखोज गरिएको रास्वपाले जनाएको छ।

‘भिसाको माग गरिएको वा आर्थिक लेनदेन भएको कुनै तथ्यगत आधार देखिँदैन,’ रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ।

उपसभामुखले लेखेको पत्र विवादित भएर पक्षविपक्षमा बहस चर्किएपनि संसदले यो विषयमा कुनै चासो भने दिएको छैन। सभामुखले सांसदका बहस सुन्नुबाहेक कुनै धारणा सार्वजनिक गरेका छैनन्। यसबीचमा उपसभामुखले पनि थुप्रै पटक बैठक सञ्चालन गरिसकेकी छन्। कांग्रेस-एमालेकै सांसदहरू पनि उनले चलाएको बैठकमा भाग लिइरहेका छन्। कांग्रेस-एमालेकै सांसदले यो विषयमा थप प्रक्रिया अघि बढाएका छैनन्। मुद्दा उठान भइसकेपछि समय गुजारेपछि त्यसै सामसुम हुनेमा संसदका लगभग सबै पक्ष ढुक्कजस्तै छन्। अनि संसदका दृश्य छन्- टुलुटुलु सभामुख, खुरुखुरु इन्दिरा।

प्रकाशित: २०८१ साउन १५ गते मङ्गलबार ०४:१६
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना