२०८३ कार्तिक १२ गते बुधबार

बाढी पहिरोकाे बढी जोखिम भएका यी जिल्लामा रात्रिकालीन बस नचलाउन निर्देशन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २२
bipad-jokhim

काठमाडाैँ- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न जिल्लामा रात्रिकालीन बस सञ्चालन नगर्न निर्देशन दिएको छ।

केही दिन लगातार वर्षा हुने सम्भावना भएपछि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बाढी र पहिरोको उच्च जोखिम रहेको भन्दै सम्भावित क्षति रोक्न रात्रिकालीन बस सञ्चालन नगर्न निर्देशन दिएको हाे।

नेपालका अधिकांश स्थानमा बुधवार रातिसम्म वर्षा हुने मौसमविद्हरूले बताएका छन्।

यसअघि बाढी र पहिरोका सम्भावित घटनालाई दृष्टिगत गर्दै जोखिमयुक्त क्षेत्रमा रात्रिकालीन यातायातमा रोक लगाउने तयारी भइरहेको गृह मन्त्रालयले जनाएकाे थियाे।

“रातको समयमा यात्रा गर्दा बाटोमा आउन सक्ने बाढी र पहिरोको आकलन गर्न कठिन हुने भएकोले सम्भावित क्षति रोक्न उच्च जोखिम भएका जिल्लामा रात्रीकालीन बस नचलाउने” विपद् जोखिम प्राधिकरणले सूचना जारी गर्दै भनेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा र तेह्रथुम, बागमती प्रदेशका रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र दोलखा, गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ र गोरखा, लुम्बिनी प्रदेशका कपिलवस्तु, रूपन्देही, पाल्पा, गुल्मी, दाङ, बाँके, बर्दिया, प्यूठान, अर्घाखाँची र रुकुम पश्चिम र सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडी रहेका छन्।

गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख भीष्मकुमार भूसालका अनुसार बाढी, पहिरो र डुबानको जोखिम भएका क्षेत्रमा रातको समयमा राजमार्गहरू बन्द गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिने बताएका थिए।

“आगामी वर्षालाई विचार गर्दै प्रमुख जिल्ला अधिकारीहरूलाई सतर्क पनि गराउँदै छौँ र भारी वर्षाको अवधिमा रातिको समयमा सवारीसाधनहरू स्थिति हेरेर बन्द गर्नेबारे पनि छलफल हुँदै छ,” जोखिम कम गर्नेबारे भइरहेको तयारीबारे भूसालले भने।

गत असार अन्तिम साता चितवनको सिमलतालमा पहिरोले दुइटा यात्रुवाहक बस बगाएर त्रिशूली नदीमा बेपत्ता भएका थिए।

त्यस बेला पनि गृह मन्त्रालयले जोखिमका आधारमा रात्रिकालीन सवारीमा रोक लगाउने निर्णय लिएको थियो।

उनका अनुसार स्थानीय प्रशासनले स्थानीय आवश्यकता हेरेर त्यसको निर्णय लिन सक्छन्।

उनका अनुसार जोखिम देखिएका जिल्लाहरूमा रातिको समयमा अत्यावश्यक बाहेकका सार्वजनिक र निजी सवारीसाधन चलाउन निषेध गरिने छ।

मौसम पूर्वानुमान महाशाखाले बुधवारसम्म भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकोले सहरी तथा तराईका क्षेत्रहरूमा डुबानको जोखिम रहेको जनाएको छ।

“ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ,” महाशाखाले जारी गरेको सूचनामा भनिएको छ।

के छ वर्षाको पूर्वानुमान

जल तथा मौसम विज्ञान विभागले मङ्गलवार राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै ठूलो वर्षाको सम्भावना रहेको र सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन वा चट्याङसहित हलुकादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान सार्वजनिक गरेको छ।

गौचरस्थित मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले हलुका र मध्यम किसिमको वर्षा बुधवार बेलुकासम्मै जारी रहने देखिएको बताए।

“न्यूनचापीय रेखा सरदरभन्दा उत्तरतर्फ सरेर नेपालको पूर्वी भागतिर आएको छ। यसका कारण हिजैबाट मनसुन सक्रिय भएको छ र यो बुधवार बेलुकासम्मै रहने देखिन्छ,” अर्यालले भने।

महाशाखाका अनुसार उक्त प्रणालीका कारण गएको २४ घण्टामा बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा धेरै ठूलो वर्षा भएको छ।

महाशाखाले सप्तरीका केही स्थान, चितवन, सिन्धुपाल्चोक, काठमाण्डू उपत्यकाका केही स्थान, सिन्धुली, उदयपुर, मोरङ र सुनसरीको धरान क्षेत्रमा धेरै ठूलो वर्षा मापन गरिएको जनाएको छ।

चौबीस घण्टाभित्र ५० मिलिमिटरदेखि १०० मिलिमिटरबीचको अवस्थालाई ‘भारी वर्षा’ भएको मानिन्छ भने १०० मिलिमिटरभन्दा बढी वर्षा हुँदा त्यसलाई ‘अतिभारी’ मानिन्छ।

सिन्धुलीको मरिन खोला स्टेशनमा २१६ मिलिमिटर र सत्तरीको राजविराज क्षेत्रमा १८८ मिलिमिटरसम्म वर्षा भएको महाशाखाले जनाएको छ।

मनसुनी वर्षाको झन्डै चारमहिने अवधिमध्ये डेढ महिनाभन्दा बढी समय बितिसक्दा हालसम्म यस अवधिमा हुने औसत वर्षाको परिमाणको ६६.३ प्रतिशत वर्षा भएको जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी विभूति पोखरेलले जानकारी दिइन्।

“हामीले यो मनसुनमा सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेका छौँ र अहिलेसम्मको प्रवृत्तिले पनि त्यही देखाउँछ,” उनले भनिन्।

सोमवार रातिबाट भएको निरन्तरको वर्षाका कारण काठमाण्डूका प्रमुख नदीहरूका तटीय क्षेत्र जलमग्न भएका विवरणहरू आएका छन्।

बागमती नदीको गौरीघाट, खोकना र मनोहरा जलमापन केन्द्रमा जलसतह बढ्दो क्रममा रहेको र सडक किनार तथा बस्तीसम्म आउन सक्ने जोखिम रहेको भन्दै सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सूचना जारी गरेको छ।

राष्ट्रिय समाचार समितिले सिंहदरबारमा रहेको नेपाली कांग्रेस संसदीय दलको कार्यालय परिसरमै पानी जमेको तस्बिर प्रकाशित गरेको छ।

गृह मन्त्रालयका अनुसार गुल्मीमा पहिरोमा मानवीय क्षति भएको छ।

गुल्मीको मुसीकोट नगरपालिका वडा नं १ मा पहिरोले च्यापेर ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी रामकुमार केसीले जानकारी दिएका छन्।

घरमा माथिबाट आएको लेदोसहितको पहिरोले च्याप्दा घरमा बसेका ४ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएका थिए।

प्रकाशित: २०८१ साउन २२ गते मङ्गलबार ०६:४३
प्रतिक्रिया

थप समाचार

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

रेमिट्यान्स बढ्यो, किन महंगो भयो नेपालीको भान्सा?

राष्ट्र बैंकको तथ्यांकले पछिल्लो समय सर्वसाधारणको भान्सामा प्रयोग हुने वस्तुको मूल्य बढेको देखाउँछ। समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.७५ प्रतिशत पुगेको छ।

चौथो त्रैमाशमा आर्थिक वृद्धि ४ प्रतिशत हुने प्रक्षेपण, विद्युतको मुख्य योगदान

विद्युत उत्पादन, प्रसारण, वितरण, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बीमा प्रिमियम संकलन, आवास तथा भोजन सेवा लगायतका क्रियाकलापमा भएको वृद्धिले सहयोग गरेको कार्यालयले जनाएको छ।

एनआरएन इन्फ्रास्ट्रक्चरले ३ कम्पनीमा १ अर्ब ३० करोड लगानी गर्दै, जलविद्युतमा मात्रै १ अर्ब २० करोड

कम्पनीले दुई जलविद्युत आयोजना र एक केबल उद्योगमा गरि कुल १ अर्ब २९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने सैद्धान्तिक निर्णय गरेको हो।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना