२०८३ कार्तिक ११ गते मङ्गलबार

हसिनाले यसअघि पनि लिएकी थिइन् भारतमा शरण

 |  रेहान फजल
Sanket

रेहान फजल

काठमाडौँ, साउन २३
hasina_qq
शेख हसिना। फाइल तस्बिर

बंगलादेशमा भड्किएको हिंसात्मक प्रदर्शनकाबीच शेख हसिनाले सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडेकी छन्।

१७ करोडभन्दा बढी जनसंख्या भएको बंगलादेशमा ७६ वर्षीया हसिना सन् २००९ देखि प्रधानमन्त्री थिइन्। गत महिनादेखि सरकारी जागिरमा आरक्षणका विषयमा विद्यार्थीले गरेको आन्दोलनले हसिनालाई सत्ताच्युत गरेको हो।

सन् १९७१ मा बंगलादेशको स्वतन्त्रताका लागि लडेका स्वतन्त्रता सेनानीका परिवारलाई ३० प्रतिशत आरक्षण दिइँदै आइएको थियो। तर, पछि बंगलादेशको सर्वोच्च अदालतले यो कोटा प्रणाली लगभग खारेज गरिदिएको थियो। तर प्रदर्शनकारीहरू शेख हसिनाको राजीनामाको मागमा अडिग रहे। सोमबारको यो घटना हुनुअघि पनि एकपटक शेख हसिनाले भारतमा शरण लिएकी थिइन्। त्यसबेला भारतमा प्रधानमन्त्री थिइन् इन्दिरा गान्धी।

इन्दिरा गान्धीले उठाएको त्यो फोन कल
१९७५ अगस्ट १५ : शेख हसिना, उनका श्रीमान् डा वाजेद र बहिनी रेहाना ब्रसेल्समा बंगलादेशका राजदूत सनउल हकसँग बसिरहेका थिए। त्यहाँबाट उनीहरू पेरिस जानुपर्ने थियो, तर एक दिनअघि मात्र कारको ढोकामा डाक्टर वाजेदको हात ठोक्कियो।

पेरिस जाने या नजाने सोच्दै गर्दा बिहान ६:३० बजे राजदूत सनउल हकको फोन आयो। अर्को तिर जर्मनीका लागि बंगलादेशका राजदूत हुमायुन रसिद चौधरी थिए। चौधरीले बिहानै बंगलादेशमा सैन्य विद्रोह भएको बताए। उनले भने- तपाईं  पेरिस नजानुहोस् र तुरुन्तै जर्मनी फर्कनुहोस्।

हसिना र उनका पिता शेख मुजिबुर रहमान।

राजदूत सनउल हकले शेख मुजिबर रहमानलाई सैन्य विद्रोहमा मारिएको थाहा पाएका थिए। हकले शेखका दुई छोरी र ज्वाइँलाई कुनै पनि सहयोग गर्न अस्वीकार गरे।

हकले उनीहरुलाई आफ्नो घर छोड्न पनि आग्रह गरे। सन् २०१६ मा शेख मुजिबरको पुण्यतिथिमा आयोजित एक कार्यक्रममा उक्त घटनालाई स्मरण गर्दै शेख हसिनाले भनिन्, ‘हामी उहाँका लागि बोझ बनेका थियौं, यद्यपि शेख मुजिबरले उनलाई बेल्जियमका लागि बंगलादेशको राजदूत बनाएका थिए। त्यो राजनीतिक नियुक्ति पनि थियो।  उनले हामीलाई जर्मनी जानको लागि एउटा कार पनि दिन मानेनन्।’

जर्मनीका लागि बंगलादेशका राजदूत हुमायुन रसिद चौधरीको सहयोगमा उनीहरु जर्मनी पुगेका थिए। युगोस्लाभिया भ्रमणमा रहेका बंगलादेशका विदेशमन्त्री डा कमल हुसेन पनि आधा घण्टामै त्यहाँ पुगेका थिए।

त्यो साँझ, जर्मन प्रसारण संस्था दोयचेवे र केही जर्मन अखबारका पत्रकारहरू राजदूतको घरमा उनको टिप्पणी लिन आएका थिए। शेख हसिना र उनकी बहिनी रेहाना यति स्तब्ध भएका थिए कि उनीहरु केही बोलेनन्। विदेशमन्त्री कमल हुसेन पनि त्यहाँ उपस्थित थिए। तर उनले पनि एक शब्द बोलेनन्।

राजदूत चौधरीले यति मात्रै भने- शेखका दुवै छोरी मसँगै छन्। यसैबीच, युगोस्लाभियाका राष्ट्रपति मार्सल टिटोले उनीहरुको स्वास्थ्य अवस्थाबारे सोधेका थिए। तर अब उनीहरु कहाँ बस्छन् भन्ने टुंगो थिएन।

शेख मुजिबुर रहमान।

हुमायुन रसिद चौधरीका छोरा नौमान रसिद चौधरीले बंगलादेशको प्रसिद्ध पत्रिका ‘द डेली स्टार’को अगस्त १५, २०१४ अंकमा एउटा लेख लेखेका थिए। ‘बंगबन्धुका छोरीहरू’ शीर्षकको लेखमा उनले भनेका छन्, ‘मेरो बुबाले पश्चिम जर्मनीका लागि भारतका राजदूत वाईके पुरीलाई कूटनीतिक समारोहमा सोध्नुभयो कि- भारतले शेख हसिना र उनको परिवारलाई राजनीतिक शरण दिन सक्छ?’

‘उनले यसबारे आफ्नो मूलुकमा सोध्ने बताए। भोलिपल्ट उनी मेरो बुवालाई उहाँको अफिसमा भेट्न आउनुभयो र भन्नुभयो कि सामान्यतया भारतमा राजनीतिक शरण दिने प्रक्रिया लामो छ। उनले सुझाव दिए- तपाई दिल्लीमा धेरै प्रसिद्ध हुनुहुन्छ। किनभने तपाई स्वतन्त्र हुनुअघि त्यहाँ बंगलादेश मिसनको प्रमुख हुनुहुन्थ्यो। तपाईलाई इन्दिरा गान्धी र उनका सल्लाहकारहरू डीपी धर र पीएन हक्सारले मन पराउँछन्। उहाँहरुलाई तपाईँले किन सम्पर्क नगर्ने?’

चौधरीले पुरीको उपस्थितिमा डीपीधर र हक्सारलाई फोन लगाए। तर त्यतिबेला दुवै भारतबाहिर थिए। उनी इन्दिरा गान्धीलाई फोन गर्न हिचकिचाइरहेका थिए, किनभने दुवैको हैसियतमा धेरै भिन्नता थियो। उनी देशको प्रधानमन्त्री थिइन् भने चौधरी सामान्य राजदूत मात्र थिए।

उनले इन्दिरा गान्धीलाई धेरै पटक भेटेका थिए, तर पछिल्ला तीन वर्षदेखि उनको कुनै सम्पर्क थिएन। राजनीतिमा तीन वर्ष लामो समय हो। दोस्रो, त्यतिबेला भारतमा आपतकाल थियो र इन्दिरा गान्धी आफैं समस्यासँग संघर्ष गरिरहेकी थिइन्।

इन्दिरा गान्धीसँग मुजिबुर रहमानको परिवार।

नौमन रसिद चौधरी लेख्छन्, ‘अरु कुनै उपाय नचलेपछि थाकिसकेका हुमायुन चौधरीले इन्दिरा गान्धीको कार्यालयमा फोन गरे। यो नम्बर उनलाई भारतीय राजदूत पुरीले दिएका थिए। चौधरीले यो कल टेलिफोन अपरेटरभन्दा अघि पुग्छ भन्ने आशा गरेका थिएनन्। तर उनी दंग परे जब इन्दिरा गान्धी आफैँले फोन उठाइन्। चौधरीले गान्धीलाई सबै कुरा सुनाए। गान्धी पनि तुरुन्तै बंगबन्धुका छोरीहरूलाई राजनीतिक शरण दिन सहमत भइन्।’

अगस्ट १९ मा राजदूत पुरीले चौधरीलाई शेख मुजिबुरका छोरीहरू र उनीहरूको परिवारलाई दिल्ली पुर्‍याउने तुरुन्तै प्रबन्ध मिलाउन दिल्लीबाट निर्देशन आएको बताए।

युरोपबाट भारत पुगेकी थिइन् शेख हसिना
१९७५ अगस्ट २४ मा शेख हसिना र उनको परिवार एयर इन्डियाको विमानबाट दिल्लीको पालम एयरपोर्ट पुग्यो। उनीहरुलाई क्याबिनेटका संयुक्त सचिवले स्वागत गरेका थिए। पहिले उनलाई ‘रअ’को ५६ रिङरोडस्थित  सेफ हाउसमा लगियो।

पछि उनलाई डिफेन्स कालोनीको घरमा सारिएको थियो। १० दिनपछि सेप्टेम्बर ४ मा ‘रअ’का अफिसरले उनलाई प्रधानमन्त्री इन्दिरा गान्धीको निवास सफदरगञ्जमा रोडमा लगे।

इन्दिरा गान्धीले हसिनालाई सोधेकी थिइन्, ‘१५ अगस्टमा के भयो भन्ने विषयमा तपाईंलाई पूर्ण जानकारी छ?’

त्यहाँ उपस्थित एक अधिकारीले उनको परिवारका कुनै सदस्य जीवित नरहेको बताए। यो सुनेर शेख हसिना रुन थालिन्।

शेख हसिनाका जीवनीकार सिराजुद्दीन अहमदले लेखेका छन्, ‘इन्दिरा गान्धीले हसिनालाई अँगालो हालेर सान्त्वना दिने प्रयास गरेकी थिइन्। उनले भनेकी थिइन् कि तिमीलाई  भएको क्षतिको पूर्ति हुन सक्दैन। तिम्रा एक छोरा र छोरी छन्। आजदेखि तिमी आफ्नो छोरालाई आफ्नो बुबाको रूपमा मान्नेछौ र छोरी तिम्रो आमाको रूपमा।’

  सिराजुद्दीन अहमदका अनुसार भारतमा रहँदा इन्दिरा गान्धीसँग शेख हसिनाको भेट यो नै पहिलो र अन्तिम थियो। जबकि ‘रअ’का  गुप्तचर अधिकारीहरूका अनुसार हसिना र इन्दिरा गान्धीबीच धेरै पटक भेट भएको बताउँछन्।

गान्धीसँगको भेट भएको दश दिनपछि शेख हसिनालाई इन्डिया गेट नजिकैको पाण्डारा पार्कको सी ब्लकमा फ्ल्याट दिइएको थियो। त्यहाँ तीन बेडरूम र केही फर्निचर थिए। बिस्तारै उनले केही फर्निचर किनेकी थिइन्। हसिनालाई घरबाट बाहिर ननिसक्न र मानिसहरुसँग नभेट्न कडा सल्लाह दिइएको थियो।

उनलाई व्यस्त राख्न टेलिभिजन पनि दिइएको थियो। त्यतिबेला टेलिभिजनमा एउटा मात्र च्यानल थियो- दूरदर्शन। त्यो पनि दिनको दुई घण्टा मात्र सञ्चालन हुन्थ्यो।

पहिचान बदलेर सुरक्षामा खटिएका थिए अधिकारी
नाम नछाप्ने शर्तमा ‘रअ’का एक पूर्वअधिकारी भन्छन्, ‘हसिनाको सुरक्षाका लागि दुई जना सुरक्षाकर्मी तैनाथ थिए। एकजना इन्स्पेक्टर सत्तो घोष र अर्का आईपीएस अधिकारी पीके सेन। उनीहरुलाई पश्चिम बंगालबाट बोलाइएको थियो।’

१९७५ अक्टोबर १ मा हसिनाका श्रीमान् डा वाजेदलाई पनि परमाणु ऊर्जा विभागमा फेलोसिप प्रदान गरिएको थियो। ‘रअ’का एक पूर्वअधिकारी भन्छन्, ‘शेख हसिनाको सबै खर्च भारत सरकारले व्यहोरेको थियो।’

हसिनाको दिल्ली बसाइलाई पूर्ण रूपमा गोप्य राख्ने प्रयास गरिएको थियो। तर बंगलादेशको सरकारलाई शेख हसिनाको परिवार दिल्लीमा बसेको थाहा भने थियो। सन् १९७६ को मेको सुरुमा भारतका लागि बंगलादेशका उच्चायुक्त शमसुर रहमान र उनकी श्रीमती शेख हसिना र उनकी बहिनी रेहानालाई भेट्न उनीहरूको निवासमा गएका थिए।

शेख रेहाना सन् १९७६ मा सिनियर सेकेन्डरी स्कूलको परीक्षामा सहभागी हुन लागेकी थिइन् तर बंगलादेशको घटनाका कारण उनको पढाइ रोकिएको थियो। सन् १९७६ को जुलाईमा शान्ति निकेतनमा उनको भर्नाको प्रबन्ध मिलाइएको थियो तर सुरक्षाको कारणले त्यो सम्भव भएन।

१९७६ जुलाई २४ मा शेख रेहानाले लन्डनमा शफिक सिद्दीकीसँग विवाह गरिन्। तर हसिना र उनका श्रीमान विवाहमा सहभागी हुन सकेनन्।

बहिनी रेहानासँग हसिना।

मोरारजी देसाईले शेख हसिनाको सुरक्षा घटाइदिए
यस अवधिमा इन्दिरा सरकारका मन्त्री प्रणव मुखर्जी र उनको परिवार हसिना र उनको परिवारसँग निरन्तर सम्पर्कमा थिए। धेरै पटक हसिनाका छोराछोरीहरू प्रणव मुखर्जीको सरकारी घरमा खेलिरहेको देखिन्थे।

प्रणव मुखर्जीले आफ्नो आत्मकथा ‘ड्रामाटिक डिकेड’मा लेखेका छन्- दुवै परिवार प्रायः घरमा मात्रै होइन, पिकनिकका लागि दिल्ली बाहिर पनि जाने गर्थे। यसैबीच सन् १९७७ मा चुनाव भयो र इन्दिरा गान्धीले चुनाव हारिन्। नयाँ प्रधानमन्त्री मोरारजी देसाईले ‘अर’को सञ्चालनमा खासै चासो दिएनन्।

एमए वाजेद मियाँ आफ्नो पुस्तक ‘बंगबन्धु शेख मुजिबुर रहमान’मा लेख्छन्, ‘सेख हसिना र डा. वाजेदले रेहानालाई दिल्ली ल्याउन अगस्ट १९७७ मा मोरारजी देसाईलाई भेटे। मोरारजी देसाईले रेहानालाई दिल्ली आउने व्यवस्था गरे। रेहाना पनि आएकी थिइन्। सन् १९७७ डिसेम्बरको दोस्रो साता दिल्ली पुगेकी शेख हसिनासँग उनको पाण्डारा पार्क फ्ल्याटमा बसेका थिए।’

तर बिस्तारै मोरारजी देसाईले हसिनाको संरक्षणबाट हात फिर्ता लिन थाले। सिराजुद्दीन अहमद लेख्छन्, ‘विस्तारै-विस्तारै डा. वाजेद र हसिनालाई यस्तो दबाब दिइयो कि उनीहरू आफैंले भारत छोडेर कतै जाउन्। पहिले उनीहरूको बिजुलीको बिलको भुक्तानी रोकियो। त्यसपछि गाडीको सुविधा पनि बन्द गरियो। उनीहरुबाट डा वाजेदले आफ्नो फेलोसिपको म्याद थप एक वर्षको लागि आवेदन दिए, तर तीन महिनासम्म कुनै प्रतिक्रिया आएन, जसका कारण उनीहरुलाई वित्तीय समस्याले सताउन थाल्यो। अन्ततः मोरारजीले फेलोसिप थप एक वर्ष बढाउन आदेश दिए।’

जनवरी १९८० मा इन्दिरा गान्धी फेरि सत्तामा आइन् र शेख हसिनाका सबै समस्या एकैपटक हट्न पुगे। ४ अप्रिल १९८० मा शेख हसिना रेहानालाई भेट्न आफ्ना छोराछोरीसहित लन्डन गएकी थिइन् ।

सन् १९८० मा नै अवामी लिगका धेरै नेता शेख हसिनालाई भेट्न दिल्ली आए र उनलाई ढाका आउन अनुरोध गरे। डा वाजेद हसिना ढाका जाने पक्षमा थिएनन्। हसिना प्रत्यक्ष राजनीतिबाट टाढा रहनुपर्छ भन्ने उनी चाहन्थे। अन्ततः मे १७, १९८१ मा शेख हसिना आफ्नी छोरी र अवामी लिगका नेता अब्दुस समद आजाद र कोरबान अलीसँग ढाका प्रस्थान गरिन्।

उनलाई ढाका एयरपोर्टमा १५ लाखले स्वागत गरेका थिए। फेब्रुअरी १९८१ मा डा. वाजेदले बंगलादेश परमाणु आयोगमा सामेल हुन आवेदन दिए। आणविक आयोगले उनलाई बस्नका लागि महाखालीमा दुई कोठाको घर दिएको थियो। हसिना वाजेद उनीहरूसँगै त्यही घरमा बसे र उनीहरूका छोराछोरीले स्कोल्स्का माध्यमिक विद्यालय धानमण्डीमा भर्ना गरेका थिए।

बीबीसी हिन्दीबाट

प्रकाशित: २०८१ साउन २३ गते बुधबार ०८:५३
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना