२०८३ कार्तिक १२ गते बुधबार

जब प्रमाण बनेर नेपाल पुग्यो रुसमा मारिएका साहको चाँदीको सिक्री

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २४
safd

काठमाडौँ- रुस–युक्रेन युद्धमा माएिका ५ जना नेपालीको अस्तु नेपाल आइपुगेको छ।

रुसी सेनामा भर्ना भएर रुस–युक्रेन युद्धमा माएिका कास्कीका देवन राई, स्याङ्जाका पितम कार्की, स्याङ्जाका हरिप्रसाद अर्याल, स्याङ्जाका गणेश श्रेष्ठ र महोत्तरीका अनितकुमार शाहको अस्तु नेपाल आइपुगेको हो।

बुधबार रुसबाट नेपाल आइपुगेको अस्तु मृतकका परिवारले बुझेका छन्। रुसी सेनामा लड्दा ज्यान गुमाएका आफ्ना २२ वर्षीय भाइ अनितकुमार साहको ‘अस्तु’ काठमाडाैँको पशुपति आर्यघाटमा सेलाएर उनका दाजु अमित साह बिहीवार घर फर्किए।

मोटरसाइकलबाट महोत्तरी जान लागेका उनले भाइको अस्तुसँगै अन्तिम चिनो बुझ्न पाएको बताए।

उनले अस्तु ‘खरानी नभएर ढुङ्गा’ जस्तो अवस्थामा हस्तान्तरण गरिएको उल्लेख गर्दै उनले घरबाट हिँड्दा भाइले लगाएको चाँदीको सिक्री देखेर भाइलाई चिनेको बताए।

“भाइले घरबाटै चाँदीको सिक्री लगाएर गएको थियो। त्यो राजदूतावासका कर्मचारीले हामीलाई देखाए। त्यही देखेर मैले भाइलाई चिनेँ,” उनलार्इ उदृत गर्दै बिबिसीले लेखेकाे , “शरीर हेर्न नपाए पनि भाइको अस्तु पशुपतिमा बगायौँ। बहुतै दुःख लागिरहेको छ।”

‘ओभरसीअर’ पढेका उनले भनेजस्तो काम नपाएपछि गाउँमै बुवाले चलाउँदै आएको मेडिकल स्टोरमा सघाउने गरेको त्यसमा उल्लेख छ।

तर इन्जिनियरिङ पढ्न सहज हुने सुनेपछि दुई वर्षअघि छ लाख रुपैयाँ खर्चिएर उनी रुस गएका थिए।

तर रुस पुगेको पाँच महिनामै २३ वर्षीय अनितले आफू साथीहरूसँग रुसी सेनामा भर्ती भएको परिवारलाई सुनाएका थिए।

परिवारले उनलाई गाली गर्दै तत्काल त्यो काम छाडिहाल्न सुझाएको तर उनले सेनामै भविष्य राम्रो हुने र भर्ना भइसकेपछि फर्कन नमिल्ने भन्दै सम्झाउन खाेजेका रहेछन्।

बिहीवार अस्तु विसर्जन गरेका कतिपय परिवारका सदस्यले असुरक्षा र पारिवारिक दबाव भन्दै बीबीसीलाई प्रतिक्रिया दिन मानेनन्। कतिपय आफ्ना प्रियजनको अन्तिम बिदाइलगत्तै घर फर्किरहेका कारण उनीहरूसँग कुरा गर्ने प्रयास सम्भव हुन सकेन।

पीडितहरूले लामो समयदेखि अन्तिम संस्कार गर्नका लागि शव र अस्तु फिर्ता पठाइदिनुपर्ने माग राख्दै आएको थिए।

मस्कोस्थित नेपाली राजदूतवाससँगको समन्वयमा रुसबाट एउटा बाकसमा राखेर अस्तु काठमाडाैँ याइएकाे थियाे।

रुसबाट कसरी ल्याइयो अस्तु?

परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागको कानुन परामर्श शाखाका अधिकृत कृष्णप्रसाद बस्यालका अनुसार मस्कोमा नै अन्तिम संस्कार गरेर उनीहरूको अस्तु नेपाल पठाइएको थियो।

उनले भने, “आज बिहान ८ बजे परिवारका सदस्यहरूलाई बोलाएर विमानस्थलबाटै हामीले सम्बन्धित परिवारलाई बुझायौँ। हामीले नेपालबाटै ती व्यक्तिको त्यहाँ नै दाहसंस्कार गर्न मिल्ने भनेर मन्जुरीनामा जस्तो पठाएका थियौँ। त्यसपछि त्यहाँ नै अन्तिम संस्कार भयो र त्यहाँको परराष्ट्र मन्त्रालयमार्फत् हाम्रो राजदूतावासमा अस्तु आयो। राजदूतावासले ‘एअर कार्गो’का रूपमा अस्तुलाई नेपाल पठायो।”

कतार एअरलाइन्सको विमानमार्फत् ती पाँच जनाको अस्तु नेपाल आएको थियो। रुस सरकारले अन्तिम संस्कार गरिदिँदा त्यसमा मस्कोस्थित नेपाली दूतावासका प्रतिनिधिलाई पनि सहभागी गराइएको अधिकारीहरू बताउँछन्।

कति नेपाली मारिए?

नेपाल सरकारले हालसम्म रुस युक्रेन युद्धमा मस्कोको पक्षमा लड्दा ३६ जनाले ज्यान गुमाएको प्रमाणित गरेको छ।

हालै काठमाडाैँस्थित रुसी दूतावासका प्रतिनिधिले थप आठ जनाको मृत्यु भएको जानकारी नेपाल सरकारलाई गराएका थिए। उक्त आँकडालाई कुल मृतक सङ्ख्या भनेर अद्यावधिक भने गरिसकिएको छैन।

त्यसबाहेक रुसले २२ जनाको डीएनए परीक्षणका लागि नेपाललाई अनुरोध गरेको थियो। त्यसमध्ये १५ जनाको जाँच गरेर मस्को पठाइसकिएको अधिकारीहरू बताउँछन्।

सन् २०२२ को फेब्रुएरीमा रुस-युक्रेन युद्ध सुरु भएको थियो। त्यसयता सयौँको सङ्ख्यामा नेपालीहरू रुसी सेनामा भर्ना भएका विवरण आएका छन्।
तर नेपाल र रुस दुवैले हालसम्म रुसी सेनाका लागि काम गर्ने नेपालीको सङ्ख्या यकिन रूपमा बताएका छैनन्। उक्त युद्धमा घाइते भएका वा बेपत्ता भइरहेका सङ्ख्याबारे पनि अधिकारीहरू बेखबर छन्।

नेपालले भारत र ब्रिटेनबाहेक अन्य देशका सेनामा आफ्ना नागरिकलाई भर्ना हुन दिने नीति नरहेको भन्दै मस्कोलाई रुसी सेनामा कार्यरत आफ्ना नागरिकहरू फिर्ता गर्न अनुरोध गरेको थियो।

आफ्नै पहल र नेपाल सरकारको समन्वयमा हालसम्म रुसी सेनामा कार्यरत रहेका १६२ जना नेपालीहरू स्वदेश फर्किसकेको परराष्ट्र मन्त्रालयका अधिकारीहरू बताउँछन्।

क्षतिपूर्तिमा किन ढिलाइ?

रुसी सेनामा रहेका नेपालीहरूको उद्धार तथा पीडित परिवारलाई राहत एवं क्षतिपूर्ति दिलाउन अघि बढाइएको एउटा अभियानकी संयोजक कृतु भण्डारी मस्कोबाट अस्तु नेपाल आउनुमा सरकारभन्दा पनि पीडितहरूको पैरवीले भूमिका खेलेको ठान्छिन्।

उनले भनिन्, “हामीले संयुक्त राष्ट्रसङ्घ, विभिन्न संस्थाहरू र रुस स्वयंलाई पटकपटक आग्रह गरेका थियौँ। नेपालमा रहेको रुसी राजदूतावासको महत्त्वपूर्ण भूमिका छ। उसले पीडित परिवारका व्यक्तिव्यक्तिलाई भेटेर समस्या सम्बोधन गर्ने आश्वासन दिएको छ। तर अस्तु पाएर अन्तिम संस्कार गर्नुले मात्रै हाम्रा माग पूरा भएका छैनन्।”

उनले अझै पनि नेपालीहरू रुसी सेनामा जाने क्रम नरोकिएको र युद्धका क्रममा ज्यान गुमाएका वा अङ्गभङ्ग भएका व्यक्तिका परिवारले क्षतिपूर्ति नपाएको बताइन्।

नेपाल सरकारका अधिकारीहरू ज्यान गुमाएकामध्ये ६ जनाको क्षतिपूर्ति प्रक्रिया अघि बढाइएको भएपनि भुक्तानीको विधि अझै टुङ्गो नलगेका कारण प्रक्रियामा विलम्ब भइरहेको बताउँछन्।

अभियानकी संयोजक भण्डारी रुसले पीडित स्वयंलाई क्षतिपूर्ति दिने खालको कुरा गरेको बताउँछिन्।

तर नेपाली अधिकारीहरूले क्षतिपूर्ति मस्कोस्थित नेपाली दूतावास हुँदै आउनुपर्ने र त्यसलाई परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमार्फत् पीडितका आफन्तको खातामा जम्मा गरिदिने ढाँचा प्रस्ताव गरेका थिए।

त्यसमा मस्कोले संशोधन चाहेको र सोझै पीडित परिवारका खातामा रकम जम्मा गरिदिने धारणा राखिरहेको एक जना अधिकारीले बीबीसीलाई बताए।

प्रकाशित: २०८१ साउन २४ गते बिहिबार ०७:५९
प्रतिक्रिया

थप समाचार

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

रेमिट्यान्स बढ्यो, किन महंगो भयो नेपालीको भान्सा?

राष्ट्र बैंकको तथ्यांकले पछिल्लो समय सर्वसाधारणको भान्सामा प्रयोग हुने वस्तुको मूल्य बढेको देखाउँछ। समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.७५ प्रतिशत पुगेको छ।

चौथो त्रैमाशमा आर्थिक वृद्धि ४ प्रतिशत हुने प्रक्षेपण, विद्युतको मुख्य योगदान

विद्युत उत्पादन, प्रसारण, वितरण, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बीमा प्रिमियम संकलन, आवास तथा भोजन सेवा लगायतका क्रियाकलापमा भएको वृद्धिले सहयोग गरेको कार्यालयले जनाएको छ।

एनआरएन इन्फ्रास्ट्रक्चरले ३ कम्पनीमा १ अर्ब ३० करोड लगानी गर्दै, जलविद्युतमा मात्रै १ अर्ब २० करोड

कम्पनीले दुई जलविद्युत आयोजना र एक केबल उद्योगमा गरि कुल १ अर्ब २९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने सैद्धान्तिक निर्णय गरेको हो।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना