२०८३ कार्तिक १२ गते बुधबार

कांग्रेसका जनप्रतिनिधिले अब के–के गर्न पाउँदैनन् ? यस्तो छ ४१ बुँदे निर्देशिका

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २४
congress

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिको काम प्रभावकारी बनाउन ४१ बुँदे निर्देशिका तयार पारेको छ।

बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले उक्त निर्देशिका छलफलका लागि पेस गरेका छन्। यही केन्द्रीय समिति बैठकबाट निर्देशिका पास गरेर कार्यान्वयनमा लैजाने कांग्रेसको तयारी छ।

यो निर्देशिकाले आम नागरिकको भावना सम्बोधन गर्दै व्यवस्थित रूपले जनप्रतिनिधिहरूलाई जिम्मेवारी निभाउन सहयोग गर्ने अपेक्षा लिइएको कांग्रेसको भनाइ छ।

बैठकबारे जानकारी दिँदै प्रवक्ता प्रकाशसरण महतले वडादेखि संघसम्मका जनप्रतिनिधिका लागि कार्यसम्पादन निर्देशिका बनाउने विषयमा पनि केन्द्रीय समितिमा छलफल भइरहेको बताए।

प्रस्तावित निर्देशिकाअनुसार जनप्रतिनिधिहरुले संविधान, कानून र सम्बन्धित तहको निर्णयअनुरुप कार्य गर्नुपर्नेछ। जनप्रतिनिधिको कार्यसम्पादन जनमुखी र थप प्रभावकारी बनाउने उद्देश्यले सो निर्देशिका तयार गरिएको महामन्त्री विश्वप्रकाश शर्माले बताए।

‘जनप्रतिनिधिहरुको भूमिका र व्यवहारलाई हेरेर नागरिकले कांग्रेसका प्रति दृष्टिकोण निर्माण गर्दछन्। अतः हाम्रा जनप्रतिनिधिहरुको कार्यसम्पादन प्रतिस्पर्धी, पारदर्शी, परिपक्क र सबल हुन जरुरी छ,’ निर्देशिकामा भनिएको छ, ‘सम्बन्धित तहको सफलतालाई यसले एकातर्फ सुनिश्चित गर्नेछ भने अर्कातर्फ लोकतान्त्रिक पद्धतिप्रति नागरिक विश्वास गाँस्न मद्दत पुर्‍याउनेछ।’

निर्देशिकाअनुसार अब कांग्रेसका जनप्रतिनिधिले कांग्रेससँग फरक विचार राख्नेहरुलाई पनि कार्यकर्तालाई झैँ समान व्यवहार गर्नुपर्नेछ, कुनै पनि भेदभाव र असमान व्यवहार गर्न पाउने छैनन्।

प्रकाशित: २०८१ साउन २४ गते बिहिबार ०८:१०
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना