२०८३ कार्तिक १२ गते बुधबार

चौतीस वर्षपछि जीर्णोद्वार गरिँदै बलेवा कालभैरव

 |  रासस
Sanket

रासस

काठमाडौँ, साउन २६
;kjlhkgj

गलकोट (बागलुङ)- चौतीस वर्षदेखि जीर्णोद्धारको पर्खाइमा रहेको बागलुङ बलेवा कालभैरव मन्दिरको यस वर्षदेखि जीर्णोद्धार थालिने भएको छ।

भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समिति सक्रिय भएसँगै कालभैरव मन्दिरमा पूर्वाधारहरु निर्माणले गति लिएका छन्। मन्दिरलाई यसैवर्षबाट जीर्णोद्धार गर्न थालिने भएको छ।

जसका लागि बजेट विनियोजन भइसकेको छ। भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालका अनुसार चालु वर्षमा मन्दिर जीर्णोद्धार गर्नका लागि रु ३७ लाख बजेट विनियोजन गरिएको छ।

चालु आर्थिक वर्षमा रु २७ लाख सङ्घीय सरकार र रु १० लाख गण्डकी प्रदेश सरकारबाट मन्दिर जीर्णोद्धार गर्नका लागि बजेट विनियोजन भएको छ। असोजदेखि मन्दिर जीर्णोद्धारको काम थालिने ढकालको भनाइ छ। मन्दिर जीर्णोद्धारमा दाताको सहयोग र मन्दिर व्यवस्थापन समितिको कोषलाई परिचालन गरिनेछ।

विसं २०४७ मा रु ५० हजार खर्चेर मर्मत गरिएको मन्दिर त्यसयता जीर्णोद्धार गर्न सकिएको छैन। कालभैरव मन्दिरको प्रचारप्रसार र महिमा पछिल्लो समय बढेपछि मन्दिरलाई जीर्णोद्धार गरेर चिटिक्क बनाउन थालिएको हो।

तीन सय वर्षभन्दा पुरानो मन्दिर जीर्णोद्धारमा हालसम्म कसैको ध्यान नपुगको बताउँदै गुठीका अध्यक्ष ढकालले यसैवर्षबाट मन्दिरलाई जीर्णोद्धार गरिने बताए।

विसं २०४७ मा रु ५० हजार लागतमा मर्मतसम्भार गरिएको बलेवा कालभैरव मन्दिरकोस्वरुप अझै उस्तै छ। पछिल्लो समय मन्दिरका नाममा लाखौँ बजेट खर्च भइरहे पनि मुख्य मन्दिर भने जीर्ण अवस्थामै रहँदा पूजा गर्न समस्या भएको र मन्दिर चर्किंदै गएको छ।

ढुङ्गा माटोको मन्दिरलाई पुनःनिर्माणगरी ३४ वर्षअघि केही ठूलो बनाइएको थियो। अहिले मन्दिरको रेलिङको केही भाग चर्किएकोसमेत छ। मन्दिरसमेत साँघुरो र पूजा गर्न समस्या भएको हुन थालेको छ। मन्दिरको क्षेत्रफल बढाउन रु ५० लाख लागतमा बागलुङ नगरपालिकाले पक्की पर्खाल बनाएको, तारबार गर्न सहयोग गरिरहेको छ भने गण्डकी प्रदेश सरकारले मन्दिर वरपरको क्षेत्रमा लगानी गरिरहेको छ। तर मुख्य मन्दिर जीर्णोद्वार गर्नका लागि हालसम्म बजेटको व्यवस्थापन नभएको बताउदै अध्यक्ष ढकालले यस वर्ष मन्दिरलाई पुनःनिर्माण गर्न सुरु गरिने बताए।

“मन्दिर जीर्णोद्धारका लागि सङ्घीय सरकारलाई रु एक करोड माग गरेका थियौँ, बजेट जम्मा रु २७ लाख आयो, प्रदेशले रु १० लाख विनियोजन गरेको छ”, ढकालले भने, “लामो समय मन्दिर व्यवस्थापन समिति नहुँदा जीर्णोद्वारको काम भएको थिएन, समिति आएको एक वर्षमै मन्दिर जीर्णोद्वारका लागि बजेट आएको छ, बजेटले निरन्तरता पाए, दुई वर्षमा कालभैरव मन्दिर चिटिक्क पर्नेछ।” बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको कालभैरव मन्दिर भकुण्डे र रायडाँडासँग सिमाना जोडिएको छ।

विसं १७८० तिर पाल्पाबाट ल्याइएका कालभैरवलाई यहाँ स्थापना गरिएको किंवदन्ती छ। मन्दिरमा मङ्गलबार र शनिबार विशेष पूजा हुने गर्दछ भने दसैँ र चैतेदसैँमा मन्दिरमा दर्शनार्थीको बढी भीड लाग्ने गरेको मन्दिरका पुजारी पदमबहादुर शाहीले बताए।

मनोकाङ्क्षा पूरा हुने जनविश्वासका कारण पछिल्लो समय मन्दिरमा दर्शनार्थीको सङ्ख्या बढ्दै गइरहेको छ। मन्दिरमा प्रवेशद्वार, चौतारी, सचिवालय भवन र व्यावसायिक सटर निर्माण सम्पन्न भइसकेका छन्।

प्रकाशित: २०८१ साउन २६ गते शनिवार ०७:३८
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना