२०८३ कार्तिक ११ गते मङ्गलबार

कृषि सहकारीले बेच्यो ६७ लाखको तरकारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २६
oppo_2
oppo_2

वालिङ (स्याङ्जा)- जिल्लाको वालिङमा रहेको त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन सहकारीले एक वर्षमा रु ६७ लाख बढीको सागसब्जी बिक्री गरेको छ। वालिङ नगरपालिका–१ त्रियासीमा रहेको सहकारीले गत आर्थिक वर्ष २०८०/८१ मा रु ६७ लाख २५ हजार दुई सय ९९ सागसब्जी बिक्री गरेको हो।

सहकारीमा आबद्ध भएका कृषक शेयर सदस्यहरुले आ–आफ्नो खेतबारीमा उत्पादन भएका सागसब्जी सहकारीले सङ्कलन गरी बिक्री गर्दै आएको सहकारीका अध्यक्ष अर्जुनप्रकाश अर्यालले बताए। ‘यहाँका कृषकले ठूलो परिमाणमा विभिन्न प्रजातिका सागसब्जी र फलफूल उत्पादन गरी सहकारीमा ल्याउनुहुन्छ’, उनले भने, ‘सहकारीले स्थानीय बजारका साथै पोखरा, बुटवल, काठमाडौँ लगेर बिक्री गर्न समन्वय गरिरहेको छ।’

कृषकले उत्पादन गरेका सागसब्जीलाई बजार समस्या नरहेको बताउँदै अध्यक्ष अर्यालले उत्पादित सागसब्जी र फलफूलहरु सहकारीको सङ्कलन केन्द्रमा राखेर बिक्री गर्दै आएको जानकारी दिए। ‘कृषकबाट सङ्कलन गरिएका कृषि उपज केन्द्रमा सङ्कलन गरी राख्छौँ। स्थानीय व्यापारी यहाँ आएर खरिद गरेर लैजानुहुन्छ’, उनले भने, ‘ठूलो परिमाणमा उत्पादन हुँदा सहकारीको सवारीसाधनमार्फत स्याङ्जा, बुटवल, पोखरालगायत सहरका बजारमा लगेर बिक्री गर्दै आएका छौँ।’

कृषकले केन्द्रमा सागसब्जी, फलफूल तथा अन्य कृषि उपज ल्याएपछि सोको विवरण सहकारीका कर्मचारीले लिने गरेका बताउँदै अध्यक्ष अर्यालले बिक्रीपछि आम्दानी सहकारीमा रहेको कृषकको खातामा राखिदिने व्यवस्था गरिएको जानकारी दिए। उनका अनुसार सहकारीले कृषि उपजको परिमाणका आधारमा प्रतिकिलो रु तीन खर्च कटाउँदै आएको छ।

कटौती गरिएको रकमबाट कृषकलाई आयमूलक सीप विकासका लागि विभिन्न तालिम, गोष्ठी तथा अवलोकन भ्रमण गराउने, सहकारीको कार्यक्षेत्रभित्र सिँचाइ, कृषि सडक विस्तार र स्तरोन्नति गर्ने, साना कृषकको आर्थिक तथा सामाजिक स्थितिमा सुधार ल्याउने कार्यमा प्रयोग गरिँदै आइएको सहकारीका अध्यक्ष अर्यालले उल्लेख गरे।

‘सहकारीमार्फत कृषकहरुलाई आवश्यक पर्ने सेवा सुविधा उपलब्ध गराउने सरोकार भएका निकायसँग सम्पर्क गराउँदै व्यावसायिक क्षमता विकासमा सहयोग पुर्‍याउँदै आएका छौँ’, उनले भने, ‘कृषकलाई समूहमा आबद्ध गराइ सरल, सुलभ र प्रभावकारी ढङ्गले कृषि कर्जा वितरण गरिरहेका छौँ।’

उत्पादित सागसब्जीको बिक्रीमा बजारको समस्या नभएको यहाँका अगुवा कृषक लीलाबल्लभ काफ्लेले बताउनुभयो। गत आवमा रु तीन लाख बढीको सागसब्जी सहकारीमा बिक्री गरेको उनले जानकारी दिए। ‘चौध रोपनी क्षेत्रफलमा गोलभेँडा, काक्रा, बोडी, बोडा, घिरौँला, करेला, बन्दा, काउली उत्पादन गरी बिक्री गर्दै आइरहेको छु’, उनले भने, ‘घरबाटै बिक्री गर्नेभन्दा सहकारीमार्फत गर्दा सहज हुनाका साथै एकैमुस्ट रकम प्राप्त हुन्छ।’

उत्पादित कृषि उपज सहकारीमा लगेर तौलेर छोडेपछि बजार मूल्यका आधारमा सहकारीमा रहेको आफ्नो खातामा रकम आउने काफ्लेले उल्लेख गरे। ‘हामीले सहकारीमा लगेर छोडेको सागसब्जी तथा फलफूल सहकारीले बिक्री गर्छ’, उनले भने, ‘बिक्री गरेर आएको रकम खातामा जम्मा हुन्छ, जहिले आवश्यक पर्छ सोही बेला निकाल्न सकिन्छ।’

वालिङ–१ त्रियासीका ६० वर्षीय भूमिनन्द रेग्मीले २४ वर्षदेखि व्यवसायिक रुपमा सागसब्जी र फलफूल उत्पादन गर्दै आएका छन्। उनले पनि सहकारीमार्फत बिक्री गरी पुरस्कृतसमेत भएको बताए।

‘सहकारीमा सबैभन्दा बढी कृषि उपज सङ्कलन गरेर पुरस्कृत हुँदै आएको छु’, कृषक रेग्मीले भने, ‘सागसब्जी र फलफूल खेतीबाट वार्षिक रु तीन लाअ बढी आम्दानी हुन्छ। छ रोपनी क्षेत्रफलमा मौसमी तथा बेमौसमी सागसब्जी उत्पादन गर्दै आइरहेको छु।’ उनले गत आवमा रु तीन लाख मूल्य बराबरको साजगब्जी र तरकारी बिक्री गरेको जानकारी दिए।

सहकारीले प्रत्येक वर्ष धेरै परिमाणमा कृषि उपज सङ्कलन गराउने कृषकलाई पुरस्कृत गर्दै आइरहेको जनाएको छ। उत्पादित सागसब्जी र फलफूल आइतबार, मङ्गलबार र बिहीबार केन्द्रमा सङ्कलन गरी बिक्री गर्दै आइएको सहकारीका प्रबन्धक सगुन खाँणले बताए। -रासस

प्रकाशित: २०८१ साउन २६ गते शनिवार ०२:२२
प्रतिक्रिया

थप समाचार

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना