२०८३ कार्तिक २५ गते मङ्गलबार

विद्यालय वर्गीकरण गर्दै तुलसीपुर

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २६
tulchhipur

तुलसीपुर (दाङ)- तुलसीपुर उपमहानगरपालिकाले निजी विद्यालयलाई वर्गीकरण गर्ने तयारी गरेको छ। त्यसका लागि कार्यविधि बनाउन लागिएको उपमहानगरपालिकाका शिक्षा तथा खेलकुद महाशाखाका अधिकृत मनबहादुर खड्काले बताए। ‘नगरप्रमुखबाट सैद्धान्तिक सहमति भइसकेको छ, हामीले अब वर्गीकरणका लागि कार्यविधि बनाउनेगरी तयारी गरेका छौँ’, उनले भने।

विद्यालयलाई वर्गीकरण गरेर सोहीअनुसार शुल्क समायोजन गरिने उनको भनाइ छ। अहिले केही विद्यालयले चर्को शुल्क लिएको भन्ने गुनासो व्यापक रहेको भन्दै वर्गीकरण गरेमा त्यो समस्या हटेर जाने अधिकृत खड्काले बताए।

‘अहिले शुल्कमा पनि मनोमानी छ, कुन स्तरको विद्यालयले कति शुल्क लिने भन्ने स्पष्ट व्यवस्था छैन’, उनले भने, ‘त्यो हुँदा अभिभावक मारमा पर्ने अवस्था छ, यसलाई हटाउन हामीले वर्गीकरण गर्ने तयारी गरेका हौँ।’ कुन वर्गमा परेको विद्यालयले कति शुल्क लिन पाउने भनेर तोक्नेगरी तयारी रहेको भन्दै यो नयाँ अभ्यास हुने उनको भनाइ छ।

सबैभन्दा बढी शुल्क लिने तीन निजी विद्यालय

तुलसीपुरमा गुरुकुल एकेडेमीले बढी शुल्क लिने गरेको पाइएको छ। केही समयअघि तुलसीपुर उपमहानगरपालिकाभित्र सञ्चालित निजी विद्यालयसँग शुल्क माग गरिएको थियो। सोहीअनुरुप गुरुकुल एकेडेमीले नर्सरीका विद्यार्थीलाई मासिक रु चार हजार पाँच सय शुल्क लिने गरेको भनी उल्लेख गरेको छ। त्यसभन्दा माथिल्लो कक्षामा रु एक सयदेखि दुई सयका दरले वृद्धि गर्दै लगेको पाइएको अधिकृत खड्काले बताए। उनका अनुसार कक्षा ९ सम्म गुरुकुलले मासिक रु पाँच हजार पाँच सय शुल्क लिने गरेको छ।

तुलसीपुरको संस्कार पाठशालाले नर्सरी तहमा मासिक रु तीन हजार पाँच सय मासिक शुल्क लिने गरेको भनी विवरण पठाएको छ। सोही विद्यालयले माथिल्लो कक्षामा नर्सरीको शुल्कमा रु दुई सयदेखि एक हजारसम्म बढाउँदै लगेको देखिन्छ। उक्त विद्यालयले कक्षा १० मा रु छ हजार पाँच सय मासिक शुल्क लिने गरेको भनी उल्लेख गरेको छ।

आचार्य कुलमले नर्सरीमा मासिक रु एक हजार नौ सय लिने गरेको उल्लेख गरेको छ। विद्यालयले माथिल्लो कक्षामा प्रत्येक कक्षामा रु दुई सयका दरले बढाएको विवरणमा देखिएको छ।

हाल तुलसीपुर उपमहानगरपालिकाभित्र ६६ वटा निजी विद्यालय छन्। तीमध्ये अन्य विद्यालयले भने रु नौ सयदेखि एक हजार आठ सयसम्मको शुल्क लिने गरेको जनाइएको छ। विद्यालयले शुल्कअनुसारको सुविधा दिएका छन् कि छैनन् भन्ने विषयमा पनि अनुगमन हुने उनले बताए।

निजी विद्यालयले जम्मा विद्यार्थीमध्ये १० प्रतिशतलाई छात्रवृत्ति दिनुपर्ने हुन्छ। तर त्यो दिएको देखिँदैन। ‘कोही विद्यालयले एकै घरका तीनजना भर्ना भएमा एकजनालाई छुट दिएको, कसैले आफ्ना मान्छेलाई छुट दिएको, कसैलाई १० प्रतिशत छुट दिएको देखिन्छ’, अधिकृत खड्काले भने, ‘तर त्यसो गर्न मिल्दैन।’

दश प्रतिशतलाई शतप्रतिशत नै छुट दिनुपर्ने भए पनि त्यसरी दिएको नपाइएको उहाँको भनाइ छ । त्यसलाई पनि नियमन गर्ने कार्य भइरहेको उनको भनाइ छ।

प्रकाशित: २०८१ साउन २६ गते शनिवार ०९:२६
प्रतिक्रिया

थप समाचार

अर्थमन्त्री वाग्ले टाइमको ‘१०० प्रभावशाली जलवायु नेताहरू’को सूचीमा

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सन् २०२६ का विश्वका १०० प्रभावशाली जलवायु नेताहरूको सूचीमा परेका छन्। अमेरिकी पत्रिका ‘टाइम’ले सार्वजनिक गरेको ‘टाइम १०० क्लाइमेट’ सूचीमा वाग्ले...

एनपीएल : आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा...

आज विश्व विज्ञान दिवस मनाइँदै, शान्ति र विकासमा विज्ञानको भूमिकामाथि जोड

काठमाडौं। आज नोभेम्बर १० तारिख विश्वभर ‘शान्ति र विकासका लागि विश्व विज्ञान दिवस’ मनाइँदैछ। समाजमा विज्ञानको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने तथा वैज्ञानिक उपलब्धि र अनुसन्धानलाई आम नागरिकसम्म...

नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार बढ्दो, तीन महिना २ अर्ब बढी

क्रिप्टोकरेन्सी कारोबार भएको हो। केही दिनअघि एउटै घटनामा २ अर्ब रुपैयाँभन्दा बढीको कारोबारमा संलग्न एकजनालाई प्रहरीले धनुषाबाट पक्राउ गरेको थियो।

फेसबुक र टिकटकको विकल्प बन्दै नेपालीले बनाएको सामाजिक सञ्जाल ‘थोप्ला’

क्यान्बेरा: नेपाली समुदायलाई विश्वभर एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्ने उद्देश्यसहित विकास गरिएको सामाजिक सञ्जाल ‘थोप्ला’ प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको छ। नेपाली युवाको पहलमा तयार...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना