काठमाडौँ– सेयर कारोबारले फेरि रेकर्ड बनाएको छ। कारोबार रकम र बजार पुँजीकरण ऐतिहासिक बढी बनेको हो।
सेयर बजार ७०.८१ अंकले बढेर २९३१.६५ विन्दुमा अडिएको छ। यसदिन २७ अर्ब २४ करोड बढीको सेयर किनबेच भएको छ।
आज ८ वटा कम्पनीमा सकारात्मक सर्किट ब्रेक लागेको छ। सूर्यज्योति लाइफ इन्सुरेन्स, हिमालयन लाइफ इन्सुरेन्स, जोशी हाइड्रोपावर डेभलपमेन्ट, रसुवागढी हाइड्रोपावर कम्पनी, श्वेतगंगा हाइड्रोपावर कन्स्ट्रक्स, शुभम पावर र भिजन लुम्बिनी उर्जा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।
लगानी र उतपादन तथा प्रशोधन समूह बाहेक सबै समूहमा बढाेत्तरी भएको छ। बजार पुँजीकरण ४५ खर्ब ७१ अर्ब पुगेको छ। आज ३३९ कम्पनीको ६ करोड ४८ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ।
१ अर्ब २२ करोडभन्दा बढी कारोबार भएको हिमालयन रिइन्सुरेन्स कारोबार रकमका आधारमा अगाडि छ।
यसअघि आइतबार पनि कारोबार रकम र बजार पुँजीकरणले नयाँ रेकर्ड बनाएको थियो।
आइतबार नेप्से परिसूचक ९४ दशमलव ५३ अङ्कले बढेर दुई हजार आठ सय ६० दशमलव ९१ को विन्दुमा कायम भएको थियो।
तीन सय ३० कम्पनीको ६ करोड तीन लाख २१ हजार तीन सय २३ कित्ता शेयर दुई लाख ७५ हजार दुई सय सात पटक खरिद बिक्री हुँदा रु २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार पाँच सय नौ बराबरको कारोबार भएको थियो।
आइतबार नेप्सेको बजार पुँजीकरण ४५ खर्ब ४१ अर्ब १० करोड रुपैयाँ पुगेको थियो।


