काठमाडाैँ- मंगलबार सुनको मूल्यले रेकर्ड बनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य १ लाख ५० हजार ८०० रुपैयाँ पुगेको हो।
यो मूल्य अहिलेसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि सुनको मूल्य १ लाख ५० हजार रुपैयाँ सम्म कायम भएको थियो।
सोमबार तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको सुनको मूल्य एकै दिन २१ सय रुपैयाँ बढेर रेकर्ड कायम भएको हो।


