काठमाडौँ- गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनामा मृत्यु भएका व्यक्तिको सनाखत भएको छ।
स्कुटर चालक ओखलढुङ्गा स्थायी घर भएका उत्तम कोइरालालाई ट्रकले घिसारेर चक्कामुनि पुर्याएको थियो। उनको घटनास्थलमा नै मृत्यु भएको थियो।
गृहमन्त्री रमेश लेखकले दुर्घटनाप्रति चासो राख्दै गम्भीरतापूर्वक कारण खोज्न निर्देशन जारी गरेका छन्।
प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरलाई मन्त्री लेखकले यस्तो निर्देशन दिएका हुन्।
गठ्ठाघरमा भएको दुर्घटनाबारे दु:ख व्यक्त गर्दै उनले भने, ‘गठ्ठाघरको दुर्घटनामा के भएको हो ? दुर्घटना हुनुमा कसैको गल्ती छ कि ? यसमा हाम्रो पुलिस फोर्सको गल्ती छ कि? यसको गम्भीरतापूर्वक छानबिन गर्नुहोस्।’
ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
ट्रक चालक घटनास्थलबाट फरार भए पनि बिहीबार साँझ काठमाडौँको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी थिमि वृत्तको जिम्मा लगाएको छ।


