२०८३ कार्तिक १२ गते बुधबार

बक्सिङमा ३५ वर्ष योगदान गरेका मर्सानीलाई लाइफटाइम अवार्ड

 |  मदनमणि तिमिल्सिना
Sanket

मदनमणि तिमिल्सिना

पोखरा, बैशाख २३
lifetime pokhara

पोखरा- बक्सिङका वरिष्ठ प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सातौँ पोखरा स्पोर्ट्स अवार्डमा मर्सानीलाई लाइफटाइम अवार्ड प्रदान गरेको हो। प्रशिक्षक भएर खेलकुदमा पुर्‍याएको योगदानको कदर गर्दै मर्सानीलाई लाइफटाइम अवार्ड प्रदान गरिएको हो।

विक्रम सम्वत् २०१९ साल असार १३ गते बुवा स्व. दयाप्रसाद मर्सानी र आमा शारदादेवी मर्सानीको ज्येष्ठ सुपुत्रका रुपमा तनहुँको बन्दीपुरमा जन्मिएका मर्सानीले ३५ वर्ष बक्सिङको विकासका लागि योगदान गरेका छन्।

आफू १५ वर्ष हुँदादेखि बक्सिङसँग जोडिएका मर्सानी हालसम्म बक्सिङसँगै छन्। मर्सानीलाई बक्सिङसँग जोड्न जागिरे बुवाको प्रेरणा छ। बुवाको नोकरीको सिलसिलामा जर्मनी प्रोजेक्ट अन्तर्गत खैरहनी क्वार्टरमा रहँदा त्यतिबेला ननलिस्टिङ प्रतियोगिता एनसीसीबाट खेलेका थिए। त्यो समयमा पोखराकै आश बहादुर गुरुङ, जसको सहयोगमा महेन्द्रपुल युथ क्लब मार्फत् बक्सिङका लागि प्रशिक्षण लिने दिने काम पोखरामा सुरु भएको थियो।

मर्सानीले बक्सिङ प्रतियोगितामै भाग लिएको भने २०३७ सालदेखि हो। भैरहवामा भउको बक्सिङकै पहिलो राष्ट्रिय प्रतियोगिताका लागि उनी गण्डकी अञ्चलबाट छनौट भएका थिए। पहिलो सहभागितामै काँस्य जिते पनि। त्यसपछि २०३८ सालमा काठमाडौँमा बृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाए। वीरगञ्जमा भएको सातौं राष्ट्रिय बक्सिङ प्रतियोगितामा सिल्भर मेडल जिते। २०४१ मा नवौं बक्सिङ प्रतियोगितामा भने गोल्ड मेडल हात पारे।

‘२०४२ सालमा सहायक प्रशिक्षकका रुपमा खेलकुद विकास समितिमा प्रवेश गरेँ। लगत्तै भारत प्रशिक्षकको प्रशिक्षण लिन भारत पुगेँ,’ खेलाडीबाट प्रशिक्षक बनेको क्षण सम्झिएका मर्सानीले भने, ‘दुई वर्ष भारत पढेर फर्किसकेपछि पूर्ण प्रशिक्षकका रुपमा नेपाली राष्ट्रिय बक्सिङ टीमको नेतृत्व गरें। बक्सिङ खेलको प्रशिक्षकको रुपमा ३५ वर्ष जागिरे भएर २०७७ साल असारमा अनिवार्य अवकाश पाएँ।’ सहायक प्रशिक्षक हुँदाताका उनी गण्डकीका विभिन्न जिल्लामा बक्सिङ खेलाडी खोज्दै पुगेका थिए।

आठौं राष्ट्रिय खेलकुदमा १० पदकमा ९ पदक जित्न सफल भए। २ स्वर्ण, ५ रजत र २ काँस्य प्राप्त भएको थियो । त्यसपछि, नवौं सागमा प्रशिक्षक भई इस्लामावाद पुगेर फर्किए। २०५७ मा यू-१९ साफ गेम खेलाउँदा उत्कृष्ट प्रदर्शन पश्चात् शिक्षा पुरस्कारबाट पुरस्कृत मर्सानीले अमेरिका, कोरिया, जापान, थाइल्याण्ड, सिंगापुर, इन्डोनेसिया, मलेसिया, श्रीलंका, भारत, पाकिस्तानको भ्रमण गरेका छन्।

यसअघि कृष्ण थापा, खड्क बहादुर रानाभाट, डा.वीरेन्द्रसिंह गुरुङ, चित्रबहादुर गुरुङ, आनन्द रञ्जित र गणेश बहादुर भट्टराई लाइफटाइम अवार्डबाटबाट सम्मानित भइसकेका छन्। पोखरा सभागृह हलमा आयोजना भएको खेलकुद पत्रकार मञ्च गण्डकीको सातौँ पोखरा स्पोर्ट्स अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरि चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिएको हो।

वर्ष उत्कृष्ट उदीयमान खेलाडीको अवार्ड क्रिकेटका १९ वर्षीय खेलाडी सुवास भण्डारीले पाए। आर्चरीका किशोरकुमार गुरुङ वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्डबाट सम्मानित हुँदा करण केसी वर्ष खेलाडी बने। वर्ष खेल पत्रकार सागरराज तिमिल्सिना बनेका छन्। सर्वोत्कृष्ट महिला खेलाडीमा फुटबलकी सावित्रा भण्डारीले अवार्ड पाइन्।

त्यस्तै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा दुर्घटनामा परी मृत्यु भएका खेलाडी २८ वर्षीय निसिम थापालाई कीर्तिशेष सम्मान अर्पण गरियो। प्रतियोगिताका क्रममा प्याराग्लाइडिङ दुर्घटना हुँदा गत असोज ३० गते थापाको मृत्यु भएको थियो ।

प्रकाशित: २०८० बैशाख २३ गते शनिवार ०६:५२
Sanket

मदनमणि तिमिल्सिना

तिमिल्सिना सामाजिक तथा राजनीतिक विषयमा रुचि राख्छन्।
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना