काठमाडौँ– आज देशका केही प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको छ।
मधेश, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा राति भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाकाको आँकलन छ।
अन्य स्थानहरूमा भने आँशिकदेखि साधारण बदली रहने महाशाखाले जनाएको छ। केही स्थानमा भने मेघ गर्जन सहित हल्का वर्षाको पनि सम्भावना छ।
बाढी तथा पहिरो प्रभावित क्षेत्रमा नागरिकहरूलाई सचेत रहन पूर्वानुमान महाशाखाको अनुरोध रहेको छ।


