२०८३ कार्तिक १३ गते बिहिबार

ओलीसँग भेटेपछि देउवाले कांग्रेसका १२ मन्त्रीसँग लिए ‘ब्रिफिङ’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २
oli_deuba

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेपछि पार्टीबाट संघीय सरकारमा सहभागी मन्त्रीहरूसँग ब्रिफिङ लिउका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार दिउँसो छलफल गरेपछि कांग्रेसका सभापति देउवाले मन्त्रीहरूलाई आफ्नो निवासमा बोलाएर ब्रिफिङ लिएका हुन्।  मन्त्रीहरूसँग अहिलेसम्म गरेका कामकाज, योजना र समन्वयलगायतका विषयमा छलफल गरेको छ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा ओलीलाई भेट्न देउवा पुगेका थिए। भेटमा राजनीतिक विमर्श भएको प्रधानमन्त्री ओलीले बताएका छन्। ‘आज शनिबार, नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो,’ देउवासँगको भेटबारे फेसबुकमा जानकारी दिँदै शनिबार दिउँसो ओलीले लेखेका छन्, ‘केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए। सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा पनि कुरा भए।’

शेरबहादुर देउवाले ओलीसँग भेटेलगत्तै कांग्रेसका मन्त्रीहरूलाई बूढानीलकण्ठ बोलाएका थिए। शनिबार साँझ ५ बजेटबाट सुरु भएको कार्यक्रम राती १० बजेसम्म चलेको थियो। मन्त्रालयका कामकाज र समस्याका विषयमा सभापति देउवालगायतलाई मन्त्रीहरूले ब्रिफिङ गरेको कांग्रेसका एक मन्त्रीले जानकारी दिए।

कांग्रेसबाट बनेका १० मन्त्री र दुई राज्यमन्त्रीहरूले  एक-एक गरी पार्टीका शीर्ष पदाधिकारीहरूलाई ब्रिफिङ गरेका थिए। मन्त्रीहरूको ब्रिफिङ सुन्नेमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरूङ तथा महामन्त्री गगन थापा पनि थिए।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसबाट १० जना मन्त्री र दुई जना राज्यमन्त्री छन्।  कांग्रेसबाट उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजु देउवा, तेजुलाल चौधरी युवा तथा खेलकुद, बद्रीप्रसाद पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, अजयकुमार चौरसिया कानुन, न्याय तथा संसदीय मामिला, प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्या, रामनाथ अधिकारी कृषि तथा पशुपंक्षी विकास, दीपक खड्का ऊर्जा, जलस्रोत तथा सिँचाइ, ऐनबहादुर शाही वन तथा वातावरण मन्त्री छन्। साथै रूपा विक वन तथा वातावरण र पूर्णबहादुर तामाङ ऊर्जा राज्यमन्त्री छन्।

कांग्रेस र एमालेबीच गत असार १७ गते राष्ट्रिय सहमतिको सरकार गठनसहित ७ बुँदे सहमति भएको थियो। उक्त सहमतिअनुसार असार ३० गते ओली प्रधानमन्त्री नियुक्त भएका थिए भने त्यसको भोलिपल्ट कांग्रेसका १० जनासहित २२ जना मन्त्रीहरूले शपथ लिएका थिए।

ओली सरकारमा कांग्रेसका दुई राज्यमन्त्रीसहित १२, एमालेका प्रधानमन्त्रीसहित ९, जनता समाजवादी पार्टीका २, लोसपाका १ र नागरिक उन्मुक्ति पार्टीका एक राज्यमन्त्री छन्।

मन्त्रीहरूका कामका विषयमा यसअघि कांग्रेसमहामन्त्री गगन थापाले संसदमा नै प्रश्न उठाएका थिए। थापाका साथै अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओली संलग्न भएको भनिएको आरोपहरूमाथि पनि छानबिन गर्नुपर्ने बताउँदै आएका छन्।

महामन्त्री थापाले मन्त्रीहरूले दिनहुँजसो यो गर्छु, त्यो गर्छु भनेर भाषण गरिरहेको पनि बताए। ‘मन्त्रीजीहरूको इच्छाशक्ति भयो, नियत राख्नुभयो भने काम हुन्छ। भदौ एक महिना हाम्रा मन्त्रीजीहरूले नबोल्ने र उद्घाटन नगर्ने ब्रत लिइदिनुस्,’ थापाले सदनमै भनेका थिए।

प्रकाशित: २०८१ भदौ २ गते आईतबार १२:५५
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना